breakingसमाचार

कांग्रेसले दर्ता ग¥यो संविधान संशोधन प्रस्ताव

२० जेठ, काठमाडौैँ
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका आठ जना सांसदले संविधान संशोधन प्रस्ताव दर्ता गरेका छन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएर असफल भएको संविधान संशोधन प्रस्तावलाई आज फेरि दर्ता गरिएको हो । तराई मधेसबाट प्रतिनिधित्व गर्ने प्रदीप गिरी, अमरेश कुमार सिंह, चित्रलेखा यादव, उमाकान्त चौधरी, तेजुलाल चौधरी, अभिषेकप्रताप शाह, नमिता चौधरी र पद्मनारायण चौधरीले गैर सरकारी विधेयकक रुपमा संशोधन प्रस्ताव दर्ता गराउनुभएको हो । कांग्रेसले संविधानका ११ वटा धारामा संशोधन प्रस्ताव दर्ता गरेको सांसद सिंहले जानकारी दिनुभयो ।
 
संशोधन विधेयकमा प्रदेशको सीमाङ्कन र संख्या हेरफेर गर्न संघीय आयोग गठन गर्नुपर्ने, अंगीकृत नागरिकता दिन सहज बनाउनुपर्ने, सबै भाषालाई राष्ट्रिय भाषाका रुपमा परिभाषित गर्नुपर्नेलगायतका विषय समेटिएको बताइएको छ । मधेसी दलले प्रदेशको अधिकार बढाउने गरी संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि अरु दलले पनि काउन्टर स्वरुप गैर सरकारी विधेयक दर्ता गराउन लागेका हुन् ।

nema
Show More

Related Articles

Back to top button