breakingसमाचार

धर्म र संस्कृतिलाई चलाउने काम बन्द गर्न सरकारलाई काँगे्रसको चेतावनी

काठमाण्डौ ÷ नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले धर्म र संस्कृतिलाई चलाउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद केसीले सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोध गर्दै काठमाण्डौ उपत्यकाका नेवार समुदायको धर्म र संस्कृतिमाथि प्रहार गर्ने काम भए उपत्यका घेराबन्दी हुने उनले चेतावनी दिएका हुन् । सरकारले ल्याएको विधेयकबाट गुठीयारहरु आतंकित भएको भन्दै सांसद केसीले विधेयक उपत्यकावासीलाई कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताए । धर्म संस्कृतिको संरक्षणको लागि मण्डलामा आएका सर्वसाधरणलाई सरकारले निर्मम ढंगले लाठी प्रहार गर्ने काम भएको भन्दै उनले घटनाको घोर भर्त्सना समेत गरे ।
सांसद केसीले विधेयक फिर्ता नलिएर त्यसको विरोधमा काठमाण्डौ घेराबन्दी हुने र भयाभह स्थित सिर्जना हुने चेतावनी दिए । प्रधानमन्त्रीले विदेशीको धर्म प्रचारप्रसार गरेर हिन्दु धर्म समाप्त पार्ने खेलमा लागेको आरोप आरोप समेत लगाए । हिन्दू धर्म मात्रै नभई बौद्ध लगायतका धर्मका पनि गुठीहरु रहेको भन्दै धर्म संस्कृति ध्वस्त पार्ने गुठी विधेयक तत्काल फिर्ता गर्न उनले माग गरे। गुठीयारहरु आफूहरुको धर्म र संस्कृति हनन गर्न लागेको भन्दै निकै आक्रोशित रहेको भन्दै काठमाण्डौवासीको संस्कार र भावनासँग खेलवाड नगर्न आग्रह गरे ।
आइतबार माइतीघर मण्डलामा गुठी व्यवस्थापनसम्बन्धी विधेयकको विरोधमा निस्किएको जुलुशमा प्रहरी दमन भएको भन्दै सांसद केसीले तत्काल छानबिन समिति बनाउन आग्रह गरे ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button