समाचार

अफगानिस्तानको कालातमा बम विस्फोट, १० जनाको मृत्यु

अफगानिस्तानको एक अस्पताल बाहिर बम विस्फोट हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ ।
कालात शहरमा बम बोकेको ट्रक विस्फोटहुँदा घटना भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। विस्फोटका कारण अस्पतालको केही भागमा क्षति पुग्नुका साथै एम्बुलेन्सहरु ध्वस्त भएका छन्।
उक्त बम आक्रमण तालिवान लडाकूहरुले गराएको बताइएको छ। तालिबानले भने आफूहरुले अस्पताललाई त्‍यससँगैको सरकारी गुप्तचर विभागको कार्यलालयलाई निशाना जनाएका छन् ।
राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा तालिबानले अफगानिस्तानमा धेरै आक्रमण गरिरहेको अधिकारीहरुले दाबी गरेका छन्। मंगलवारमात्रै तालिबानले अफगानिस्तानका राष्ट्रपति असरफ घानी उपस्थित निर्वाचन र्‍यालीमा आक्रमण गरेको थियो। सो आक्रमणमा २६ जनाको मृत्यु भएको थियो।

nema
Show More

Related Articles

Back to top button