समाचार

दक्षिण कोरियाका लागि भाषा परीक्षाको केन्द्र तोकियो

८ जेष्ठ, काठमाडौैँ÷ दक्षिण कोरियाका लागि भाषा परीक्षाको परीक्षा केन्द्र तोकिएको छ । सन २०२० मा रोजगार अनुमति प्रणाली मार्फत दक्षिण कोरियाका यही जेठ २५ र २६े कोरिया भाषा परीक्षा सञ्चालन हुन लागेको हो । त्यसका लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको ईपीएस कोरिया शाखाले जनाएको छ । यस पटकको भाषा परीक्षा सञ्चालन गर्नका पोखरामा चारवटा, ललितपुरमा सातवटा र काठमाडौं जिल्लामा २१ वटा भाषा परीक्षा केन्द्र तोकिएको हो । अघिल्लो वर्षभन्दा यो वर्ष परीक्षार्थीको सङ्ख्या बढी भएकाले यस पटक चारवटा परीक्षा केन्द्र थप गरिएको शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button