समाचार
भूकम्पले हल्लाएको सगरमाथाको उचाइ कसरी नापियो?
काठमाडौँ – नेपालले पहिलोपटक आफ्नै आर्थिक तथा प्राविधिक क्षमताले सगरमाथाको उचाइ मापन गरेको छ।
नेपालसँगै चीनले पनि छुट्टै मापन गरे पनि दुई देशले संयुक्त रुपमा पहिलोपटक सगरमाथाको उचाइ सार्वजनिक गर्दै ८८४८.८६ मिटर स्वीकार गरेका छन्।
यसअघि चीनले सगरमाथाको मापन गर्दा हिउँ नाप्न नहुने भन्दै पत्थरको उचाइ ८८४४ मिटर भएको दाबी गर्दै आएको थियो। नेपालसहित विश्वका अरु देशले ८८४८ नै मान्यता दिँदै आएका थिए।
अब मंगलबारबाट सगरमाथाको उचाइबारे विवाद अन्त्य हुँदै ८६ सेन्टिमिटर वृद्धि भएको छ। नेपालमा २०७२ सालमा भूकम्प गएपछि सगरमाथाको उचाइमा समेत फेरबदल आएको हुन सक्ने अनुमान र चर्चा भएको थियो।
त्यसैलाई मध्यनजर गर्दै सरकारले दुई वर्षअघि आफ्नै स्रोत र प्राविधिक क्षमताले उचाइ मापन गर्ने निर्णय लिएको नापी विभागका महानिर्देशक प्रकाश जोशी बताउँछन्। विभागले सगरमाथाको उचाइ नाप्न दुई वर्षमा १३ करोड रुपैयाँ खर्चेको छ।
सगरमाथाको उचाइ नाप्नका लागि नापी विभागका उपसचिव खिमलाल गौतमको नेतृत्वमा अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालको टोलीले दुई वर्षसम्म निरन्तर काम गरेको थियो।
विभागको टोलीलाई पर्वतारोही छिरिङ जाङ्बु शेर्पाले साथ दिएको विभागका सूचना अधिकारी दामोदर ढकाल बताउँछन्।
नापनको विधि?
उचाइ मापनमा परम्परागत विधि (समतल नापी) तथा आधुनिक विधि (जिएनएसएस) र स्थलगत भू (आकर्षण सर्वेक्षण) जस्ता विधि प्रयोग गरिएको विभागको भनाइ छ। त्यस्तै ‘डाइरेक्ट मिजरमेन्ट’ अन्तर्गत प्रत्यक्षरुपमा अगाडि/पछाडि गरेर चुचुरोसम्मको उचाइ नापिएको छ। ‘ट्रेंगुलेसन’ विधिबाट पनि नापिएको ढकालले बताए।
यसअनुसार निश्चित बिन्दुलाई आधार बनाएर त्यसको कोण पत्ता लगाउने र सोही आधारमा क्रमशः अन्य बिन्दुको कोण बनाउँदै उचाइ मापन गरिएको हो ।
तेस्रो विधि हो, गुरुत्वलाई आधार बनाउने। गुरुत्व विधिबाट नापन गर्न प्राधिकहरुले सिरहाको मदारदेखि काम सुरु गरेका थिए।
जिपिएस प्रणालीबाट पनि उचाइ मापन हुन्छ। सन् २००५ मा चीनले यही विधिबाट उचाइ नापेको हो।
मापन कार्य शुरु पहिले विभागले भारत, चीन, अमेरिका, इटलीलगायत देशका विज्ञसँग नापका तौर तरिकाबारे छलफल गरेको ढकाल बताउँछन्।
पहिलोपटक सन् १९५४ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर भएको सार्वजनिक गरेको थियो। त्यसपछि विभिन्न समयमा भएका मापनमा उचाइ फरक फरक आए पनि अन्तराष्ट्रिय मान्यता पाएको थिएन।
१९७५ चीनले, १९८७, १९९२ र २००४ मा इटालीले र १९८९ मा अमेरिकाले सगरमाथाको उचाइ नापेको विभागका अधिकारीहरु बताउँछन्।
सन् २००५ मा पुनः चीन र सन् २०१० मा फेरि इटालीले नापेको थियो।
स्राेतःदेश सञ्चार