समाचारनेपाली कांग्रेस
नेपाली काँगे्रसको पदाधिकारी बैठक जारी
२३ माघ, काठमाडौैँ÷ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि असन्तुष्ट बनेको कांग्रेसले छलफलका लागि पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा उपसभापति गच्छदारविरुद्ध दायर मुद्दा र अब पार्टीका तर्फबाट चाल्नु पर्ने कदमका विषयमा छलफल भइरहेको जनाएको छ । बैठकमा पार्टीका शीर्ष नेतृत्व र कानुन व्यवसायीहरु सहभागी छन् । ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो गच्छादारसहित १ सय ७५ जना विरुद्ध मुद्धा दायर गरिएको थियो । यसअघि आजका लागि बोलाइएको केन्द्रिय कमिटी बैठक भने नेताहरुको कार्यव्यस्तताको कारण देखाउदै स्थगित गरिएको छ ।
