समाचार

प्रदेश १ को राजधानी धनकुटालाई बनाउन माग गदै आन्दोलन जारी

२५ वैशाख, धनकुटा÷ प्रदेश १ को राजधानी धनकुटालाई बनाउन माग गर्दै सुरु भएको आन्दोलन बुधवार पनि जारी छ । स्थानियले दबावमुलक कार्यक्रम जारी राखेका हुन । दिउँसो ३ बजेदेखि एक घण्टा चक्काजाम गर्ने कार्यक्रम तय गरिएको छ । यसअघि मंगलवार पनि धनकुटाको जिरो प्वाइन्टमा मध्याह्न १२ बजेदेखि १ बजेसम्म एक घण्टा चक्काजाम र राति ७ बजेदेखि साढे ७ बजेसम्म ब्ल्याक आउट गरिएको थियो । प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले अहिले जिल्लाको अवस्था सामान्य रहेको जानकारी दिए । प्रदेश सभाले प्रदेश १ को स्थायी राजधानी विराटनगरलाई नै कायम गर्ने निर्णय गरे पछि धनकुटाका स्थानिय आन्दोलीत बनेका हुन । धनकुटाका बासिन्दाले धनकुटालाई नै स्थायी राजधानी बनाउनुपर्ने माग गर्दै आएका छन ।

nema
Show More

Related Articles

Back to top button