वी पी विचार

राष्ट्रिय राजनीतिमा बिपी कोइरालाको स्थान –रामप्रसाद पन्त

नेपाली राजनीति र नेपाली साहित्य जगत्मा सधैं तरङ्गित भइरहने गरेको नाम बिपी अर्थात् विश्वेश्वरप्रसाद कोइराला, आखिर के हो ? ‘बिपी’ शब्द विश्लेषणयोग्य छ । यसर्थ भन्नुपर्छ, बिपी चेतना हो । बिपी विचार हो । बिपी युगको प्रतिविम्ब हो । बिपी ज्ञान हो । बिपी विज्ञान हो । बिपी समयको प्रवाह हो । बिपी न भूत हो, न भविष्य हो । बिपी सधैं वर्तमान हो । बिपी शताब्दीअघि पनि वर्तमान थियो, जीवन वृत्तमा पनि वर्तमान भइरह्यो र विगत भएपछि पनि बिपी वर्तमान नै छ ।
बिपी हिजो जे थियो, आज पनि उही छ । बिपीको विम्बले हिजोजस्तो काम गरिरहेको थियो, आज पनि उसैगरी काम गरिरहेको छ । बिपीपथ हिजो जति सुन्दर र सजिलो थियो, आज पनि उत्तिकै सहज र गतिमय छ । बिपीपथ बाङ्गो र टेढोमेढो छैन । बिपीपथमा हि“ड्नेहरूलाई भ्रमित हुनुपर्दैन, उल्टो हि“ड्नुपर्दैन र दिशाहीन हुनुपर्दैन ।
बिपी सङ्घर्षको अर्काे रूप हो । बिपी पीडा र वेदनाको प्रतिरूप हो । बिपी दया र करुणाको सागर हो । बिपी जनमनको अन्तर्आवाज हो । बिपी सूक्ष्ममा अति सूक्ष्म र आकारमा अति विस्तारित रूप हो । बिपी अरूलाई खियाउने नामरूप होइन, आफै खिइएर र पग्लिएर अरूलाई उल्यालो दिने तरल रूप हो । बिपी कठोरका लागि वज्र र मृदुलका लागि क्षणभरमा पग्लिने नवनीत हो ।
बिपी विचारको सगरमाथा हो । भावनाको प्रशान्त महासागर हो । बिपी दूरगामी प्रभाव छाड्न सक्ने सदाचार, सदाशय र सद्भावको पारखकर्ता हो । बिपी देश बनाउन सपनै सपना बोकेर वैचारिक एवम् दृढसङ्कल्पमा समर्पित एवम् समुन्नत युगनायक हो ।
बिपी चम्किलो प्रकाश हो । अ“ध्यारोमा चमक दिने एउटा ज्योतिपुञ्ज हो । ताराहरूमध्येको उज्ज्वल तारा ध्रुवतारा हो । बिपी शीतलतामा चन्द्रमा हो । मानवमष्तिष्कलाई शीतलता प्रदान गर्ने श्रीखण्डलेप हो । बिपी राष्ट्र र राष्ट्रवासीलाई प्रगतितर्फ उन्मुख गराउन प्रतिबद्ध भएर पाइला अगाडि बढाइरहेको एउटा यायावर हो । बिपी जनतालाई शान्ति, समृद्धि, समुन्नति र स्थिरतातर्फ उन्मुख गराउन दृढसङ्कल्प बोकेर अगाडि बढेको महापथिक हो ।
आत्मश्लाघा नचाहने र हीनताभावले पनि ग्रस्त नभई स्वाभिमानमा बा“च्ने क्षमतावान् व्यक्ति हो बिपी । अतिरञ्जित प्रचार नगर्ने, अवाञ्छित आशा नबा“ड्ने दम्भ र अहङ्कारबाट टाढै रहने आस्था, निष्ठा र समर्पणको अर्काे रूप हो बिपी ।
२००३ सालमा विराटनगरमा मजदूर हडताल गराएर आफूलाई राष्ट्रिय राजनीतिमा होम्ने व्यक्ति हो बिपी । हडतालकै क्रममा पक्राउ खाएर २२ दिन हि“डाएर काठमाडौं ल्याइएको व्यक्ति हो बिपी । बन्दीमाथि अमानवीय व्यवहार, दमन र अत्याचार गरिएको विरुद्धमा २९ दिनसम्म अनशन बसी प्राण दाउमा राख्ने व्यक्ति हो बिपी ।
बिपी सामान्य मानिसभन्दा अलिकति माथि उठेको तर धर्ती नछाडेको एउटा युगान्तकारी मानव हो । बिपी गौतम बुद्ध, अंशुबर्मा, पृथ्वीनारायण, भानुभक्त र देवकोटा कोटिमा पर्ने युगीन महापुरुष हो । बुद्धको जस्तो करुणा, गान्धीको जस्तो अहिंसा, चर्चिलको जस्तो बुद्धिमता र रुजबेल्टको जस्तो मानवीय गुण भएको व्यक्ति हो बिपी । मानवीय भावना र संवेदनाको सूक्ष्म विश्लेषक हो बिपी । मानवीय सभ्यता र संस्कारको अद्वितीय शिल्पी हो बिपी । अत्यन्त कुशाग्र बुद्धि भएको सामाजिक परिवर्तनको संवाहक हो बिपी । सारांशमा भन्नुपर्दा सम्पूर्ण एसियाई महाद्वीपका जनताका लागि नै प्रेरणा स्रोत हो बिपी । तर, बिपी भगवान् होइन । किरिट कुण्डल र मुकुट लगाइदिएर भगवान् बनाउन खोज्नेका लागि बिपी दिवास्वप्न हो । नाम भजाएर स्वार्थपूर्ति गर्नेहरूका लागि बिपी खबरदारी हो ।
बिपी स्वाभिमान हो । बिपी स्वाभिमानको सगरमाथा हो । स्वाभिमान गुमाएर जनताका आकाङ्क्षाहरूलाई कुल्चेर प्रधानमन्त्रीको कुर्सीमा मात्र बस्न चाहेको भए ऊ दशौं वर्ष प्रधानमन्त्री बन्न सक्थ्यो । तर, उसले स्वाभिमान छाडेन । स्वाभिमान नछाडेकै कारण ऊ सत्ताबाट अपदस्थ भयो । जेलनेल सह्यो र झन्डै फा“सीको सन्निकट पुग्यो ।
कोरा कल्पना र असम्भव प्रलोभन दिएर जनता झुक्याउने कोटीको नेता होइन बिपी । जनतालाई रैतीबाट सार्वभौम बनाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादले ओतप्रोत बनाउन दिलोज्यान दिएर अगाडि बढेको एउटा राजनेता हो बिपी । वास्तवमा बिपी तत्कालीन परिवेशको नेल्सन मण्डेला हो । जयप्रकाश नारायण हो । राममनोहर लोहिया हो । जवाहरलाल नेहरू हो । जोसेफ ब्रज टिटो हो । बिली ब्रान्ट हो । फ्रा“स्वा“ मितेरा“ हो । विष्टन चर्चिल हो । माओ, चाओ र लिङ्कन हो ।
नेपाली राजनीतिक भविष्यको मस्तिष्क हो बिपी । नेपाली माटोमा जनअनुकूल प्रजातान्त्रिक समाजवादको जग हाल्ने समाजवादी सिद्धान्तको प्रणेता हो बिपी । नेपाली साहित्याकाशमा मनोवैज्ञानिक धार सूत्रपात गर्ने मनोकथालोकको एउटा सूत्रधार हो बिपी । नेपाली साहित्यिक बगैंचा गोडमेल गर्ने काममा प्रवृत्त एउटा कुशल र इमानदार माली हो बिपी । लोहिया र जयप्रकाश नारायणपछि भारतीय समाजवादी नेताहरूद्वारा पनि अनुसरण गरिएको व्यक्तित्व हो बिपी । म्यानमारका उवास्वे, इजरायलका सेरियट, इटलीका टोगलेटी र जर्मनीका विलिब्रान्टजस्ता समाजवादी नेताहरूसरह छवि राख्न सक्ने बीसौं शताब्दीको एक महान् मेधावी नेता हो बिपी । बिपीकै शब्दमा भन्नुपर्दा— बिपी राजनीतिमा समाजवादी हो, साहित्यमा अराजकवादी ।
बिपी ठूलो मानिस होइन, असल मानिस हो । बिपी कसैको लोभ–लालच र डाह–ईष्र्यामा लागेर आफ्नो मर्यादा सिद्धान्त र स्वाभिमान गुमाउने मानिस होइन । बिपी नेपाली माटोमा भित्रैसम्म जरा गाडेको एउटा अजर, अमर र अब्बल पीपलवृक्ष हो । बिपी नेपाली जनताका लागि छहारी निर्माण गर्ने आशा र विश्वासको तन्तु अनि सुख शान्ति र समृद्धिका लागि आफैलाई जलाउने र आफैलाई खियाउने एक त्यागी नेता हो ।
बिपी अभिजात्य वर्गलाई माथि उठाउन कम्मर कसेर लागेको माक्र्सप्रभावित मनुवा हो । तर, बिपी कम्युनिष्ट कदापि होइन । ‘२५ वर्षसम्म कम्युनिष्ट नहुने मानिस, रगत भएको मानिस होइन । २५ वर्षपछि पनि कम्युनिष्ट भइरहने मानिस, बुद्धि भएको मानिस होइन’ भनी दाबीका साथ भन्न सक्ने एउटै सिद्धान्त र नीतिमा आफूलाई प्रवृत्त गराइराख्ने व्यक्ति हो बिपी ।
बिपीवाद पू“जीवाद होइन, माक्र्सवाद हो । तल्लो वर्गलाई उठाउनुपर्छ भन्ने सिद्धान्त बोकेर अगाडि बढिरहेको व्यक्ति हो बिपी । जनतालाई दासताबाट चेतनातर्फ, सङ्कीर्णताबाट उदारतातर्फ, सामन्तवादबाट प्रजातन्त्रतर्फ, निरङ्कुशताबाट सर्वसम्मतितर्फ उन्मुख गराउने अभियानमा लागेको सचेतक व्यक्ति हो बिपी । घोर दक्षिणपन्थदेखि कट्टर वामपन्थसम्मका सबैले प्रजातन्त्रको फल भोग गर्न पाउनुपर्छ भन्ने समतावादी सिद्धान्त बोकेको व्यक्ति हो बिपी ।
हो, कुनै पनि कम्युनिष्टभन्दा कम छैनन् बिपीका अभिव्यक्तिहरू । बिपीवाद भन्छ — ‘नेपाल भनेको नेपालका ती गरीब जनता हुन्, जसको आङमा फाटेको र मैलो लुगा छ । टाउकोमा घेरा मात्र भएको टोपी छ । बिरामी परे ओखतीमूलो पाउ“दैनन् । आफ्ना छोराछोरीलाई शिक्षादीक्षाको प्रबन्ध गर्न सक्दैनन् । जसलाई बिहान खाएर बेलुका के खाउ“m र बेलुका खाएर बिहान के खाऊ“ भन्ने समस्या छ, तिनै किसानहरूको देश हो नेपाल । ठूलाठूला महलमा बस्ने र मोटर चढ्ने त यहा“ १० प्रतिशत पनि छैनन्, तिनीहरू नेपाल होइनन् ।’
यति मात्र होइन, जमिन जोत्नेको हुन्छ भन्ने र राजाको तस्वीरस“गै एउटा गरीब गाउ“ले किसानको तस्वीर राखेर योजना बनाउनुपर्छ भनी योजनाविद्हरूलाई निर्देशन दिने बिपीवाद कुनचाहि“ कम्युनिष्ट सिद्धान्तभन्दा कम छ ? तर, बिपीको सिद्धान्त सम्भ्रान्तवर्गलाई तल झारेर सर्वहारा वर्ग बनाउने होइन, सर्वहारा वर्गलाई उठाएर सम्पन्न बनाउने हो । त्यसैले बिपी भनाइ मुखरित भइरह्यो — ‘राष्ट्र बचाउनु, प्रजातन्त्र ल्याउनु र देशको आर्थिक वा सर्वाङ्गीण विकास गर्नु यी तीनओटा हाम्रा ऐतिहासिक दायित्व हुन् ।’
छिमेकी मुलुक होस् या अन्य मुलुक जहा“ बसे पनि सधैं प्रजातन्त्रको पक्षमा लडिरहने अथक योद्धा हो बिपी । भारतीय स्वतन्त्रताका निम्ति १४ वर्षकै उमेरमा जेल जाने साहसी किशोर हो बिपी । साहित्यिक सृजनामा चेखव, मोपासा“, फ्राएड, सेक्सपियर, प्रेमचन्द, द्विवेदीजस्ता प्रेरक तत्त्वबाट प्रेरित भएर कथा, उपन्यास, जीवनी–साहित्य लेख्न सफलता प्राप्त गरेको व्यक्तित्व हो बिपी । राजनीति र साहित्यका दुई भिन्न डु“गालाई एकै साथ खियाएर अघि बढाउन सक्ने क्षमतावान् व्यक्तित्व हो बिपी । प्रधानमन्त्री भएर नेपालको छवि अन्तर्राष्ट्रिय जगत्मा पु¥याउने सामथ्र्यशाली राजनीतिज्ञ हो बिपी । नेपाली काङ्ग्रेस र नेपाली जनताको मन जितेर नेपालको इतिहासमा प्रथम निर्वाचित प्रधानमन्त्री बन्ने ऊर्जाशील नेपाल आमाको असल सपुत हो बिपी ।
वर्ग, क्षेत्र र जातविशेषलाई ध्यानमा राख्दै समावेशी शैलीमा राज्य सञ्चालन गर्न सक्ने खुबी भएको व्यक्ति हो बिपी । बौद्धिक, वैज्ञानिक, विश्लेषक, साहित्यिक, सांस्कृतिक र सृजनशील व्यक्तित्वहरूलाई उचित कदर गर्दै सम्मानजनक स्थानमा राखी सर्वाङ्गीण विकासमा लगाउन सक्ने क्षमतावान् व्यक्ति हो बिपी ।
सामाजिक विद्रोह गरेर तानाशाही राणाहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्ने साहसी र निडर बाबु कृष्णप्रसाद कोइरालाको रगत हो बिपी । ‘बाबु जेलमै मरे, छोरो (बिपी) पनि प्रजातन्त्रको लडाइ“मै जेल परेर मर्छ भने मरोस् तर क्षमा माग्दिन“’ भनी राणाहरूको अगाडि गर्जने वीराङ्गना माता दिव्याको गर्भ हो बिपी । नेपालको इतिहासमै एक पिताका तीन पुत्र प्रधानमन्त्री बनाउने नेपाल आमाको एउटा चम्किलो पुत्ररत्न हो बिपी । चीनको नौलो जनवाद, पाकिस्तानको आधारभूत प्रजातन्त्र र नेपालको पञ्चायती प्रजातन्त्रको दुहाइ दिने र जनता ठग्ने धूर्त नेताहरूभन्दा नितान्त भिन्न स्वभाव भएको असल मानव हो बिपी ।
भारतले सिक्किम खा“दा, चीनले तिब्बत लैजा“दा, इन्डोनेसियाले टिमोर अधीनस्थ पार्दा र रुसले अफगानिस्तानमाथि हस्तक्षेप गर्दा त्रस्त भएर नेपाल राष्ट्र जोगाउनका लागि बरु तानाशाहस“ग पनि सम्झौता गर्न उद्यत हुने राष्ट्रवादी चिन्तक हो बिपी । ‘देशै नरहे कुन देशका जनताका लागि प्रजातन्त्रको लडाइ“ लड्ने ?’ भन्ने सोच भएको दूरदर्शी व्यक्तित्व हो बिपी । ‘राष्ट्रियताको ढुकढुकीअनुरूप राजनीति गरेमा अनन्त शक्ति प्राप्त हुन्छ’ भन्ने सोच राख्ने र देश, काल, परिस्थिति बुझेर राजनीति गर्नुपर्छ भन्ने वैचारिक दृष्टिकोण भएको बौद्धिक व्यक्ति हो बिपी ।
जनतामा भय र त्रास उत्पन्न गरी जनताका चेतना कुण्ठित पार्ने र जनतालाई भुलभुलैयामा पारी उनकै का“धमा टेकेर अकण्टक शासन चलाउनेका विरुद्धमा उभिने एउटा युगचेता व्यक्ति हो बिपी । जनताको मुक्तिका निम्ति आफूलाई सङ्घर्षमा होम्दा पुलिसको डन्डा खाने र जेलको चिसो छि“डी कुर्न बाध्य हुने विडम्बनापूर्ण तर तीतो सत्य हो बिपी ।
बिपी उर्वर नेपाली माटो हो । नेपाली माटोको सुवास हो । हिमाल, पहाड, तराई हो । मेची र महाकाली हो । गण्डकी, कोशी र कर्णालीमा अविरल बगिरहने र कहिल्यै नसुक्ने पानीको अजस्र स्रोत हो । त्यसैले त बिपीको आत्माबाट आवाज निस्कियो— ‘नेपालको माटोलाई छुनुहोस्, त्यो माटोले जे भन्छ त्यही तपाईंको लागि जवाफ हो । अनि हृदयलाई सोध्नुहोस्, जे जवाफ दिन्छ त्यही गर्नुहोस् । नाङ्गा पैताला र झुत्रे लुगा लगाएकालाई सोध्नुहोस्, नेपाली नागरिकलाई सोध्नुहोस्, जे जवाफ पाउनुहुन्छ त्यही गर्नुहोस्, त्यही तपाईंको कर्तव्य हो ।’
बिपी कर्मको अर्काे रूप हो । बिपीले सधैं कर्मको पूजा गरिरह्यो, भाग्यवादमा विश्वास गरेन । आत्मालाई विश्वास ग¥यो, ढुङ्गाको मूर्तिलाई विश्वास गरेन । कर्म नै ईश्वरको पूजा सम्झियो र जस्तै आपत्ति आइलागे पनि निरन्तर कर्म गरिरकह्यो । त्यसैले त उसको मनको आवाज यसरी बाहिर निस्कियो — ‘मलाई देवताले केही अनुकम्पा गर्लान् भन्ने त्यस्तो लाग्दैन । म देख्छु कति साना बच्चाहरू मरिरहेका छन्, आमाहरूले कल्पेर कति देवताहरूको प्रार्थना गरे होलान् π कतिका दुलाहा मरिरहेका होलान् π कतिको घर बर्बाद भए होला π ती सब कुराहरू देख्दा भने मलाई ईश्वरको विशेष अनुकम्पा हुन्छ भन्ने लाग्दैन ।’ यसबाट के बुझ्न सकिन्छ भने बिपी न नास्तिक हो, न आस्तिक । बिपी यथार्थमा मानवतावादी हो । मानवतावाद नै उसको मूल धर्म हो ।
बिपी अथक यात्री हो । उसको गन्तव्य सगरमाथा हो । ऊ कर्मले सगरमाथा टेकेको मानिस हो । जीवनयात्रामा उसले थुप्रै दुःख, कष्ट, अवरोध र प्रतिरोधहरूस“ग सिउ“री खेल्यो । चट्टानस“ग जुध्यो र गन्तव्य पहिल्यायो । त्यसैले त बिपी एउटा बेगवान् नदी हो । उसको यात्रा समुद्रसम्मको हो । ऊ समुद्र नछोएसम्म यात्रा नरोक्ने महायात्री हो । त्यसैले त उसले बिगुल फुकिरह्यो— ‘सगरमाथामा पुग्न चाहने पर्वतारोहीको जस्तो मेरो यात्रा हो । यस यात्रामा मैले तलमाथि गरिरहनुपर्ला, सोझो घुमाउरो बाटो पहिल्याउ“दै अग्रसर हुनुपर्ला π कति यात्रास्थलमा चट्टानको दुर्गम पर्खाललाई छिचोल्न केही कदम फर्किएर पर्खालको परिक्रमा गरेर उतापट्टि पुग्नुपर्ला π तर मेरो यात्राको पुग्ने ठाउ“ त सगरमाथाको चुचुरो नै हो ।’
शब्दस“ग होइन, शब्दको प्रयोगस“ग विश्वास गर्ने कर्मवादी व्यक्तित्व हो बिपी । जय नेपाल, लाल सलाम अभिवादन वा नमस्कार शब्दहरू कुनै वर्गविशेषका पेवा हुन सक्दैनन् । तिनले दिने सन्देश र सामथ्र्यस“ग विश्वास गर्नुपर्छ भन्ने पक्षधर हो बिपी । साहित्यमा प्रगतिशीलतालाई पेवा बनाउन खोज्नेहरूस“ग सहमति छैन बिपीको । त्यसैले त बिपीकै कलमले ‘साहित्यमा प्रगतिशीलता’ शीर्षक दिएर लेख लेख्न पुग्यो बिपी र उद्घोष ग¥यो — ‘साहित्य मानिएका रचनाहरू सबै प्रगतिशील हुन्छन् । प्रगतिशीलता नभएको साहित्य, साहित्य नै हुन सक्दैन ।’
त्यसै भएर त बिपीवाणी प्रगतिशीलताको वकालत गर्न थाल्छ — ‘अहिले नेपालमा प्रगतिवाद, जो प्रगतिशीलताको नारा दिइरहेको सुनिन्छ । विद्यार्थी जगत्मा होस् या अरू जगत्मै किन नहोस्, यसको पक्षमा एउटा ठूलो दुर्बलता के देखा परेको छ भने यिनीहरू प्रजातन्त्रको पक्षमा प्रजातान्त्रिक समाजको सङ्घर्षमा कहिल्यै सक्रिय रहेनन् । प्रगतिशीलको नाममा यिनीहरू पञ्चवादीभन्दा भिन्न तत्त्वका रूपमा देखा परेनन् । यिनीहरू सधैं कथित क्रान्तिको पक्षमा रहेर ठूलाठूला आदर्शका कुराहरू गरेर र खोत्रो आदर्शका कुराहरू बोकेर आफूलाई प्रगतिशील भनिरहे ।’
जनइच्छा अनुकूल शासन चल्नुपर्छ भन्ने वैचारिक धरातल भएको नेता हो बिपी । जसले आफूलाई सधैं प्रजातान्त्रिक सङ्घर्षमा होमिइरह्यो, जसको प्रतिफल राष्ट्रको प्रधानमन्त्रीसम्म हुन पुग्यो बिपी । तर, एकै वनका दुई बाघ हुन पुगे बिपी र महेन्द्र । एउटा जनताको छोरो अर्काे जन्मजात शासक । राजा भएकै कारण महेन्द्रमा प्रजातान्त्रिक संस्कार रहेन । फलस्वरूप १८ महिना पनि सत्ता सञ्चालन गर्न नपाउ“दै महेन्द्रले षडयन्त्रमूलक ढङ्गले चक्रव्यूहमा पारिछाडे — एउटा जननिर्वाचित प्रधानमन्त्रीलाई ।
बिपी सत्ताच्युत मात्र भएनन्, ८ वर्षसम्म कठोर कारावासको यातना पनि खपे र निर्वासित हुन पुगे भारतमा । विस्थापित गरिएको प्रजातन्त्रलाई पुनःस्थापना गर्न लडाइ“ लडिरहे बनारसमै बसेर भए पनि बिपीले । प्रजातान्त्रिक हकअधिकार कुण्ठित गरिएको देश झन्झन् जर्जर, कुण्ठित र दिशाहीन हु“दै गयो । देशको अस्तित्व नै सङ्कटमा पर्ने सङ्केत देखा परिरह्यो एउटा राष्ट्रवादी चिन्तकलाई । देशको त्यो दुर्दशा टुलुटुलु हेरेर बसिरहन उचित लागेन एउटा राष्ट्रवादी नेतालाई । ‘बरु ज्यानै जाओस् वा केही समयका लागि प्रजातन्त्र नै धरापमा परोस्, तर राष्ट्र र राष्ट्रियता नै विलय भयो भने कसको प्रजातन्त्रका लागि लडाइ“ लड्ने ?’ भनी दर्जनौं ज्यानसम्बन्धी मुद्दाको पर्वाह नगरी ज्यानको बाजी लगाएर बिपीको पुनरागमन भयो र बिपीवाणी प्रतिध्वनित भयो — ‘मलाई नेपाली मानिसमाथि विश्वास छ । यदि जनतामाथि विश्वास नभएको भए म राजनीतिमा लाग्ने नै थिइन“ । यो देशको तकदिरमाथि मलाई यत्रो विश्वास नभएको भए म १० वर्ष जेलमा बस्दा र फा“सीको फन्दानजिक पुग्दासम्म बा“चिरहने थिइन“ ।’
त्यसै भएर त राष्ट्रियता, प्रजातन्त्र र विकासका बारेमा बिपी विचार यसरी प्रकट हुन पुग्यो — ‘राष्ट्रियताको भावनात्मक विकास एउटै विचारधाराको प्रचारले हु“दैन । त्यो विकासको क्रम द्वन्द्वात्मक हुन्छ । विचारको सङ्घर्ष राष्ट्रिय हितका सन्दर्भमा मतभिन्नताबाट निस्केको त्यो सामूहिक निर्णयको फराकिलो शिलाखण्डमा राष्ट्रियताको भावना गहिरि“दै, बाक्लि“दै र फराकिलो हु“दै जान्छ ।’ यस भनाइबाट बुझ्न सकिन्छ— राष्ट्रियता, प्रजातन्त्र र विकास एकअर्कामा आधारित तत्त्व हुन् ।
राजनीति स“गस“गै साहित्यलाई पनि हि“डाउन सक्ने तर एकअर्कालाई भेट्न नदिने विलक्षण प्रतिभा भएको व्यक्तित्व हो बिपी । नेपाली साहित्यमा दोषी चश्मा तथा श्वेतभैरवीजस्ता कथासङ्ग्रह र उपन्यासमा नरेन्द्र दाइ, तीन घुम्ती, सुम्निमा, हिटलर र यहुदी, बाबुआमा र छोरा, मोदिआइनजस्ता कालजयी कृति दिन समर्थ बिपीले आत्मकथा, जेल जर्नल, आत्मवृत्तान्त र फेरि सुन्दरीजलजस्ता आत्मसंस्मरण पनि लेख्न पुगे ।
यसरी राजनीति र साहित्यमा समान उचाइ प्राप्त गरेका बिपीका राजनीति र साहित्यबारे फरक मत रहे । बिपीले राजनीतिलाई साहित्यमा पनि मुछेनन् र साहित्यलाई राजनीतिकेन्द्री पनि बनाएनन् । उनको स्पष्ट मत रह्यो— ‘म राजनीतिमा एउटा व्यक्ति हु“ भने साहित्यमा एकदम अर्काे । यसरी मभित्रका दुई प्राणी दुई पृथक् पृथक् कार्य गरिरहेका छन् भन्ने मलाई लाग्दछ । यी दुई प्राणीको कहिल्यै पनि भेटघाट भएको छैन । त्यसो हुनाले मेरो लेखनीमा राजनीतिको कुनै पनि गन्ध छैन ।’
जीवनको उत्तराद्र्धमा अर्थात् २०३३ सालमा ‘राजाको गर्धन तल, मेरो गर्धन माथि’ भन्दै स्वनिर्वासनबाट राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्केपछि नेपाली राजनीतिमा परिवर्तनको तरङ्ग फैलियो । २०३६ सालको जनमतसङ्ग्रहमा भएको बहुदलको अस्वाभाविक हारलाई पनि प्रजातान्त्रिक अभ्यास सम्झेर बिपीको ब्रह्मविवेकले परिणाम स्वीकार गरेपछि बहुदलीय व्यवस्था स्थापित गर्न अरू १० वर्ष पर्खनुप¥यो । अन्ततः २०४६ सालमा आएर महेन्द्रले जबर्जस्ती लादेको पञ्चायती व्यवस्थाको अन्त्य भयो र प्रजातन्त्रको पुनःस्थापना भयो । अर्थात् सत्य लुकेर बस्न सकेन, हार स्वीकार गरेर बस्न सकेन । एक दिन सत्यको विजय भएरै छाड्यो । महेन्द्रपथ भत्क्यो र बिपीपथ लोकमार्गका रूपमा विस्तारित भयो । ढिलोचा“डो कपटी बाघले हार स्वीकार गर्नैप¥यो । एकै वनमा दुई बाघ बस्न सक्दा रहेनछन् भन्ने कुरा बिपीपथमा हि“ड्नेहरूको जनलहरले प्रमाणित ग¥यो । यसैबीचमा २०३९ सालमा ६८ वर्षकै उमेरमा क्यान्सर रोगबाट बिपीको देहान्त भएपछि एउटा युग, अर्थात् बिपी युगकै अन्त्य भयो ।
बिपी आखिर के रहेछ भन्ने कुरा शवयात्रामा उर्लिएको भावविह्वल मानवसागरले परिचय थियो । बिपी के रहेछ भन्ने कुरा विश्वराजनीतिमा फैलिएको बिपीबारेको चर्चाले प्रमाणित ग¥यो । बिपी के रहेछ भन्ने कुरा नेपाली राजनीतिमा देखिएको नेतृत्वविहीन, गतिहीन र दिशाहीन अवस्थाले देखायो । बिपी के रहेछ भन्ने कुरा नेपाली साहित्यमा हाल देखा परेको मनोवैज्ञानिक एवम् शिष्ट यौन विश्लेषणात्मक दुर्बलताले सिद्ध ग¥यो । र, बिपीको महानता उनको लेखनीमा देखिएको महनीय, कमनीय, रसात्मक, चित्रात्मक, सुवासता र प्राञ्जलताले परिलक्षित ग¥यो ।
बिपीबारे मेरो बालवयमा परेको प्रभाव अनौठो छ । बिपीको नाम मैले ५ वर्षको उमरेमा सुनेको हु“— ‘कोइरालो प्रधानमन्त्री भयो’ भनेर । त्यसबेला म मेरो मामाघरमा बसेर बाह्रखरी अक्षर सिक्दै थिए“ । मेरा मामा गाउ“का मुखिया हुनुहुन्थ्यो । उहा“स“ग रेडियो पनि थियो । रेडियोले भनेका कुरा गाउ“लेलाई सुनाउ“दा मैले पनि सुनेको थिए“ । गाउ“मा अचार खाने कोइरालाको रुख देखेको मानिस, कोइरालो प्रधानमन्त्री भयोभन्दा मेरो मनमा खुल्दुली जागेको थियो— कस्तो होला, त्यो कोइरालो भन्ने मानिस ? तर, मैले मामास“ग सोध्ने आ“ट गरिन“ ।
डेढ वर्ष बित्न नपाउ“दै गाउ“भरि हल्ला फि“जियो — ‘कोइरालो आफै राजा हुन खोज्यो’ भनेर राजा महेन्द्रले थुनिदिए रे π मलाई अलिअलि सम्झना छ— महेन्द्रले चालेको कदमको विरोध गर्नेहरू गाउ“मा थुप्रै समातिएका थिए । त्यतिबेला मैले राजनीति बुझेको थिइन“ । राजा हुनै खोजेको हो भने त कोइरालो भन्ने मानिस ठीक भएन । यस्तै लाग्थ्यो मनमा । मैले पञ्चायती व्यवस्था र गाउ“ फर्कको कुरा पनि सुनेको थिए“ । गाउ“मा दुई÷चार अक्षर पढेलेखेका टाठाबाठाहरू पञ्च भलादमी भएको पनि देखेको थिए“ ।
२०२६÷२७ सालतिर उच्चशिक्षा अध्ययन गर्न इन्डियातिर लागेको बेला बनारसको सारनाथमा मैले सर्वप्रथम बिपीलाई भेटेको थिए“ । दुई÷चारपटकको बसाउठीमा बिपीबाट व्यक्त भएका विचारहरूले म प्रभावित भएको थिए“ । अनि मात्र बुझेको थिए“— बिपी प्रजातन्त्रको लडाइ“मा लागेका रहेछन्, जनतालाई दासताबाट मुक्ति दिलाउन कम्मर कसेर अगाडि बढेका रहेछन्, उनका प्रजातान्त्रिक विचार र दर्शनहरू अपाच्य भएपछि महेन्द्रले त्यस्तो कठोर र अप्रजातान्त्रिक कदम चालेका रहेछन् भन्ने कुरा । मेरो उच्चशिक्षा अध्ययन बनारसमा नभई ऋषिकेशमा हुने गरेको थियो । केही दिनको बसाउठीपछि म बिपीको सन्निकटताबाट बिल्कुल अलग भएको थिए“ । यसपछि बिपीस“ग मेरो भेट एकैचोटि २०३३ सालमा काठमाडौंमा भएको थियो ।
संयोग यस्तो परेको थियो — म पनि जागिर खाने सिलसिलामा त्यसै वर्ष काठमाडौं छिरेको थिए“ र बिपी पनि राष्ट्रिय मेलमिलापको नीति लिएर त्यसै वर्ष बनारसबाट नेपाल आउनुभएको थियो ।
चार÷पा“चजना अनुयायीसहित पशुपतितिरबाट मित्रपार्कस्थित निवासतर्फ फर्कने क्रममा बाटोमा भेट भएको थियो मेरो । त्यसबेला बिपीले मेरो अनुहार चिनेको मात्र होइन, नामै उच्चारण गरेको सुन्दा म भावातिरेक खुशी पनि भएको थिए“ र आश्चर्यान्वित पनि भएको थिए“ । कस्तो संस्मरणशक्ति थियो त बिपीको ?
त्यसपछिका दिनहरू बिपीका लागि अत्यन्त कष्टकर सावित भएका थिए । उहा“ घा“टीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । त्यसबेला मैले मित्रपार्कमा मुश्किलले तीन÷चारपटक भेटे“ हु“ला । २०३६ सालमा मैले टु“डीखेलमा जनमतसङ्ग्रहको भाषण सुने“ र जनमतको भावना स्वीकार गर्नुको तात्त्विक अर्थ पनि बुझे“ । त्यसपछि भने मेरो बिपीस“ग भेट भएन नै भन्दा पनि हुन्छ । जीवनका पछिल्ला दिनहरूमा म गएको थिए“— उहा“को निवास मित्रपार्कमा, तर स्वास्थ्यस्थिति ज्यादै गम्भीर भएको कारण भेट्ने अवसर मिलेन । अनि त उहा“को महाप्रस्थानमा मात्र सहभागी भए“— मित्रपार्कदेखि आर्यघाटसम्म ।
वास्तवमा बिपी एउटा सफल साहित्यकार र असल राजनीतिज्ञ हुनुहुन्थ्यो । हो, उहा“ सामाजिक आदर्शाेन्मुख यथार्थवादी धारालाई मोडेर यौन मनोवैज्ञानिक धाराको थालनी गर्ने विशिष्ट साहित्यकार हुनुहुन्थ्यो भने राजनीतिमा प्रजातान्त्रिक समाजवादलाई अगाडि सारेर समाजलाई पू“जीवाद र साम्यवादको मध्यबिन्दुमा हि“डाउन चाहने युगनेता । उहा“को लेखनशिल्प भनेको यौनसम्बन्धी सूक्ष्म विश्लेषण, सार्वभौम चरित्र–चित्रण, दास मनोवृत्तिको प्रकटीकरण, आर्थिक बाध्यता र सामन्ती संस्कारको विरोध नै थियो ।
जीवनमा आइपरेका विभिन्न बाधा–व्यवधान र अड्चनका बाबजुद पनि बिपीले आफ्नो सिद्धान्तलाई परित्याग गर्नुभएन । राजनीतिक क्षेत्रमा जसरी नेपालको मात्र नभएर विश्वकै सशक्त एवम् दार्शनिक नेताका रूपमा चिनिनुभयो, त्यसैगरी साहित्यमा पनि उहा“को बेजोड कलम चल्यो । उहा“ अल्पकालीन अवस्थामा एकदेशीय वा क्षेत्रीय साहित्यकार नभएर सर्वकालिक एवम् युगीन साहित्यकारका रूपमा चिनिनुभयो । यसरी उहा“द्वारा लिखित साहित्य देश, काल र परिस्थिति सुहाउ“दा छन् ।
वि.सं. १९७१ मा बनारसमा जन्मेर विराटनगरमा स्थायी बसोवास भएका बिपीले काशी हिन्दू विश्वविद्यालयबाट बीए, बीएल गरी कलकत्तामा एमएको अध्ययन पनि गर्नुभएको थियो । उहा“ले बाल्यकालदेखि नै आफ्नो जीवनलाई साहित्यमा लगाउनुभयो । उहा“को बाल्यावस्था हिन्दुस्तानमा नै बितेकाले सर्वप्रथम उहा“ले हिन्दी भाषामा गद्यात्मक कविता लेख्नुभयो । त्यसपछि उहा“को कलम कथाविधामा पनि चल्न थाल्यो । उहा“का केही कथाहरू प्रेमचन्दको सम्पादकत्वमा निस्कने ‘हंस’मा प्रकाशित भए । यसैगरी अरू पनि धेरै कथाहरू इलाहवादको ‘भविष्य’, कलकत्ताको ‘विशाल भारत’, इन्दोरको ‘वीणा’ र पटनाको ‘हिमालय’ आदि पत्रपत्रिकाहरूमा प्रकाशित भए ।
नेपाली भाषामा उहा“को साहित्यिक जीवनको शुरुआत ‘शारदा’ (१९९२) बाट भयो । त्यस पत्रिकामा प्रकाशित ‘चन्द्रवदन’ कथा वात्सायनीय वा आचार्य कोकीय यौन मनोविज्ञानमा आधारित प्रथम मौलिक कथा हो । त्यसपछि उहा“का कथाहरू ‘कथा कुसुम’लगायत विभिन्न पत्रपत्रिकामा प्रकाशित भए ।
हालसम्म प्रकाशित बिपीका कृतिहरूमा — दोषी चश्मा (कथासङ्ग्रह) २००६, श्वेतभैरवी (कथासङ्ग्रह) २०३९, तीन घुम्ती (उपन्यास) २०२५, मोदिआइन (उपन्यास) २०३६ (तीन दिनमा लेखिएको), सुम्निमा (उपन्यास) २०५७, नरेन्द्र दाइ (उपन्यास) २०२७, हिटलर र यहुदी (उपन्यास) २०४२, बाबु आमा र छोरा (उपन्यास) २०४५, रहेका छन् । यसैगरी आत्मसंस्मरणहरूमा आफ्नो कथा (आत्मकथा) २०४०, जेल जर्नल २०५४, आत्मवृत्तान्त २०५५ र फेरि सुन्दरीजल २०६३ प्रकाशित छन् । सुन्दरीजल, बिपीले राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते भारतबाट नेपाल फर्किंदा विमानस्थलबाटै गिरफ्तार गरी पुनः सुन्दरीजल बन्दीगृहमा कोचि“दा लेखिएको कृति हो, जसलाई अघिल्लो आठवर्षे जेलजीवनमा लेखिएको जेल जर्नलको दोस्रो भाग पनि भन्ने गरिन्छ । यसबाहेक हरिप्रसाद शर्माको सम्पादकत्वमा २०५९ सालमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कविता’ र जीवनचन्द्र कोइरालाको सम्पादकत्वमा २०४९ मा ‘बिपीका कविता ः सम्झना कविता’ प्रकाशित भएका छन् भने जीवनचन्द्रकै सम्पादनमा ‘बिपी कोइरालाका छरिएका सामग्री’ पनि प्रकाशित भएको छ । उनका बारेमा लेखिएका र उनको दर्शनमाथि टेकेर लेखिएका दर्जनौं कृति हामीले पढ्दै आएका छौं ।
यसरी कृतिका रूपमा सर्वप्रथम विभिन्न १६ कथाको स“गालो वि.सं. २००६ सालमा ‘दोषी चश्मा’का रूपमा प्रकाशित भएको हो, जुन स“गालोले नेपाली साहित्यमा एउटा नया“ प्रयोग र नया“ धारणालाई प्रवेश गरायो ।
‘दोषी चश्मा’— कथासङ्ग्रहमा एकातिर जहानिया“ राणाशासनमा प्रचलित चाकरी र चाप्लुसीको सजीव चित्रण गर्न खोजिएको छ भने अर्कोतिर मानिसका मनोग्रन्थीहरूलाई प्रस्ट्याउन खोजिएको छ । मनोविश्लेषणवादी कथाकार भएकाले बिपीले यस सङ्ग्रहमा मात्र होइन कि अधिकांश कृतिमा मानिसका यौनकुण्ठा, यौन अतृप्ति र विसङ्गतिलाई प्रस्ट्याएर नेपाली साहित्यमा एउटा नया“ आयाम थप्ने काम गरेका छन् । यस अर्थमा उनी पूर्वीय दर्शनका विद्वान् वात्सायनको कामसूत्र र आचार्य कोकको कोकशास्त्रबाट प्रभावित छन् वा पाश्चात्य जगत्का विद्वान् फ्रायडबाट प्रभावित छन् भन्न सकिन्छ ।
‘श्वेतभैरवी’— कथासङ्ग्रहमा विभिन्न चार कथा— सान्नानी, राइटरबाजे, एकरात र श्वेतभैरवी सङ्ग्रहित छन् । यी कथाका स्रष्टा श्री कोइराला सात्र्र, कामु र काफ्काजस्ता दार्शनिकका दर्शनशास्त्रहरूबाट प्रभावित भएको कुरा स्पष्ट उल्लेख गर्न सकिन्छ ।
यसैगरी बिपीलाई उपन्यासकारका रूपमा हेर्दा उनी एक दिग्गज साहित्यकार देखा पर्छन् । उनका तीनघुम्ती, मोदिआइनजस्ता उपन्यास हिन्दी, बङ्गाली र अङ्ग्रेजी भाषामा पनि अनुदित भइसकेका छन् ।
‘तीन घुम्ती’— उपन्यासकी पात्र इन्द्रमायाले गरेका तीनओटै साहसी निर्णयलाई पाठकले स्वागत गरेका छन् । जुन पात्रले बाबुआमाको इच्छाविपरीत पीताम्बरस“ग वैवाहिक सम्बन्ध कायम गर्ने विचार गरेर ठूलो विद्रोह गरेकी छ । लोग्ने जेल पर्दा आफ्नो यौनपीडा वा यौन असन्तुष्टिलाई तृप्ति गर्न उसले रमेशस“ग यौनसम्बन्ध कायम गर्छे र छोरी पनि जन्माउ“छे । शारीरिक कामवासनाको तृप्ति जैविक आवश्यकताअनुरूप गर्दा पाप लाग्दैन भन्ने उसको विचार छ । लोग्ने जेलमुक्त भएपछि अस्थायी रूपमा ग्रहण गरेको त्यो यौनतृप्तिलाई परित्याग गरेर लोग्नेको आश्रयमा आउ“छे । तर, लोग्नेले स्वीकार नगरेपछि छोरी लिएर ऊ अलग्गिन्छे ।
‘मोदिआइन’ — जो महाभारतजस्तो विशाल कथावस्तुलाई छोटो उपन्यासमा समेटेर बिपीले एक कुशल प्रतिभाको परिचय दिएका छन् । मोदिआइनले अन्य उपन्यासको तुलनामा बेग्लै विषयवस्तु अवलम्बन गरेको छ । ‘बाबु π तिमी ठूलो मान्छे होइन, असल मान्छे बन्नू’ भन्ने सन्देश यस उपन्यासबाट पाइन्छ । अन्य उपन्यासको तुलनामा बेग्लै कथावस्तु दिई मौलिकता हासिल गर्न सक्नु यसको विशेषता हो ।
‘सुम्निमा’— उपन्यासले परम्परागत रूपमा जकडिएर रहेका सांस्कृतिक मूल्य र मान्यताहरूलाई भताभुङ्ग पारिदिएको छ । दुई भिन्न संस्कृतिमा हुर्केका स्त्री–पुरुषको मिलन गराएर अर्थात् अध्यात्म र भौतिकतालाई समन्वयात्मक रूपमा पहिचान गराएर बिपीले अत्यन्तै उत्साही काम गरेका छन् । आफ्नो धर्म र सांस्कृतिक परम्परामा विश्वास गर्ने सोमदत्त र उसकी पत्नी पुलोमाको दाम्पत्य जीवन शुष्क एवम् निरस हुन्छ । यसै यौनको अतृप्त र असन्तुष्टिबाट सोमदत्त भिल्ल कन्या सुम्निमाप्रति आकर्षित हुन्छ भने पुलोमा पनि त्यसै अतृप्तिका कारणबाट बाल्यकालको साथी भिल्ल युवकप्रति आकृष्ट हुन्छे । आखिर भिल्ल युवकको सम्झनामा डुबेकी, यौन असन्तुष्टिले छटपटिएकी पुलोमाको देहमाथि सुम्निमाको उन्मादयुक्त शरीरबाट मदहोस भएको सोमदत्त होमिएर दमित र कुण्ठित यौनको पूर्ण सन्तुष्टि लिन्छ ।
‘नरेन्द्र दाइ’— उपन्यासमा पनि पारस्परिक मूल्य र मान्यताको स्पष्ट अभिव्यक्ति दिन खोजिएको छ । नरेन्द्रको मन, पत्नी र प्रेमिकाबीचको अन्तद्र्वन्द्वले विभाजित छ । प्रेमिका (मुनरिया)ले नरेन्द्रको स्नेही बाहुपासमा बा“धिएर जीवन सार्थक गराउन चाहन्छे । प्रेमको सार्थकता र सफलता नै यौनको चरमानन्द हो र यही नै मुक्ति र मोक्षको बाटो पनि हो भन्ने उसको धारणा छ ।
‘हिटलर र यहुदी’—मा भारतको मुम्बईदेखि युरोपसम्मको जहाज यात्रानुभवलाई अभिव्यक्त गरिएको छ । यस उपन्यासमा यहुदीहरूप्रति सहानुभूति प्रकट गरिएको छ भने तानाशाही हिटलरलाई घृणाको दृष्टिले हेरिएको छ ।
‘बाबु, आमा र छोरा’—को कथावस्तु सामाजिक समस्याको सेरोफेरोमा सिर्जिएको छ । साथै, यौन एवम् मनोविश्लेषणलाई पनि प्रस्ट्याउने प्रयास गरिएको छ । दुई पत्नीको शारीरिक सहवासमा कथाको नायक रमाएको छ । यसरी बाबु, आमा र छोराको त्रिकोणात्मक प्रेम सम्बन्धलाई मनोविश्लेषणात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ ।
जसरी बाल्यावस्थादेखि नै बिपीको झुकाव साहित्यमा रह“दै गयो, त्यसैगरी राजनीतिक क्षेत्रमा पनि बिपीको संलग्नता उत्तिकै रह्यो । यसरी साहित्य र राजनीति बिपीको जीवनमा रथका दुई पाङ्ग्राजस्तै समानुपातिक र समानान्तर भएर एकसाथ अगाडि बढे । नेपाली काङ्ग्रेसका निम्ति बिपी एक मस्तिष्क थिए । अर्थात् संस्थापक सदस्यका रूपमा रह“दै आएका बिपी नेपाली काङ्ग्रेसका एक मार्गदर्शक तथा दूरदर्शी राजनीतिज्ञ थिए, जसको अभावमा पार्टी दिशाविहीन भई विखण्डित हुन सक्थ्यो । यसैगरी उनले अपनाएको समाजवादलाई नेपाली काङ्ग्रेसको मुटुका रूपमा लिन सकिन्छ, जसको अभावमा पार्टी प्राणविहीन भई ढल्न सक्थ्यो । यस अर्थमा बिपीलाई हामी एक युगपुरुष र युगनेताका रूपमा लिन सक्छौं ।
वि.सं. २००४ सालदेखि बिपी कोइराला सक्रिय रूपले राजनीतिमा संलग्न भए । २००७ सालको क्रान्तिपश्चात् आएको प्रजातान्त्रिक कालमा गृहमन्त्री र २०१५ सालको आमनिर्वाचनपछि देशको प्रधानमन्त्रीसमेत हुन पुगेका बिपी २०१७ सालको प्रजातान्त्रिक हत्यापछि जेल कोचिए । साहित्यप्रति प्रशस्त चाख हु“दाहु“दै पनि राजनीतिक व्यस्तताले गर्दा २००४ सालदेखि कथा लेख्न नपाएका बिपीले सुन्दरीजल बन्दीगृहमा रह“दा तीन घुम्ती, नरेन्द्र दाइ र सुम्निमा उपन्यासका साथै श्वेतभैरवीलगायत आत्मकथाका केही भाग र केही कथा पनि लेखे ।
बिपी एउटा असल कवि पनि थिए भन्ने कुरा ‘विश्वेश्वरका कविता’ कवितासङ्ग्रहबाट स्पष्ट हुन्छ । यसैगरी उनको जेलजीवनको इतिवृत्त जेल जर्नलबाट र आत्मानुुभूतिका कथाव्यथाहरू आत्मवृत्तान्त र आत्मकथाबाट अनि २०३३ पछिको जीवनकथा फेरि सुन्दरीजल हेरेपछि छर्लङ्ग हुन्छ ।
यसरी बिपीलाई केवल साहित्यकारका रूपमा मात्र हेर्ने हो भने पनि उनी नेपाली साहित्याकाशमा कहिल्यै नअस्ताउने नक्षत्र हुन् भन्दा अतिशयोक्ति हु“दैन । तथापि उनले साहित्यिक जीवनमा साहित्यिक पत्रकार सङ्घले २०३८ को श्रीपञ्चमीमा गरेको अभिनन्दनबाहेक अन्य कुनै सम्मान वा पुरस्कार पाएनन् । उनले रोपेका रुखबिरुवाहरूसमेत उखेल्नेसम्मको कुकृत्य हुने गरेको तत्कालीन पञ्चायती व्यवस्थाको जगजगीमा व्यवस्थाविरुद्ध क्रान्ति छेडिरहेका विश्वेश्वरलाई सम्मान वा पुरस्कार दिन कसले आ“ट गर्ने ?
बिपी स्वयम्ले पुरस्कार वा सम्मान पाउन नसके पनि २०४६ को परिवर्तनपछि विश्वेश्वरप्रसाद कोइरालाको नाममा रू. २ लाख राशिको बिपी शताब्दी पुरस्कार स्थापना गरियो, तर वितरण हुन सकेन । त्यसको लगत्तै पछि बिपीकै नाममा रू. १ लाख राशिको जननायक बिपी कोइराला पत्रकारिता पुरस्कार स्थापना गरियो । त्यो पुरस्कार एकपटक दुर्गा बराल (वात्स्यायन)लाई प्रदान गरियो । त्यसपछि त्यो पनि बन्द भयो । तत्पश्चात् नेपाल–भारत फाउन्डेसनले पनि रू. १ लाख भारूको पुरस्कार दिने घोषणा ग¥यो, त्यो पनि कार्यान्वयन नभई त्यसै सेलायो । बिपीशताब्दी वर्ष मनाउन लागिएको यस अवसरमा उनको नाममा सम्झनलायक ठोस काम भइदिए हुन्थ्यो र पुरस्कारले पनि स्थायित्व पाए हुन्थ्यो, जुन कुराको चाहना राख्नु असान्दर्भिक पनि लाग्दैन ।
सङ्क्षेपमा भन्नुपर्दा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला मनोवैज्ञानिक एवम् मनोविश्लेषणवादी कथाकार हुन् । उनले मानवका चेतन, अर्धचेतन तथा अवचेतन मनका भावलाई पहिल्याई कथा साहित्यमा एउटा नवीन आयामको सृजना गरेका छन् । उनका प्रायः सबैजसो कथा एवकम् उपन्यासहरू युग्मेच्छा, रतिराग, कामसमस्या, सहानुभूति, सख्य, आर्थिक, वैसम्य, प्रणय आदि पक्षको सेरोफेरोमा पर्छन् । कुनै समस्याको उद्घाटन गर्दा उनले कथालाई दुर्बाेध्य बनाउ“दैनन्, बरु मनस्तात्त्विक भाव, सरल भनाइ र सरल भाषा प्रयोग गरेर पाठकहरूको मन जित्न सफल भएका छन् ।
कोइरालाको अर्काे विशेषता हो— व्यङ्ग्य । उनका अधिकांश रचनामा व्यङ्ग्य पाइन्छ । अनि करुणा रसाइदिने पाइन र शिक्षा दिने प्रवृत्ति पनि । चेखव, मोपासा“, फ्रायड आदि विदेशी विद्वान्स“ग प्रभावित भएर पनि उनका रचनामा पुरापुर नेपालीपन र मौलिकता पाइन्छ, एकदमै चोखो मौलिकता ।
बिपीको तेस्रो विशेषता हो— निस्वार्थता । उनले लेखक बन्ने र नाम कहलाउने विचारले कहिल्यै लेखेनन् । जेजति लेखे— शोषण र दमनको विरोधमा लेखे । अनि लेखे— समाजमा नया“ जागृति ल्याउने विचारले ।
उनमा रहेको सबैभन्दा ठूलो विशेषता के भने उनले जेजति साहित्य सृजना गरे, ती सबै रचना देश, काल र परिस्थितिको सा“घुरो घेराबाट अलग्गिएर सृजना गरे । उनका पात्रले जस्तोसुकै कपडा लगाए पनि जस्तोसुकै ठाउ“मा बसे पनि ती सबै विश्वको कुनासम्म समान रूपले सत्य सावित हुन्छन् । उनका रचनाहरूले मानवीय मर्यादालाई ख्याल राख्छन् । मानववादको वकालत गर्छन् र सबै मित्रजनमाथि सजिला र रसिला गफ गरेर रसामृत बर्साउ“छन् ।
समष्टिमा भन्ने हो भने यौन मनोविज्ञानलाई नेपाली साहित्यमा भिœयाएर शिष्ट र मर्यादित ढङ्गले मानिसका दमित यौनग्रन्थीहरूलाई प्रकटीकरण गर्न सक्नु विश्वेश्वरको महान् कुशलता हो भनी स्वीकार्नुपर्छ । उनका विशिष्ट गुणहरूको व्याख्या र विवेचना नेपाली साहित्य जगत्मा कालान्तरसम्म हु“दै जानेछ । बिपीबारे आद्योपान्त बुझ्न बिपीद्वारा रचित पुस्तकहरू पढ्नुपर्छ, बिपीका समकालीन वा बिपीस“ग सङ्गत भएका अनुजहरूलाई भेट्नुपर्छ, प्रकाशनमा नआएका बिपीका अभिलेखहरू खोजअनुसन्धान गरी सार्वजनिक गरिनुपर्छ र यो काम बिपी शतवार्षिकीकै अवसरमा सम्पन्न हुनुपर्छ । तब मात्र बिपीका अवशिष्ट गुणहरूको पुनरवलोकन हुनेछ ।
बिपीका बारेमा यति भनिसकेपछि निचोडमा के निष्कर्ष निकाल्न सकिन्छ भने— बिपी नेपाली माटोमा जन्मेको एउटा महापुरुष हो, आदर्शपुरुष हो, आधारपुरुष हो, युगपुरुष हो र शताब्दीपुरुष त हु“दै हो । बिपी शताब्दीवर्षको यस उपलक्ष्यमा मेरो हृदयमा बसेका ती आस्थापुरुषलाई कोटी कोटी नमन ।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button