समाचार

काङ्ग्रेस कास्कीका नेता पोषनाथलाई पितृ शोक,वीपी विचार राष्ट्रिय समाजद्धारा दुःख ब्यक्त

१७ बैशाख, २०७७
नेपाली काङ्ग्रेस कास्कीका नेता एवं वीपी विचार राष्ट्रिय समाजमा आवद्ध पोषनाथ शर्मालाई पितृ शोक परेको छ । शर्माका ८३ वर्षीय पिता टेकनाथ पौडेलको २०७७ साल बैशाख १६ गते कास्कीको पोखरामा निधन भएको हो । साविक सल्यान गाविस तथा हाल अन्नपूर्ण गाउँपालिका ४ कास्कीमा जन्मिुनुभएका राजनीतिक रुपमा सक्रिय समाजसेवी टेकनाथ केही समय यता अस्वस्थ रही पोखरामा वस्दै आउनु भएको थियो । स्व पौडेलको पार्थिव शरीरको हिजो बिहान दाहसम्स्कार गरिएको थियो । टेकनाथ २०४३ साल तथा २०४९ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
यसैबीच वीपी विचार राष्ट्रिय समाजले स्वर्गीय टेकनाथ पौडेलको निधनप्रति गहिरो दुःख ब्यक्त गरेको छ । समाजका सभापति कुलबहादुर(केवी) गुरुङ तथा सहसभापति गोविन्दराज जोशीले शोक वक्तब्य जारी गदै गहिरो दुःख ब्यक्त गर्नुभएको हो ।
 
शोकको यस घडीमा दुःख सहन एवं धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनी ईश्वरसँग प्रार्थन गदै उहाँका परिवारजनप्रति गहिरो समवेदना प्रकट गदैछौं, साथै दिवंगत आत्माको चिर शान्ति एवं बैकुण्ठबासको कामना सहित भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौैँ — शोक वक्तब्यमा भनिएको छ ।

Show More

Related Articles

Back to top button