समाचार

नेपालले जित्यो एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि, हङकङ ६ विकेटले पराजित

 
काठमाडौं । नेपालले एसीसी युथ नाइन्टिन इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । मलेसियामा आज सम्पन्न प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । जितसंगै नेपाल युथ नाइन्टिन एसिया कपमा छनोट समेत भएको छ ।
९६ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर पुरा गरेको हो । ओपनर रित गौतमलाई १३ रनमा गुमाएको नेपालको ईनिङ्स पवन सरार्फले गरेका थिए । पवनले ३६ बलमा ५ चौका र १ छक्काको मदतले ३९ रनको योगदान दिए । खड्ग बहादुर बोहरा ८ रनमा पविलियन फर्किए । यसअघि, क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले व्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै ९५ रन बनाएको थियो । खराब सुरुवात गरेको हङकङले रनको खाता नखोल्दै महत्वपूर्ण २ विकेट गुमाएको थियो । तर, आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड्दै हङकङको इनिङ्स उकासेका थिए । रौनक कपुरले १२ रन बनाए ।
हङकङलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले किफायती बलिङ गरे । १० ओभरमा ५ मेडनसहित १८ रन खर्चेर सागरले ५ विकेट लिए । यस्तै कमल सिंह ऐरीले ३ विकेट लिए । उपाधि सहित एसिया कपमा छनोट नेपालले टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछ ।

nema
Show More

Related Articles

Back to top button