समाचार
प्रदेश नंवर २ मा नरेन्द्र मोदीको १ अर्ब सहयोग गर्ने घोषणा
२८ वैशाख, जनकपुरधाम । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १ अर्ब नेपाली रुपैैँया सहायता दिने घोषणा गरेका छन ।
शुक्रबार जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मोदीले सहयोग घोषणा गरेका हुन् । उनका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले समन्वय गरेर परियोजना छनोट गर्ने उल्लेख गरे ।
साथै जनकपुरलाई रामायण सर्किटमा समावेश गर्ने दिशामा आफूहरु रहेको रहेको बताए । उनले जहाँजहाँ रामसीताको पाइला पुगेको छ त्यहाँसम्म पर्यटन विकास गर्नको लागि रामायण सर्किटको निर्माण गर्ने जनाए ।
