प्रधानमन्त्रीको समाचार शेयर गर्दा पक्राउ परेका विद्यार्थी नेता नछोडिए आन्दोलनमा उत्रिने काँगे्रसको चेतावनी
लम्की । राजनीतिक पुर्बाग्रही ढंगले विनाकारण ईलाका प्रहरी कार्यालय लम्की मार्फत पक्राउ गरिएका विद्यार्थी नेता हृदयराज उपाध्ययलाई तत्काल विना सर्त रिहा गर्न नेपाली कांग्रेस नगर र क्षेत्रीय कार्य समितिले माग गरेको छ । छुट्टा छुट्टै विज्ञप्ती निकाल्दै नेपाली कांग्रेस लम्कीचुहा नगरकार्य समिति, नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ र नेपाल विद्यार्थी संघले घटनाको घोर भत्र्सना गदै सरकार र प्रशासनको अलोकतान्त्रीक, पुर्बाग्रही कदम प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको नगर सभापति रामबहादुर विष्ट, क्षेत्रीय सभापति भक्तबादुर चलाउने र नेपाल विद्यार्थी संघ क्षेत्रीय अध्यक्ष अमर विष्ट द्धारा हस्ताक्षरीत विज्ञाप्तीमा जनाइएको छ ।
विज्ञाप्तीमा अगाडि भनीएको छ, ुबर्तमान कम्न्युनिष्ट सरकार दुई तिहाइको मातमा रमाई रहेको छु, जनताको जनजीविका सवालमा उदासिन हुदै गैरहेको उल्लेख गदै सरकारका गलतक्रियाकलापका कारण जनताहरुले बिभिन्न माध्याम बाट आक्रोस पोखिरहेका बताइएको छ ।
जनताको आलोचनालाई सरकारले आत्मसाथ नगरी सोझासाझा जनतालाई बिभिन्न बाहानामा पक्राउ गर्ने झुट्टा मुद्धा लगाउने गैर जिम्मेवारी पुर्ण गरीएको भन्दै आफ्नो पार्टिको गम्भीर रुपमा ध्यानाकर्षण भएको उल्लेख छ ।
