विचारनेपाली कांग्रेस
कांग्रेस महासमिति बैठक : आशा र आशंका
कति पीराे कति मिठाे !
- मित्र भट्टराई
- २७ मङ्सिर बिहीबार, २०७५
नेपाली कांग्रेसको महासमिति बैठक शनिबार बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ । काठमाडौंमा हुने भेलामा २४० निर्वाचन क्षेत्रबाट एक महिलासहित पाँच जनाका दरले एक हजार दुई सय महासमिति सदस्य सहभागी हुनेछन् । भातृ संस्थाका प्रमुखहरू, सभापतिले चयन गरेका १० जना प्रतिनिधि, विदेशस्थित जनसम्पर्क समितिका प्रमुखहरू, पुराना केन्द्रीय सदस्यहरू बैठकमा सहभागी हुँदैछन् ।
भेलामा के पाक्छ भन्ने धेरैको चासो छ । पार्टीभित्र र बाहिर ।
आशा गर्ने ठाउँ
- पार्टी संगठन सुद्धृढीकरण
- नीति नियम तथा कार्यक्षेत्रमा छलफल
- आगामी कार्यदिशाको तय
- नेतृत्व विकास
आशंका गर्ने ठाउँ
- पार्टीको आर्थिक तथा राजनीतिक बाहेक विधानकै सन्दर्भमा निष्कर्ष निस्कनेमा आशंका
- गुट गुटको थप प्रशय
- अनावश्यक तडकभडक र पार्टीलाई आर्थिक बोझ
- महासमितिको भेला भयो भन्ने देखावटी मात्र
- सैद्धान्तिक भन्दा पनि मनोरञ्जन र ‘हाइ हेल्लो’ मा सीमित
एजेण्डामा के होला छलफल ?
- विधानको दृष्टिकोण पार्टी र विधानकेन्द्रित नभई केवल आफूकेन्द्रित
- आ-आफ्ना कमीकमजोरी ढाकछोप गर्न अर्कोलाई आरोप लगाइने
- विरोधी र फरक मत पक्षधरहरुलाई किनारा लगाउने प्रयास
- वास्तविक भन्दा सस्तो प्रजारबाजी
- संगठन सुद्धृढीकरणको नाममा नेताको व्यवस्थापनको तयारी
गर्नुपर्ने सुधार
- सैद्धान्तिक प्रष्टताको खाँचो
- संगठनको संरचना परिवर्तन गर्दा नेता व्यवस्थापन भन्दा पनि आवश्यकता र तथ्यमा आधारित हुनुपर्ने
- पार्टीप्रति इमानदारी,कर्तव्यनिष्ठ, आशावादी नयाँ नेतृत्वको खोजी तथा विकास गर्नुपर्ने
- संगठनलाई मजबुत बनाउन विधान सहमतिमा सर्वसम्मतको वातावरण निर्माण गर्नुपर्ने
- धर्म तथा राष्ट्रियतामा पार्टी स्पष्टता हुनुपर्ने
- नेता कार्यकर्ता सस्तो लोकप्रियताको पछाडी नदौडिएर व्यवहारिकतामा रहेर स्थानीय तहसम्म पुग्नुपर्ने ।।
भट्टराई बी.पी. विचार विद्यार्थी समाजका अध्यक्ष हुन् ।