समाचारनेपाली कांग्रेस
महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न काँगे्रस नेता सिँहको सुझाव
१५ असोज, काठमाडौैँ÷ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिएका छन् । नेता सिँहले निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर भएको बताएका हुन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कानुन सबैका लागि समान भएको बताउँदै अनुसन्धानमा संलग्न प्रहरीलाई दबाव र प्रभावमा नपरी चनाखो भएर काम गर्न सुझाव दिए । महरा सभामुख पदबाट मात्र नभई सांसद पदबाट पनि हट्नुपर्ने नेता सिँहको माग छ ।
