breakingसमाचारविचारवी पी विचार
थापाथली क्षेत्रका अनधिकृत संरचना हटाउँदै महानगर
२०७९ असोज २८, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।
महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि यूएन पार्कको पुल आउने क्षेत्र (सुकुम्बासी बस्ती नजिकै) निर्माण भएका अनधिकृत संरचना हटाइरहेको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।
