सदिक्षा खनाल
देशभरका पत्रकार र संचारका माध्यमहरु रुपन्देहीमा भर्खरै ३ वर्षिया अबोध बालिका बलात्कृत भएको समाचार बनाउदै बे्रकिङ न्युज भन्दै गर्दा म यो लेख लेख्दै थिए । मेरो देश संस्कृति र फरक फरक परिवेश सुसज्जीत संस्कार भएको मानविय भावनाले पुलकित स्थान भनेर चिनिन्छ, सगरमाथाको देश भन्दा आत्मा गौरवले ढक्क फुल्छ , साथै विश्वमाझ गौतम बुद्ध जन्मिएको ठाउँ लुिम्वनी ले परिचित छ यसो भन्दा न्याय र अन्याय छुट्याएर हेर्ने स्वयम्भुका दुई आखाँहरु यस देशको प्रतिक मानिन्छ । यिनै सभ्यता र संस्कृतिसंग रमाएका सारा नेपालीहरु सानी छोरीको सुरक्षा गर्न नसक्ने अवस्थामा पुगेको अनुमान लगाउन पर्दा आफैलाई अनौठो लागी रहेको छ ।
आधा आकाश ढाक्ने महिला यौन हिंसामा प्रताडित छन् भन्ने कुरा मि –टु कार्यक्रममा सहभागिता सहित एक्यबद्धता जनाई विरोध गरिरहेको समयमा चेतनाको कमि भई एउटा बालिका अबोध रुपमा दिनदाहाडै बलात्कृत हुन्छे । छोरीलाई लक्ष्मी ,सरस्वति, दुर्गा, कालीको रुपमा पुजा गर्ने नेपाली संस्कृति बलात्कारीको रुपमा परिचित हुँदै गएको छ । आफ्नै घरभित्र जन्मिएकी बालिकामाथि यौन आकांक्षा पुरा गर्ने साधनको रुपमा, कहिले काका, मामा, दाजु,भाई , छिमेकि त कहिले आफ्नै बाबुबाट शोशित र प्रताडित भएका घटना बारम्बार संचार माध्यम तथा सामाजिक संजालहरुमा देख्न र सुन्नमा आइरहन्छन् । ३ बर्षिय बालिकालाई के थाहा ? छिमेकि दाजु उ छोरी या बहिनी अवोध भएकै कारणबाट बलात्कृत भई कहिल्यै नमेटिने पिडा प्राप्त हुन्छ भन्ने , समाज यतिसम्म गिर्दाे अव्रस्थामा पुगिसकेको छ कि वास्तविक अभिभावकत्व हो या होइन भन्ने छुट्याउन समेत नसकिने समयमा कस्को माया वास्तविक हो र कस्ले स्वार्थ निवारण गर्न समय र एक्लो अवस्थाको फाइदा उठाउने दाउमा छ । यौनजन्य गतिविधि एक्लो अवस्थामा ललाइफकाई पिडित बनाउने व्यक्तिहरु कस्तो कोटिका हुन् छुट्याउन सकिदैन । या त उनमा चेतनाको कमि या शरिरभोग्य बस्तु हो भनेर अल्पज्ञानधारीहरु परेको पाइन्छ । अर्काेतर्फ पैसाले सबै किन्न पाइन्छ भन्ने विलासी समुह यौन काण्डका नायकहरुमा पर्दछन् । छोरी एक्लै घरमा, अाँगनमा, छिमेकमा, अनि बाटोमा हिड्न नसक्ने अवस्था सिर्जना गर्ने समाज कतातर्फ जादैछ ? कसको विश्वास गर्ने किन ? त्यसलाई प्रमाणित गर्नुपर्ने मापदण्डहरु के के हुन् खुट्याउन गाह्रो छ । कतै बाबु दोषी छ त कतै काका , मावली गएकि भान्जी मामाद्धारा, स्कुल गएकी छात्रा शिक्षकद्धारा , घरमा एक्लै छोडिएकी बालिका आफ्नै दाजुद्धारा बलात्कृत भएकै छन् । यसो भन्दै गर्दा सबै बाबुहरु र सबै नातेदारहरु गलत हुन्छन् भन्नु दोष पुर्ण रहनेछ तर समाजबाट अहिले निस्किएका घटनाहरुलाई केलाउदा विश्वासको आधार भत्किएको पाइन्छ ।
जन्मिएर सुन्दर संसारको परिकल्पना नहुदै त्यो संसार नै भताभुङग भएका कैयौँ छोरी, बहिनी अनि अबोध बालिकाहरुको पिडा कल्पना सम्म गर्न नसकिने स्थितिको छ । धनिले गरिवलाई ठूलाले सानालाई , बलियाले निर्धालाई गर्ने व्यवहार भन्दा फरक पिडाको अनुभूति र पलपल मरेर बाँच्नुपर्ने बलात्कृत परिस्थिति सिर्जना भएको अनुमान लगाउन सकिन्छ । समाज चेतनाको विकासमा होइन उधो गतिको गिर्दाे अवस्थामा चढ्दो छ । हरेक समय कुन बालिका कहाँ कसरी कस्तो व्यक्तिको शिकार बनेको समाचार आइपुग्छ परिकल्पना बाहिरको विषय बन्यो । हुन त कहिँ कतै शोशित र पिडित पुरुष पनि छन् । नेपाली समाज त्यति माथि पुगिसकेको अवस्था देखिदैन । तुलनात्मक रुपमा महिला तथा बालिकाको अवस्था पुरुषको भन्दा दर्दनाक रुपमा नै भेटिन्छ ।
घटनाले राष्ट्रिय रुप पाएको निर्मला पन्त काण्डका दोषी पत्ता लाग्ने छाँटकाँट अहिलेसम्म देखिदैन । सरकार नयाँ युगको शुरुवातमा छ जहाँ अबोध बालिकाको बलात्कारी पत्ता लगाउन सकिदैन त्यहाँ सामाजिक सुरक्षाको प्रत्याभूति र सबल नागरिकको परिकल्पना कसरी गर्नु………………? जहाँ राष्ट्रिय सुरक्षा ठूलालाई मात्र छ त्यहाँ अबोध बालिका स्कूले छात्रा , बाटोमा हिड्दै गरेकी युवतिले सुरक्षित महसुस गर्न सक्ने समाजको सिर्जना हुन सक्दैन । सरकार जनताको घरघरमा नाराका साथ बजेट सक्ने परियोजना तथा सस्तो लोकप्रियका नाराहरु लगाउन उदृत छ भने समाजमा दिन दहाडै छोरी बुहारीको अस्मिता लुटिएका समाचारहरु छाइरहेका छन् ।
सरसर्ती हेर्दा नबुझिएको टेक्नोलोजी स्तर भन्दा माथिका सामाजिक संजालका खबर , मनोकल्पित घटना , अल्पज्ञानका कारण घट्ने यस्ता घटनाहरु न्यूनिकरणका लागि कडा भन्दा कडा कानूनी शाशनको पालना साथै चेतनाको अभिवृद्धि युक्त शैक्षिक योजनाहरुका साथै स्तरिय समाजका अनुन्यायीहरु उत्पादन गर्न उन्मुख रहनु नै समाधानको पाटो हो । नेपाली पुर्खाको भनाई न्याय नपाए गोर्खा जानु भनेजस्तै न्यायका प्रतिमुर्तिहरु न्यायका लागि सामाजिक चेतनाका सम्बाहक बन्न सके मानवियता नभएको समाजमा ज्ञानको उर्जा थपिने थियो । शासन, व्यवस्था र संविधान लागु गर्न विदेशीको आदेश पर्खिनुपर्ने सरकार र उच्च शिक्षा हाँसिल गरी आफ्नो स्थान बनाउनका लागि राजनीतिक पार्टीको आड र भरोसा राख्नुपर्ने बौद्धिक जगतको एक्यबद्धता नै सामाजिक सुरक्षाको प्रत्याभूति सहित समाज परिवर्तनलाई राष्ट्रिय साँचोको रुपमा लिन सकिन्छ ।
सबैभन्दा पहिले मेरो देश र मेरो समाजका नारा लगाउँ, छोरी , चेली , बुहारी भगवानको रुपमा पूजा गर्ने संस्कार अनि संस्कृतिलाई फेरी एकपटक मनन गरौँ । अनि महिलाबाट मात्रै सृष्टि सम्भव छ लाई कार्यान्वयनमा पु¥याउ जहाँ छोरी बुहारी सुरक्षित हुन्छन् त्यहाँको समाज दशौँ गुणा विकसित समानको सिर्जना एवं चेतनाको सम्बाहक बनेको पाइन्छ । न्याय र विश्वासलाई एकै केन्द्रबाट हेर्ने शक्ति त्यसको सदुपयोग नीति एवं कानुनी संस्कार, संस्कृति , समाजको एउटा परिबन्धन परिस्कृत शैलीलाई नैतिकताको कडी बनाई परिस्कार गर्नु नै उत्तम समाजको बनावट भन्ने देखिन्छ ।
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता , अर्थात ः जहाँ नारीहरुको पूजा हुन्छ त्यहाँ देवताहरु रमाउछन् भन्ने मनुस्मृतिको बचनलाई अनुशरण गर्दै आएको हाम्रो स्ांस्कार, संस्कृति र परम्परा आज कता तर्फ जादै छ भन्ने कुराको आंकलन माथिका भनाइहरुबाट लगाउन सकिन्छ ।
लेखक खनाल, वीपी विचार राष्ट्रिय समाज विद्यार्थी विभागकी महासचिव हुनुहुन्छ