समाचार
सांसद पार्वत गुरुङ अदालतमा हाजिर
काठमाडौँ – ज्यानमार्ने उद्योगमा किटानी जाहेरी परेपछि पक्राउ पूर्जी जारी गरिएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता पार्वत गुरुङ अदालतमा उपस्थित भएका छन् ।
नेकपाका कार्यकर्ता वीरध्वज खड्काले प्रतिनिधिसभा सांसद गुरुङसहितले आफ्नो हत्या प्रयास गरेको भन्दै गौशाला प्रहरीमा जाहेरी दिएका थिए ।
प्रहरीले कात्तिक १४ गतेसम्मको म्यादसहितको पक्राउ पूर्जी जारी गरेको थियो । सांसद गुरुङ आइतबार जिल्ला अदालत काठमाडौँमा हाजिर भएको प्रहरीले जनाएको छ ।
नेकपाका दोलखाबाट निर्वाचित सांसद गुरुङमाथि तत्कालीन माओवादीका कार्यकर्ता वीरध्वज खड्काले हत्या प्रयासको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका थिए ।
