breakingसमाचार

नक्सा संवन्धि प्रतिनिधिसभाबाट पारित बिधेयक राष्ट्रियसभाले पारित गरेपछि राष्ट्रपतिले प्रमाणिकरण गर्ने

३२ जेठ, काठमाडौैँ
आजको राष्ट्रियसभाबाट कानुनमन्त्री डा.शिवमाया तुम्वाहाम्फेले पेश गर्नुभएको प्रतिनिधिसभाबाट संदेशसहित प्राप्त नेपालको संविधान दोस्रो संसोधन विद्येयक २०७७ माथि विचार गरियोस भन्ने प्रस्ताव सर्व सम्मतिले स्र्वकृत भएको छ ।
संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिदै राष्ट्रिय सभाका सांसदहरूले नेपालको अतिक्रमित भूमि फिर्ता ल्याउन वर्तमान सरकारले चालेको कदमको स्वागत गर्नुभएको छ । सासंदहरुले अब गुमेको भूमि कूटनीतिक वार्तामार्फत फिर्ता गर्नुपर्नेमा जोड दिनुभएको छ ।साथै सासंदहरुले सीमा क्षेत्रका नेपालीको सुरक्षा गर्न पनि सरकारलाई आग्ह गर्नुभएको थियो ।
सांसदहरूले सैद्धान्तिक छलफलका क्रममा उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री तुम्बाहाङ्फेले राष्ट्रियताका सवालमा सबै नेपाली दलहरू एकजुट हुन्छन् भन्ने पुष्टि भएको बताउनुभयो । उहाँले संविधान संशोधनको विषयमा भारत सरकारले टिप्पणी गर्न आवश्यक नभएको पनि बताउनुभयो । नेपाल भारतबीचको मित्रता सुमधुर हुनुपर्ने भन्दै भारतसँग सुमधुर सम्बन्ध राख्न चाहने र राखिरहने समेत उल्लेख गर्नुभयो ।
संविधान संशोधन विधेयकमा सांसदहरूबाट संशोधनका लागि ७२ घण्टाको समय दिइएको छ । उक्त समय सकिएपछि राष्ट्रिय सभामा दफावार छलफल हुनेछ र निर्णयार्थ प्रस्तुत गरिनेछ । राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक पास भएपछि सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाइनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेपालको निसान छापमा भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा राखिनेछ र प्रयोगमा आउनेछ । राष्ट्रिय सभाको अर्को बैठक भोलि ११ बजे बस्ने छ ।

nema
Show More

Related Articles

Back to top button