समाचार
संसदीय सुनुवाईबाट अस्विकृत न्यायाधीश दिपकराज जोशीले थपे बिदा
३ भाद्र, काठमाडौैँ÷ संसदीय सुनुवाई समितिबाट अस्विकृत भएपछि १५ दिन बिदा बसेका न्यायाधीश दीपकराज जोशीले थप ६ दिन बिदा थपेका छन् । साउन २० गतेबाट बिदामा बसेका जोशीको आइतबार बिदा सकिएसँगै थप ६ दिन बिदा लिएका हुन ।
जोशीको अनुपस्थितिमा ओमप्रकाश मिश्रले कामु प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्चमा मुद्दाको पेशी तोक्नेदेखि प्रधानन्यायाधीश उपस्थित हुनुपर्ने कार्यक्रममा सहभागी हुँदै आएका छन ।
