अन्तर्वार्तानेपाली कांग्रेसविचार

बिपी : विचार र व्यवहार

बुधबार, ०२ साउन २०७५, १० : १० |

10

नेपाली राजनीतिका आधुनिक भाष्यकार बिपी कोइरालाको पार्थिव अवशान भएको ३६ वर्ष पुगेको छ । तर उनले नेपालका सन्दर्भमा गरेको राजनीतिक भाष्यको सान्दर्भिकता थपिँदै गएको छ । कतिपयलाई बिपीको टिप्पणी गरेको देख्नासाथ कांग्रेसजस्तो भान पर्छ तर बिपी नेपाली राजनीतिक विचारको महासमुद्रमा सर्वमान्य भएका अवस्था छ । उनलाई अराष्ट्रिय तत्व भनेर निरन्तर प्रहार गर्ने पुराना दरवारिया, पञ्च र तत्कालीन मण्डलेसमेतले आफूलाई उनको उत्तराधिकारी दाबी गरिरहेका छन् । २००७ देखि विदेशी दलाल घोषणा गर्दै राजनीतिक रथ हाँकिरहेका नेपालका साम्यवादीले पनि बिपीलाई आदर्श मानेकोबताइरहेका छन् । आजभोलि पुष्पकमल दाहाल र कमल थापाबाटप्रकट हुने विचार यसका प्रमाण हुन्।

यो पंक्तिकार कुनै दलको सदस्य छैन । यसैलेदलबारे टिप्पणी गर्नुपर्दा कसैको पक्षपोषण गरिरहनुपर्दैन । तर दलका नेताको योगदान, उनीहरूका विचार, राजनीतिक दलको इतिहास, उसले लिएका आदर्श, सिद्धान्त, कार्यक्रम र रणनीति उल्लेख गर्नुपर्दा भने विवेक गुमाउनुहुँदैन ।पंक्तिकार नागरिकको स्वतन्त्र,सर्वोच्च सार्वभौमसत्ताको पक्षपाती हो । त्यसैले नागरिक स्वतन्त्रतााथि हुने आक्रमणस्वीकार्य हुँदैन ।जसले विगतमा नागरिकको स्वतन्त्र सर्वोच्च सार्वभौमिकता स्थापित गर्न योगदान दिए तिनको निरन्तर प्रशंसा गर्न पनि चुक्दैन । इतिहास र प्रयोगको धरातललाई पूर्वाग्रहको चश्माले हेरियो भने त्यो गलतमात्र हुँदैन, विवेकबिहीन पनि हुन्छ।

साम्यवादी नेतृत्वको सरकार पाँच महिना नपुग्दै मानव अधिकारका मूल्यप्रति निरपेक्ष हुँदै गएको देखिन्छ भने नागरिकलाई एक्लो देख्ने रोगबाटग्रस्त हुँदैछ।

वि.सं.२००७, २०४६, २०६३ का आन्दोलनको नायकत्व नेपाली कांग्रेसले गरेको र २०७२ मा नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी भयो भन्नु भ्रम हुन्छ र ? यसलाई उल्लेख गर्नुको अर्थ कांग्रेसको सदस्य भन्नेप्रमाणित हुन्छ? यिनको उत्तरमा भन्न सकिन्छ– भ्रम होइन र प्रमाणित पनि हुँदैन । जसले परिवर्तनको नायकत्व गर्दै अभिव्यक्तिस्वतन्त्रताको ढोका खोल्यो, उसैलाई धारेहात लगाएर सराप्ने प्रचलन अविकसित समाजकोे यथार्थता हो । हामी पनि यसबाटमुक्त छैनौँ । मेरो लेखबारे प्रतिक्रिया दिनेलेमलाई कांग्रेसको कार्यकर्ता बुझेका देख्दा अचम्म लाग्दैन किनकि मानिस आफ्नो सूचनाको सीमा र ज्ञानको आकारभन्दा पर जान सक्दैन ।लोकतन्त्रको अवधारणासँग असहमतहरूदेखि नेपाली कांग्रेसको नामै सुन्न नचाहने र लोकतान्त्रिक नायकहरूको पहिलो अक्षरसमेत सुन्न नचाहनेका लागि शायद पृथक विचारले पीडा थोपर्छ।

नेपाली कांग्रेसले परिवर्तनको नायकत्व गरे पनि त्यसको उचित व्यवस्थापन गर्ने कला उसमा भएन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र समाजको मनोविज्ञान त्यसको नेतृत्वले बुझ्न सकेन । नेपाली कांग्रेस, यसका नेता र सदस्यलोकतन्त्रवादी भए तर उनीहरूलोकतान्त्रिक आचरण र संस्कृति निर्माण गर्न असफल भएकै हुन् । समयसमयमा कतिपय नीति निर्माण र अन्तर्राष्ट्रिय सम्बन्धमा नेपाली कांग्रेस रणनीतिकरूपले चुकेको देखिन्छ । २००७ को परिवर्तनपछि २०७५ सम्मयसले २०१६ र २०१७ सालको १८ महिनासमेत १६ वर्ष शासनको अवसर पायो । २०६३ पछिको परिवर्तनपछि पनि३ वर्ष यस्तो अवसर पायो । बिपीको नेतृत्वको सरकारले बसाएको परिवर्तन र विकासको जगमा आजको आधुनिक नेपालका तला थपिँदै छन् । यस्तो इतिहाससिद्ध र प्रमाणित विषय उल्लेख गर्न कांग्रेसको सदस्य भइरहनु पर्दैन।

साम्यवादी नेतृत्वको सरकार पाँच महिना नपुग्दै मानव अधिकारका मूल्यप्रति निरपेक्ष हुँदै गएको देखिन्छ भने नागरिकलाई एक्लो देख्ने रोगबाटग्रस्त हुँदैछ।

यो पंक्तिकार यसबेला कांग्रेससँगको सम्बन्धबारे केही स्पष्ट गर्नु उपयुक्त ठान्छ । २०३१ सालमा ९ कक्षा पढ्दा नेपाल विद्यार्थी संघको सदस्यता लिएँ । २०३६ को जनमत संग्रहमा बहुदलको पक्षमा प्रचार गर्न जाँदा नेपाली कांग्रेसको सदस्यता लिएँ । त्यसबेला निर्दल÷बहुदल एकै हो, जनमत संग्रह धोका हो भन्दै आजको नेकपा र तत्कालीन माले र मसाल गाउँगाउँमा कांग्रेसलाई पिट्दै, तर्साउँदै हिँड्थे ।प्रकारान्तरले उनीहरू निर्दलीय सत्तालाई सहयोग गरिरहेका थिए । उनीहरूको आतंकको सामना गर्दै हामी बहुदलका पक्षमा अहोरात्र कुदिरह्यौँ। तर बलात् बहुदल पक्षलाई कमजोर सिद्ध गर्ने काम तत्कालीन सत्ताले ग-यो । २०४१ देखि २०५६ सालसम्म कांग्रेसको केन्द्रीय प्रचार समिति र प्रचारविभागको सदस्य भएँ । वि.सं.२०५९ मा कांग्रेस विभाजन भएपछि सदस्यता नवीकरण गरिन। २०६४ मा कांग्रेस एकीकरण भए पनिमैले सदस्यता लिइन ।त्यसैले स्वतन्त्रता, मानव अधिकार र सामाजिक न्यायका पक्षमा निरन्तर कलम चलाइरहने छु ।
हिंसात्मक आन्दोलनमा मलाई विश्वास छैन । लोकतन्त्रको विकल्प लोकतन्त्रबाहेक केही छैन भन्ने मेरो बुझाइ छ ।लोकतन्त्रका पक्षमा उभिने कांग्रेसबाहेक कोही पनि हुँदैन भन्ठान्ने हो भने मलाई प्रतिबद्ध कांग्रेस भनेर बुझ्नेहरूले गल्ती गरेका छैनन् । लोकतन्त्रको सैद्धान्तिक विकल्प खोज्ने र यसका मूल्यमाथि प्रहार गर्ने शक्ति,आचरण र घटना उजागर गर्नु लेखकीय धर्म हो भन्ने मेरो मान्यता छ । यसलाई अस्वीकार गर्नेहरूले मेराबारे जे सोचे पनि फरक पर्दैन। बिपीले निरन्तर सिकाएको पाठ के हो भने असहमतिको अधिकारको सम्मान र रक्षा । म असहमति राख्छु र असहमति राख्ने जसकसैको अधिकारको रक्षाहेतु कलम चलाइरहने छु।

२०३९ साउन ६ मा बिपीको पार्थिव अवशान भयो । यसबाट नेपाली लोकतान्त्रिक आन्दोलनको गन्तव्य भताभुंग हुन्छ भन्ने धेरै थिए । तर गणेशमान सिंह,कृष्णप्रसादभट्टराई र गिरिजाप्रसाद कोइरालाले आन्दोलन मर्न वा कमजोर हुन दिएनन् ।वामपन्थी आन्दोलनका शीर्ष मनमोहन अधिकारी, तुलसीलाल अमात्य, सहाना प्रधानहरूको समवेत योगदानको स्मरण यससँगै गर्नुपर्ने हुन्छ । उनीहरूले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक र विचारक पुष्पलालको पथमा आफूलाई निरन्तर राखेकाले लोकतान्त्रिक आन्दोलनसँग वामपन्थी धार (परिष्कृत माक्र्सवादी साम्यवादी धार)लाई सहकार्यमा जोड्न पुगे । नेपाली कांग्रेसको नेतृत्व र व्यवहारवादी वामपन्थीधारले समयको माग र चाप संयोजन गर्दै आजको अवस्थामा राजनीति पुगेको छ।

२००७ देखि विदेशी दलाल घोषणा गर्दै राजनीतिक रथ हाँकिरहेका नेपालका साम्यवादीले पनि बिपीलाई आदर्श मानेकोबताइरहेका छन्। आजभोलि पुष्पकमल दाहाल र कमल थापाबाटप्रकट हुने विचार यसका प्रमाण हुन्।

बिपीले प्रयोग गरेका राजनीति यथावत् भए पनि अहिले उनले अवलम्बन गरेका रणनीतिमा आकाश–जमिन अन्तर छ । उनको बेला राजतन्त्र थियो । राजा एक पक्ष र शक्ति थिए । त्यसैका आधारमा बिपीले राष्ट्रिय राजनीतिका विचार प्रक्षेपण गरे भने साम्यवादी विचार र सत्ताको निर्यातक महाशक्ति राष्ट्र सोभियत संघको रणनीतिका आधारमा उनले अन्तर्राष्ट्रिय राजनीतिको विश्लेषण गरे । अहिले सोभियत संघ विघटन भएको छ भने नेपालबाट राजसंस्था बिदा भएको छ । २५ देशमा फैलिएको साम्यवादी सत्ता ५ देशमा खुम्चिएको छ । लोकतान्त्रिक प्रणाली आत्मसात् गर्ने साम्यवादीहरूको पुनरोदयको सम्भावनालाई नेपालको राजनीतिले श्रीगणेश गरेको लाग्छ । तर साम्यवादी नेतृत्वको सरकार बन्नुको अर्थले अधिनायकवादलाई मार्ग प्रशस्त गर्दैछ भन्ने गलत चिन्तन र उत्साह साम्यवादी कार्यकर्तादेखि नेतृत्वमा पलायो भने त्यसविरुद्ध अर्को महाजनआन्दोलन अवश्यम्भावी छ।

यस सन्दर्भमा बिपीका कालजयी विचारको सानो अंश उद्धरण गर्नु उपयुक्त हुनेछ । २००८ सालमा  युगवाणीमा प्रकाशित लेखमा बिपीले नेपाली कांग्रेसका सदस्यलाई लक्षित गर्दै लेखेका छन्– सबभन्दा पहिले यो कुरा बुझ्नुपर्छ कि देशको आजकोऐतिहासिक माग के छ ? समाजमा कुनकुन शक्ति छन् र तीमध्ये देशको प्रगतिको वर्तमान अवस्थामा कुन शक्तिको बढ्ता महत्व छ ? ऐतिहासिक दृष्टिले हामीले देशको समस्या हेर्नुपर्छ । हामीमा ऐतिहासिक दृष्टिले आफ्नो देशको परिस्थिति विचार गर्ने शक्ति भएन भने समस्याको यथार्थ ज्ञान प्राप्त गर्न सक्दैनौँ । देशको प्रगतिले हामीलाई  धेरै पछाडि छाडेर अगाडि बढ्नेछ । इतिहासमा यस्ता घटना धेरै छन्, ठूलाठूला संस्थाले प्रगतिको शृंखलाको ऐतिहासिक महत्व नबुझेर समयको मागविरुद्ध काम गर्दा तिनले इतिहासका पानाबाट मेटिनुप-यो।

करिब६८ वर्षपहिले व्यक्त बिपीका यी विचार आज पनि उत्तिकै सान्दर्भिक छन् । कांग्रेस नेतृत्वकालागि जति मननीय र उपयोगी छन् त्योभन्दा बढी सरकार चलाइरहेका शक्तिका लागि अनुशीलनयोग्य छन् । सरकारको नेतृत्वमा बसेकाले समयको माग तिरस्कार गरिरहेको अनुभव सबैमा छ । समयको माग छ– मानव अधिकारका मूल्यको सम्मान गर । समयको आह्वान  छ– नागरिक कहिल्यै पनि एक्लो हुँदैन, उसको अवमूल्यन नगर। तर साम्यवादी नेतृत्वको सरकार पाँच महिना नपुग्दै मानव अधिकारका मूल्यप्रति निरपेक्ष हुँदै गएको देखिन्छ भने नागरिकलाई एक्लो देख्ने रोगबाटग्रस्त हुँदैछ ।अर्कोतर्फ बिपी विचारको अनुयायी दाबी गरिरहेको जमात देखिने कांग्रेसले बिपीले भनेजस्तो समयको माग र पदध्वनिलाई तत्काल विगतमा उपयुक्तढंगले संयोजन गर्न सकेको थिएन र नै अहिले ससाना फरकफरक टाकुरामा गोडा तेस्र्याएर अडिने प्रयास गरिरहेको छ । आज पनि कांग्रेसका नेता र सदस्यले समयको माग अनुभव गर्न सकिरहेका छैनन् । बिपीका कालजयी विचारले उनीहरूलाई आकर्षित गर्न सकेको देखिन्न । विनाशकाले विपरित बुद्धि, शायद यस्तै समय र कर्मका लागि भनिएको होला।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button