समाचार

शहीदहरुको प्रतिमाको अनावरण आज गरिदै

१४ माघ, काठमाडौैँ÷ हेटौंडाको शहीद स्मारक पार्कमा निर्माण गरिएका शहीदहरुको प्रतिमाको आज अनावरण गरिदैछ । प्रजातान्त्रिक पार्कमा निर्माण गरिएको पुष्पलाल श्रेष्ठ, बीपी कोइराला, गणेशमान सिंह र मनमोहन अधिकारीको प्रतिमाको राष्ट्रपतिबाट अनावरण गर्ने कार्यक्रम रहेको स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर रानाले जानकारी दिनुभयो ।
अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीसँगै विभिन्न देशका राजदूतहरुको समेत सहभागीता रहने जनाएको छ । राजदूतहरुले शहीद स्मारकसँगै मकवानपुरगढी लगायतका पर्यटकीय स्थलको अवलोकन समेत गर्ने कार्यक्रम छ ।
राष्ट्रपति जाने भएपछि हेटौंडामा बिहानदेखि नै सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी स्मारकमा तैनाथ गरिएको छ । स्मारकमा रहेको प्रजातान्त्रिक पार्कमा प्रजातान्त्रिक आन्दोलनका चार अगुवा, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जन निर्वाचित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा निर्माण गरिएको छ ।

nema
Show More

Related Articles

Back to top button