नेपाली कांग्रेसले वीपीको विचारलाई भुल्यो ः रेवतिप्रसाद भुसाल
२२ भाद्र, अर्घाखाँची÷ वीपी विचार राष्ट्रिय समाज प्रदेश नंवर ५ का सभापति रेवतिप्रसाद भुसालले नेपाली काँगे्रसले वीपीको विचारलाई भुल्दै गएको दाबी गरेका छन् । १ सय ६ औैँ वीपी जयन्तीका अवसरमा वीपी विचार राष्ट्रिय समाज अर्घाखाँचीले शनिवार आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि भुसालले पार्टीले वीपीको विचारलाई अंगाल्न नसकेको जिकिर गरेका हुन् ।
पूर्वमन्त्री समेत रहेका भुसालले नेपाली काँगे्रसलाई जनताको पार्टी बनाउन वीपीले अंगिकार गरेको सिद्धान्तलाई आत्मसाथ गर्नुपर्ने बताए । काँगे्रसले वीपीले अंगिकार गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई पालन गर्नुको सट्टा नेत्रित्व सत्तामा कसरी पुग्न सकिन्छ भन्नेमा मात्र सिमित भएको उल्लेख गरे । काँगे्रसले विगतको चुनावमा वीपीको सिद्धान्तलाई आत्मसाथ नगरेकाले इतिहासकै कमजोर अवस्थामा पुगेको बताए ।
बर्षमा एक पटक मात्र वीपीलाई संझिएर उनको सम्मान नहुने नेता भुसालको तर्क छ । त्यसको लागि वीपीले अवलम्बन गरेका नीति तथा सिद्धान्तलाई समेत संगै लिएर हिडनुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा संवोधन गदै नेपाली काँगे्रस अर्घाखाँचीका जिल्ला सभापति विष्णुप्रसाद खनाल(मुस्कान)ले पार्टीलाई वीपीको सिद्धान्त अनुसार हिडाउन नसकिए अहिलेको भन्दा पनि कमजोर अवस्थामा पुग्ने दाबी गरे । यसको लागि वीपी विचार राष्ट्रिय समाजले काँगे्रस नेत्रित्वलाई दवाव दिनुपर्नेमा खनालको जोड छ ।
यस्तै, सोहि कार्यक्रममा बोल्दै नेपाली काँगे्रसका महासमिति सदस्य केशव श्रेष्ठ, जिल्ला कार्यसमिति सदस्य कृष्णप्रसाद खनाल, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष धर्मराज बन्जाडे, नेपाली काँगे्रस जिल्ला कार्यसमितिका सदस्य संगिता बेलबासे,चन्द्रा गैरे, सना कार्की, नेपाली काँगे्रस अर्घाखाँची क्षेत्र नंवर १ का सभापति केशवराज कुँवर लगायतले वीपीले पु¥याएको योगदान लगायतका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रम वीपी विचार राष्ट्रिय समाज अर्घाखाँचीका सभापति होमप्रसाद बन्जाडेको अध्यक्षतामा सम्पन्न भएको थियो ।