breakingदस्तावेज

विदेशमा वी पी विचार राष्ट्रिय समाजको संगठन विस्तार गर्न जारी नियमावली– २०७६

वी पी विचार राष्ट्रिय समाजको विधान २०६९मा उल्लेखित उद्धेश्य प्राप्तिका लागि सोहि विधान को धारा १५ दफा (४) ले विदेशस्थित नेपाली समूदायका बीचमा समाजको संगठन विस्तार गर्ने वैधानिक व्यवस्था गरे अनुसार विदेशमा रहनु भएका नेपाली समुदायको बीच समाजको संगठनको गठन एवम विस्तार गर्न समाजको केन्द्रिय कार्यसमिति वैठकले निम्न वमोजिमको यो नियमावली – २०७६ जारी गरेको छ ।
विदेशमा वी पी विचार राष्ट्रिय समाजको संगठन विस्तार गर्न जारी
नियमावली– २०७६
१. नाम ः वी पी विचार राष्ट्रीय समाज, …..(संवन्धित देशको नाम) रहने छ । ( उदाहरणको लागि वी पी विचार राष्ट्रिय समाज, जापान,)
(क) समाजको विदेश स्थित प्रतिनिधि संस्थाको रूपमा संवन्धित देशको राष्ट्रिय समितिले समाजको एक शाखाको रूपमा कार्य गर्नेछ ।
(ख) आवश्यकता अनुसार संवन्धित देशको कानून बमोजिम समाज दर्ता गर्न सकिने छ ।
२. गठन ः न्युनतम २५ जना समाजका सदस्य जम्मा भएर समाजको केन्द्रिय कार्यसमिति , नेपालको स्वीकृती लिई संवन्धित देशमा समाजको प्रतिनिधि संगठनको रूपमा वी पी विचार राष्ट्रिय समाज, (देशको नाम) तदर्थ रूपमा राष्ट्रिय कार्यसमितिको गठन गर्न सकिने छ । तदर्थ समितिमा संयोजक – १, सचिव – १, कोषाध्यक्ष – १ समेत गरी आवश्यकता वमोजिम सदस्य रहने गरी अधिकतम ११ जनासम्मको कार्यसमिति गठन गर्न सकिने छ ।
(क) यसरी गठन भएको तदर्थ समितिले ६ महिना भित्र समाजको विधान , नियमावली र केन्द्रीय कार्यसमिति, नेपालको निर्देशन अनुसार अधिवेशन गरी सम्बन्धित देशको केन्द्रिय कार्यसमितिको गठन गर्नुपर्ने छ ।
(ख) समाजको सम्वन्धित देशको राष्ट्रिय समितिले समाजको केन्द्रिय कार्यसमिति , नेपालको स्वीकृति लिइ आफ्नो देशको प्रमुख शहर वा प्रदेश स्तरमा नेपाली समुदायको उपस्थितिका आधारमा वी पी विचार राष्ट्रिय समाज …(देशको नाम¬) शाखा गठन गर्न सकिने छ । (उदाहरणका लागि यसरी शाखा गठन गर्दा वी पी विचार राष्ट्रिय समाज, जापान, टोकियो शाखा वा ओसाका शाखाको रूपमा गठन गर्न सकिने छ ।)
३. कार्य क्षेत्र ः संवन्धित देशको नेपाली समुदाय वसोवास गर्ने क्षेत्र नै यसको कार्यक्षेत्र मानिने छ ।
४. केन्द्र वा कार्यालय ः केन्द्र वा कार्यालय संवन्धित देशको राजधानीमा रहने छ ।
५. सदस्यता ः सदस्यता विधानमा व्यवस्था भए वमोजिम हुने छ ।
सदस्यता शुल्क केन्द्रले तोके बमोजिम हुनेछ ।
सदस्यको नवीकरण प्रत्येक तीन वर्ष हुनेछ ।
६. (क) साधारण सभाको गठन ः
(१) समाजको सम्बन्धित देशको राष्ट्रिय कार्यसमितिका सबै पदाधिकारी एवम् सदस्यहरू साधारण सभाको सदस्य हुनेछन् ।
(२) समाजको मान्यताप्राप्त प्रत्येक शहर वा प्रदेश स्तरमा गठन भएका शाखाका कार्यसमितिका पदाधिकारी ५ जना र ती समितिले तोकेका कम्तिमा एक महिला सहित तीन जना गरि जम्मा ८ जना प्रतिनिधि साधारणसभाका सदस्य हुनेछन् ।
(३) समाजको संवन्धित देशको संस्थापकहरू साधारण सभाका सदस्य हुनेछन् ।
(४) समाजको विदेश स्थित राष्ट्रिय कार्यसमितिका सभापतिले सम्बन्धित साधारण सदस्य मध्येबाट वुद्धिजिवी, व्यवसायी एवम् समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई मनोनित गरेको बढिमा एघार जना सदस्य साधारण सभाका सदस्य हुनेछन् ।
(ख) समाजको साधारण सभा देहाय बमोजिम हुनेछ ।
(१) बार्षिक साधारण सभा ः कम्तिमा वर्षको एक पटक बार्षिक साधारण सभा बस्ने छ ।
(२) विशेष साधारण सभा ः कार्यसमितिले आवश्यक ठानेमा वा समाजको साधारण सभाको कुल सदस्य संख्याको १।४ (एक चौथाई) सदस्यहरुले कारण जनाई विशेष साधारण सभा माग गरेमा कार्य समितिले कम्तीमा ३० (तीस)) दिन भित्र विशेष साधारणसभा अनिवार्य रुपमा बोलाउनु पर्दछ । तर साधारण सभा वा विशेष सभा बसेको छ महिना भित्र पुनः विशेष साधारण सभा बस्न सक्ने छैन ।
(ग) यस संस्थाको वार्षिक साधारण सभा र विशेष साधारण सभा गर्नका लागि कम्तीमा ३० दिन अगावै सभा हुने स्थान, मिति, समय र छलफल गर्ने विषय खोली सबै साधारण सदस्यहरुलाई अनिवार्य रुपले सूचना दिइने छ ।
(घ) उपदफा (ग) बमोजिम बोलाइएको साधारण सभा वा विशेष साधारण सभामा विधानको दफा १८ बमोजिमको गणपुरक संख्या नपुगी सभा हुन नसकेमा कम्तीमा ७ (सात) दिनको म्याद दिई पुनः साधारण सभा बोलाइने छ ।
साधारण सभा र विशेष साधारण सभाको छुट्टा छुट्टै निर्णय पुस्तिका राखिने छ ।
७. साधारण सभाको काम कर्तव्य र अधिकार ः साधारण सभाको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
(क) कार्य समितिले पेश गरेको योजना कार्यक्रमहरु र वार्षिक वजेट पारित गर्ने ।
(ख) लेखा परिक्षकबाट प्राप्त भएको वार्षिक लेखा परीक्षण प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने र लेखा परीक्षण प्रतिवेदनबाट देखिएका अनियमित बेरुजू रकम माथि छलफल गरी नियमित गर्न नमिल्ने बेरुजू रकमहरु अशूल उपर गरी फछर्यौट गर्नको लागि कार्य समितिलाई निर्देशन दिने ।
(ग) आगामी वर्षको लागि लेखा परीक्षकको नियुक्ति गर्ने ।
(घ) संस्थाको वार्षिक कार्य प्रगती विवरण र संस्थाले गरेको कार्यहरुको मूल्यांकन गरी कार्य समितिलाई आवश्यक निर्देशन दिने ।
(ङ) संस्थाको कार्य समितिका पदाधिकारीहरुको पदावधि पुगेको अवस्थामा कार्य समितिका पदाधिकारीहरुको विधान बमोजिमको प्रक्रिया अन्तर्गत रही निर्वाचन गर्ने ।
(च) कार्य समितिद्धारा पेश भएको नियम तथा विनियम स्वीकृत गर्ने ।
(छ) समाजको केन्द्रिय कार्यसमिति नेपालबाट प्राप्त निर्देशनहरु पालना भए नभएको अनुगमन गर्ने ।
(ज) साधारण सभाले नेपालमा हुने वार्षिक साधारण सभाको लागि ३ जना प्रतिनिधि छनौट गनेृ छ । साधारण सभा नभएको विशेष परिस्थितिमा कार्य समिति वैठकले छनोट गरी पठाउनेछ ।
(झ) कार्य समितिबाट संस्थाको हित अनुकूल भएका काम कारवाहीहरुको औचित्य हेरी अनुमोदन गर्ने ।
८. कार्य समितिको गठन
(क) सम्बन्धित देशको साधारण सभाले आफु मध्येबाट एक जना केन्द्रीय सभापति निर्वाचित गर्ने छ ।
(ख) समाजको सभापतिले सम्बन्धित देशको साधारण सभा सदस्य मध्येबाट उप–सभापति–१, महासचिव–१,
उपमहासचिव–१, कोषाध्यक्ष–१ र बढीमा १६ जना सदस्य मनोनित गर्न सक्नेछन् ।
(३) कार्य समितिको कार्यकाल ३ (तीन) वर्षको हुने छ ।
(४) कारणवश केन्द्रीय कार्यसमितिको सभापति पद रिक्त हुन आएमा बाँकि अवधिका लागि उप–सभापतिले कार्यबाहक सभापतिको हैसियतमा कार्य गर्नेछ । अन्य पदाधिकारी तथा सदस्य पद रिक्त हुन आएमा सभापतिले बाँकी अवधिको लागि मनोनयन गर्नेछन् ।
(५) कार्यसमितिको वैठक आवश्यकता अनुसार सभापतिले बोलाउने छ । तर कार्य समितिको सम्पूर्ण सदस्य संख्याको ५१ प्रतिशतले बैठक वोलाउन माग गरेमा सभापतिले कार्य समितिको वैठक तुरुन्त वोलाउनु पर्नेछ ।
(६) कार्य समितिका पदाधिकारीहरुको कुल संख्याको ५१ प्रतिशत पदाधिकारीहरु उपस्थित नभई कार्य समितिको वैठक वस्ने छैन ।
(७) कार्य समितिको बैठकमा सभापतिले अध्यक्षता गर्ने छ र निजको अनुपस्थितिमा उपसभापतिले र निजको पनि अनुपस्थिति रहेमा वैठकमा उपस्थित सदस्यहरुले छानेको वा जेष्ठ सदस्यले अध्यक्षता गर्नेछ ।
(८) कार्य समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा सभापतिले निर्णायक मत दिन सक्नेछ ।
(९) कार्य समितिको बैठकमा छलफल भएको विषयहरुको छुट्टै निर्णय किताबमा लेखी राखिने छ र सो निर्णय विवरणमा बैठकमा उपस्थित सम्पूर्ण सदस्यहरुले सही गर्नु पर्ने छ तर निर्णयमा असहमती जनाउनेहरुले कैफियत खोली सही गर्नु पर्ने छ ।
(१०) संस्थाले गर्ने भनेको सम्पूर्ण कार्यहरू कार्यसमितिको निर्णयबाट हुनेछ । आकस्मिक अवस्थामा विशेष निर्णय गर्नु परेमा सभापतिले गर्न सक्नेछ तर कार्यसमितिको आउँदो वैठकबाट त्यसको अनुमोदन गर्नु पर्नेछ ।
११) सम्बन्धित देशको कार्यसमितिले समाजको केन्द्रिय कार्यसमिति, नेपाल संग आवश्यक समन्वय गर्ने , प्राप्त निर्देशन पालना गर्ने तथा आबधिक प्रतिवेदन बुझाउनुपर्ने छ ।
(९) राष्ट्रिय स्तरको कार्यसमिति मातहतमा प्रमुख शहर वा प्रदेश स्तरमा शाखा गठन ः
संवन्धित देश भित्र देश अनुसार प्रमुख शहर वा प्रदेश स्तरमा रहेका समाजका सदस्यहरु शहर वा प्रदेश स्तरीय साधारण सभाका सदस्य हुनेछन् । प्रदेश स्तर वा प्रमुख शहर स्तरका कार्यसमितिका तत्काल कायम रहेका पदाधिकारी तथा सदस्यहरु समेत साधारण सभाका सदस्य हुनेछन् । सो सभाका सदस्यहरुले आपूm मध्येबाट एक जना सभापति ३ बर्षको लागि निर्वाचित गर्नेछन् । सभापतिले साधारण सभा सदस्यहरु मध्येबाट एक जना उपसभापति , एक जना सचिव, एक जना सहसचिव, एक जना कोषाध्यक्ष, र बढीमा १० जना सदस्य मनोनित गरी बढीमा १५ जनाको प्रदेश वा प्रमुख शहर स्तरीय कार्यसमितिको गठन गर्नेछन् ।
(१०) नियम वनाउन सक्ने ः
(१) विदेश स्थित समाजको राष्ट्रिय कार्यसमितिले आफनो कार्य सम्पादन गर्ने सन्दर्भमा आवश्यक नियम बनाउन सक्नेछ र सो नियम केन्द्रिय कार्यसमिति नेपालबाट स्वीकृति लिएर साधारण सभाबाट पारित भए पछि लागु हुने छ ।
(२) यो विधान र विधान अन्र्तगत बनेको नियमको अधिनमा रही संस्थाको कार्य संचालन र उद्देश्य कार्यान्वयनका लागि कार्यसमितिले कर्मचारी व्यवस्था र आर्थिक प्रशासन सम्बन्धी विनियम वनाई केन्द्रिय कार्यसमिति नेपालबाट स्वीकृति लिएर साधारण सभाबाट पारित भए पछि लागु गर्न सकिने छ ।
(११) कार्यादेश विधानसंग वाझिएको हकमा तुरून्त वदर मानिने छ । समाजको विधान बमोजिम विधान, नियमावली, कार्यादेश र अन्य कुनै प्रसङ्गमा अस्पष्टता सिर्जना भए वा कार्य गर्न वाधा उत्पन्न भए समाजको केन्द्रीय कार्यसमिति, नेपालको व्याख्या, निर्णय वा निर्देशन अन्तिम मानिने छ । अन्य सबै कुरा विधानमा व्यवस्था भए बमोजिम हुनेछ ।
(१२) अनुसचि – १
संस्थाको छाप र चिन्हको विवरण
समाजको केन्द्रीय कार्यसमिति, नेपाल कै सरह संस्थाको छाप गोलाकार हुनेछ । उक्त गोलाकार भित्र वी पी विचार राष्ट्रिय समाज–२०६९ (संवन्धित देशको नाम) भनि लेखिने छ र त्यसको केन्द्रमा वी पी को तस्वीरको डिजाइन अंकित हुनेछ ।
२. संस्थाको चिन्ह ः वी पी विचार राष्ट्रिय समाजको अग्रेजीको संक्षेप द्यएक्ष्ल्क् को ठिक माथि वलिरहेको वत्तीको प्रतिक भएको संस्थाको चिन्ह हुनेछ ।

nema
Show More

Related Articles

Back to top button