एक जिल्लाबाट अर्को जिल्लामा जान पाँच नयाँ नियम

काठमाडौँ- नेपालमा कोरोना भाइरसका संक्रमितहरुको संख्या तीव्र गतिमा बृद्धि भएसँगै सरकारले जानुपर्ने जिल्लाका प्रजिअले स्वीकृति दिएपछि मात्र पास जारी गर्ने नियम ल्याएको छ।
त्यस्तै एक जिल्लाबाट अर्को जिल्लामा जान जारी भएका सबै ईपासहरु रद्द गर्ने निर्णय पनि गृह मन्त्रालयले मंगलबार गरेको छ।
त्यस्तै अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयकाे स्वीकृति लिनुपर्ने व्यवस्था पनि गृह मन्त्रालयले गरेको छ।
त्यसरी पास जारी गर्दा पासमा गृहमन्त्रालयकाे स्वीकृति नम्बर समेत समावेश गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।
त्यसैगरी पास स्वीकृतिका लागि अनुराेध गर्दा पास जारी गर्नुपर्ने प्रयाेजन र पुस्ट्याइँ समेत खुलाउनुपर्ने पनि गृह मन्त्रालयले जारी गरेको नयाँ व्यवस्थामा छ।
मंगलबार एकै दिन ५७ जना कोरोना भाइरस संक्रमित भेटिएसँगै कुल संक्रमितको संख्या १९१ पुगेको छ।
गृह मन्त्रालयले जारी गरेका पाँच सुरक्षा नियमहरु यी हुन्:
१) एक जिल्लाबाट अर्काेजिल्लामा जाने गरी जारी भएका ईपाससहित सबै सवारी पास रद्द
२) अत्यावश्यक अवस्थामा एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाकाे प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्रै जारी गर्नुपर्ने।
३) अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयकाे स्वीकृति लिनुपर्ने।
४) त्यसरी पास जारी गर्दा पासमा गृहमन्त्रालयकाे स्वीकृति नम्बर समेत समावेश गर्नुपर्ने।
५) पास स्वीकृतिका लागि अनुराेध गर्दा पास जारी गर्नुपर्ने प्रयाेजन र पुस्ट्याइँ समेत खुलाउनुपर्ने।