विश्व

अमेरिकामा विवादास्पद नीति लागु गर्न बाटो खुल्ला

१४ माघ, काठमाडौैँ÷ अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनल्ड ट्रम्पलाई कतिपय आप्रवासीलाई अमेरिकामा बसोबासको स्थायी अधिकार नदिने विवादास्पद नीति लागु गर्न बाटो खोलिदिएको छ । सर्वोच्च अदालतको बहुमतले तल्लो अदालतले गरेको आदेश उल्ट्याइदिएको हो । सर्वोच्च अदालतमा भएको मतदानमा तल्लो अदालतको आदेशको पक्षमा चार न्यायाधीश र विपक्षमा पाँच न्यायाधीशले मत दिएका छन ।
अब अमेरिकाको स्थायी बसोबासका लागि चाहिने ग्रीनकार्ड पाउन आप्रवासीहरूलाई कठिन पर्ने छ । सर्वोच्चको यो आदेशपछि ट्रम्प प्रशासनले शैक्षिक योग्यता, उमेर, अंग्रेजीमा दख्खल जस्ता पक्षहरूमा विचार गरेर मात्र ग्रिन कार्ड दिने छ । त्यसको असर गरिब आप्रवासीमा धेरै पर्ने अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।

nema
Show More

Related Articles

Back to top button