राष्ट्रिय जीवनमा बिपी कोइरालाको स्थान –शिरीषबल्लभ प्रधान
विश्वेश्वरप्रसाद कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका एक महान् योद्धा हुन् । आप्mनो जीवनमा अत्यन्त कम समय अर्थात् १८ महिना मात्र निर्वाचित प्रधानमन्त्रीका रूपमा सत्ताको नेतृत्व सम्हाल्ने अवसर पाएर पनि चिरकालसम्म सबैको स्मृतिपटलमा रहन र प्रेरणाको स्रोत बन्न सफल कोइराला प्रजातन्त्रका एक महान् सेनानी, समाजवादी चिन्तक एवम् सच्चा राष्ट्रवादी नेताका रूपमा नेपालको राजनीतिक इतिहासमा सुपरिचित छन् । उनी आप्mनो जीवनकालमा त नेपाली राजनीतिको केन्द्रबिन्दु भएर रहे नै, किन्तु देहावसानपछि पनि नेपाली राजनीतिमा उनले एक अमिट छाप छाडेर गएका छन् । त्यसैले वि.सं. २००७ सालको क्रान्तिपछिको ६ दशक लामो प्रजातान्त्रिक आन्दोलनको इतिहास कोइरालाकै सेरोफेरोमा घुमिरहेको आभास मिल्छ ।
२००३ सालमा नेपाली काङ्ग्रेसको स्थापनाकालमा होस् वा सात सालको क्रान्ति, २०१४ सालको सत्याग्रह होस् वा २०३६—०३७ सालको ऐतिहासिक जनमतसङ्ग्रह, यी सबै महत्त्वपूर्ण राजनीतिक घटनाक्रममा कोइरालाको नेतृत्वदायी भूमिका रहके । नेपाली काङ्ग्रेसको अगुवाइमा भएको सात सालको क्रान्तिबाट नेपालमा एक शताब्दी लामो जहानिया“ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापित मात्र भएन, किन्तु उक्त परिवर्तनले नेपाललाई बाह्य संसारस“ग सुपरिचित पनि गरायो, जसका कारण नेपालको आर्थिक प्रगतिको द्वार खुल्नुका साथै देशमा एउटा खुला समाजको स्थापना गर्नमा समेत मद्दत मिल्यो । त्यस्तै नेपाली काङ्ग्रेसले सञ्चालन गरेको २०१४ सालको भद्र अवज्ञा आन्दोलनको दबाबकै कारण २०१५ सालमा बालिग मताधिकारका आधारमा पहिलो आमनिर्वाचन सम्पन्न भई तत्कालीन गतिरोधको अन्त्य हुनुका साथै सो चुनावबाट नेपाली काङ्ग्रेस दुई तिहाइ बहुमतले विजयी भई सत्ताको बागडोर सम्हाल्न पुग्यो ।
बिपी नेपालकै इतिहासमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्न पुगे र उनकै नेतृत्वमा नेपाली काङ्ग्रेसको सरकारले क्रान्तिकारी भूमिसुधार, किसानहरूको अधिकारको संरक्षण, जमिनको हदबन्दी, जमिनदारी प्रथा एवम् बिर्ता उन्मूलन आदि कार्यहरू ग¥यो । बिपीकै नेतृत्वमा नेपाली काङ्ग्रेसको सरकारले असंलग्न परराष्ट्रनीति अ“गाल्नुका साथै निःशुल्क प्राथमिक शिक्षा, प्रगतिशील मजदूर नीति, समाजवादी अर्थव्यवस्था अपनाउने कार्य ग¥यो । सो नेपाली काङ्ग्रेस सरकारले किसानहरूलाई आर्थिक सहयोग र सहुलियत दरमा ऋण, सहकारी कृषि, घरेलु उद्योगलाई प्रोत्साहन गर्नुका साथै औद्योगिकीकरणका निम्ति अनुकूल वातावरण सृजना गर्दै तथा वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको थियो । तर, त्यो लोकप्रिय सरकार धेरै दिन टिक्न सकेन । तत्कालीन महत्त्वाकाङ्क्षी राजा महेन्द्रले २०१७ साल पुस १ गते प्रजातन्त्रको गला निमोठे सैन्यबलको आडमा । प्रधानमन्त्री कोइरालालाई अपदस्थ गरी उनको नेतृत्वको सरकार भङ्ग गरियो र पार्टीहरूमाथि प्रतिबन्ध लगाइयो । बिपी कोइराला, गणेशमान सिंहलगायत काङ्ग्रेसका शीर्षस्थ नेताहरूलाई सुन्दरीजल जेल चलान गरियो ।
पारिवारिक पुष्ठभूमि ः
वि.सं. १९७१ सालमा भारतको बनारसमा जन्मेका बिपी कोइरालाको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक चेतनाले भरिपूर्ण थियो । उनका पिता कृष्णप्रसाद कोइराला बीसौं शताब्दीको शुरुआतमै आफ्नो प्यारो जन्मभूमि नेपाल छाडेर भारतमा निर्वासन निम्ति जान बाध्य भएका थिए तात्कालीन राणाशासकहरूको विरोध गर्नाका कारण । त्यसबखत उनको अपराध थियो राणा शासकहरूलाई एक गरीब नेपाली पुरुष र एक महिलाले लगाएका च्यातिएका दुई जोर लुगा पार्सल गरेर पठाउनु । उनको त्यस पार्सलको उद्देश्य थियो नेपाली जनताको वास्तविक स्थिति सत्ताको उन्मादमा रमाइरहेका राणाशासकहरूले थाहा पाऊन् भन्ने । त्यसबखत राणाशासकहरू आफू भने मोजमस्तीको जिन्दगी बा“चिरहेका थिए । तर, जनता भोकभोकै मरिरहेको उनीहरूका निम्ति चासोको विषय थिएन । अशिक्षा, गरीबी, भोक र रोगले पीडित नेपाली जनताको वास्तविक स्थिति राणा प्रधानमन्त्रीले थाहा पाऊन् भनी कृष्णप्रसादले त्यति शाहस देखाएकोमा उनले आफ्ना सारा सम्पत्ति त्यागेर विदेशमा शरण लिनुपरेको थियो । त्यसबखत बिपीका दाजु मातृकाको उमेर ९ वर्षको थियो भने उनको उमेर ६ वर्षको मात्र थियो । त्यस ६ वर्षको बालकको मानसपटलमा त्यसैबेलादेखि राणाशासनविरुद्ध आगोको ज्वाला दन्किन थालेको हुनपर्छ । जहानिया“ राणाशासनको अन्त्य गरिनुपर्छ र हुकुमी शासनको बदलामा नेपालमा पूर्ण प्रजातन्त्रको स्थापना गरिनुपर्छ भन्ने सोचले शायद त्यसै बेलादेखि बिपीको मनमष्तिस्कमा जरा गाडिसकेको थियो ।
सन् १९४० को दशकमा दक्षिणतर्फको छिमेकी देश भारतको स्वतन्त्रता आन्दोलनमा भाग लिई जेलसमेत बसेका कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनको आ“धीबेहरी ल्याउन दक्षिण एसियाबाट बेलायती साम्राज्यवाद र उपनिवेशवादको अन्त्य जरुरी थियो भन्ने कुरा राम्ररी बुझेका थिए । क्षेत्रीय भूराजनीतिक वस्तुस्थितिको सही विश्लेषण गरेर नेपालको परिस्थितिअनुरूप नया“ मोडेलको राजनीतिक प्रणालीको परिकल्पना गर्न कोइराला आफ्नो तीक्ष्ण दिमागको उपयोग गर्न चुकेनन् ।
बिपीको अन्तर्राष्ट्रिय व्यक्तित्व
सन् १९५० को दशकताका विश्व पू“जीवादी र साम्यवादी गरी दुई धारमा विभाजित भएको स्थितिमा रुस र चीनद्वारा एकपछि अर्काे गरी पूर्वी युरोप र एसियाका केही देशहरूको साम्यवादीकरण गर्ने प्रक्रिया तीव्र बनाइरहेको स्थितिमा उक्त साम्यवादी विचारधाराको समानान्तर युरोपका केही राष्ट्रहरूमा समाजवादी आन्दोलन विस्तार हु“दै गएको थियो । त्यसप्रकार बढ्दो साम्यवादी प्रभावले नेपाललाई पनि छुन सक्ने हु“दा त्यसको प्रभावलाई मत्थर बनाउन नेपाललाई अन्तर्राािष्ट्रय समाजवादी आन्दोलनको धारमा समाहित गरी नेपाली काङ्ग्रेसलाई २०१२ सालमा प्रजातान्त्रिक समाजवादको नया“ आदर्शवादी सोचमा ढाल्न बिपी सफल भए । अहिले बिपीको देहावसानको दशकौं पछि पनि त्यही प्रजातान्त्रिक समाजवादको आदर्शलाई अङ्गीकार गर्दै राष्ट्रिय राजनीतिमा आप्mनो बेग्लै पहिचान र अस्तित्व कायम राख्न सक्षम भएको छ, नेपाली काङ्ग्रेस पार्टी ।
बिपीको व्यक्तित्व राष्ट्रियस्तरमा मात्र सीमित नभई तत्कालीन भूराजनीतिमा उदाइरहेका एसियाका अन्य राजनेताहरूको दा“जोमा उनी पुगेको कुरामा शङ्का गर्ने ठाउ“ छैन । एसियाका दुई ठूला राष्ट्रहरूका बीच रहेर पनि नेपाललाई आफ्नो बेग्लै अस्तित्व कायम राख्दै विश्वका सामु परिचित गराउन बिपीको ठूलो योगदान रहेको छ । एक सानो अल्पविकसित देशको नागरिक भएर पनि विश्वका अन्य ठूला देशका राजनेताहरूस“ग उनी का“धमा का“ध मिलाएर हि“ड्न सक्थे । सन् १९५०–६० को दशकताका भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू र चीनका प्रधानमन्त्री चाउ एन लाईस“ग बिपीको मित्रता थियो र उनीहरूवीच बराबर अन्तरक्रिया हुन्थ्यो । बिपीले भारतका समाजवादी नेताहरू राम मनोहर लोहिया र जयप्रकाश नारायण मात्र नभई बर्माका समाजवादी नेताहरूस“ग पनि सम्बन्ध राखेका थिए अन्तर्राष्ट्रिय समाजवादी आन्दोलन विस्तार गर्ने क्रममा ।
त्यसबखत नेपालको सरकार प्रमुखका रूपमा नेहरूको निमन्त्रणामा औपचारिक भारत भ्रमणमा जा“दा नया“दिल्लीस्थित लालकिल्लामा नेहरूका तर्पmबाट आयोजना गरिएको नागरिक अभिनन्दन समारोहमा बिपीले हिन्दीमा बोलेको देखेर प्रभावित भएका नेहरूले ‘बिपीलाई मलाईभन्दा पनि राम्रो हिन्दी बोल्न आउ“दो रहेछ’ भनी उनको तारिफ गरेका थिए । बिपीले नया“दिल्ली र बेइजिङको भ्रमणका अवसरमा ती नेताहरूस“ग समानस्तरमा आफूलाई राख्दै गरेका भाषण, कुराकानी र व्यवहार सुन्दा उनी एक परिपक्व राजनेता भएको प्रमाणित हुन्छ ।
बिपीले चीन भ्रमणका अवसरमा नेपालका तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको नक्सा त्यहा“का राष्ट्रपति माओत्सेतुङसमक्ष प्रस्तुत गरी सगरमाथामा नेपालको आधा हिस्सा रहेको दाबी गरेका थिए, जसलाई माओले सजिलै स्वीकारेका थिए । त्यस सम्बन्धमा पछि चिनिया“ प्रधानमन्त्री चाउ एन लाई बिपीको निमन्त्रणामा नेपाल भ्रमणमा आउ“दा पत्रकार सम्मेलनमा उनले भनेका थिए कि चीन र नेपालका तर्फबाट दुई बेग्लाबेग्लै नक्साहरू प्रस्तुत ह“ुदा माओले नेपालको दाबीअनुसार सगरमाथा चीन र नेपालको सिमानामा अवस्थित रहेको कुरा स्वीकार गरे । चाउ एनलाईले त्यस बखत भनेका थिए सगरमाथा दुई देशको सीमानाको उत्तरतर्फ रहेछ र त्यसको चुचुराको झुकावचाहि“ दक्षिणतर्फ रहेछ । त्यसैले दक्षिणतर्फबाट सगरमाथा चढ्न जोकसैले पनि नेपालको अनुमति लिनुपर्ने कोइरालाको प्रस्ताव चीनलाई स्वीकार्य भएको उनले बताएका थिए ।
बिपी आफ्नो छोटो प्रधानमन्त्रीकालमा दक्षिणतर्फको छिमेकी नया“दिल्लीस“ग मात्र होइन, उत्तरतर्फको बेइजिङस“ग पनि मैत्री सम्बन्ध विस्तार गर्न सफल भए । बिपी र चाउ एन लाईले सन् १९६० मा नेपाल र चीनबीच शान्ति र मैत्री सन्धिमा हस्ताक्षर गरेबाट पनि यो कुराको पुष्टि हुन्छ । पञ्चशीलको सिद्धान्तमा आधारित सो सन्धिअन्तर्गत नेपाल र चीनले एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता एवम् भौगोलिक अखण्डताको सम्मान गर्नुका साथै त्यसले दुई देशवीच शान्तिपूर्ण मैत्री सम्बन्ध स्थापित गरी आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई विकसित र मजबुत तुल्याउ“दै लैजाने कुरा उल्लिखित छ । यसरी दुई महान् छिमेकी राष्ट्रहरूस“ग मैत्री सम्बन्ध प्रगाढ बनाउ“दै सहयोग आदानप्रदान गर्दै लैजान बिपी सफल भए ।
नेपालजस्तो सानो देश भएर पनि मध्यपूर्वको नया“ राष्ट्र इजरायललाई मान्यता दिने पहिलो एसियाली राष्ट्र बन्यो त्यसबखत नेपाल बिपीको अगुवाइमा । यसरी अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले आप्mनो परिचय एक सशक्त सार्वभौम राष्ट्रका रूपमा देखाउन सफलता पाएको थियो । कोइराला अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा पनि अहम् भूमिका निर्वाह गर्न सफल भएका छन् । सोललिष्ट इन्टरनेशनल नामक अन्तर्राष्ट्रिय समाजवादी संस्थाको सक्रिय सदस्य भई उनले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय जगत्मा पु¥याउन महत्त्वपूर्ण योगदान दिएका छन् ।
कोइराला आफ्नो राजनीतिक जीवनमा विभिन्न खाले प्रयोगहरू गरी नेपाली राजनीतिलाई एक प्रकारको गति र दिशा दुवै दिन सक्षम भएका छन् । राजा र जनता मिलेर संयुक्त रूपमा लडिएको २००७ सालको क्रान्ति कोइरालाकै अग्रसरतामा लडिएको थियो भने २०१७ सालको तानाशाही कदमपछि उनले पटकपटक सशस्त्र क्रान्तिको आह्वान गरेका थिए । तर, परिस्थितिको प्रतिकूलताका कारण त्यो सफलताको मार्गमा अघि बढ्न सकेन । २०१७ सालको प्रजातन्त्रविरोधी कदमको लगत्तै पछि नेपाली काङ्ग्रेसले सशस्त्र क्रान्तिको नारा दिएको थियो कोइरालाको नेतृत्वमा । तर, त्यसै बखत उत्तर र दक्षिणका छिमेकी राष्ट्रहरू चीन र भारतबीच तनाव बढेका कारण अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल हुन गई सो रणनीति कार्यान्वित हुन सकेन । फलस्वरूप काङ्ग्रेसले फरक कार्ययोजना अपनाउ“दै देशभित्र र बाहिरबाट प्रजातन्त्र पुनः स्थापनाका निम्ति सङ्घर्षका कार्यक्रमहरू सञ्चालित गर्दै लग्योे । बिपी र उनका राजनीतिक सहकर्मी गणेशमान सिंह लामो समयको जेल जीवनबाट छुटकारा पाई भारतमा निर्वासन निम्ति जाने क्रममा पनि फेरि दोस्रोपटक सशस्त्र क्रान्तिको नारा दिइएको थियो । तर, छिमेकी देश भारत तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले लागू गरेको सङ्कटकालको मारमा परेपछि भारतीय राजनीति इन्दिरा गान्धी समर्थक र विरोधी गरी दुई खेमामा विभाजित हुन पुग्यो र भारतीय समाजवादी नेताहरू जयप्रकाश नारायण तथा राममनोहर लोहियास“ग बढी सामीप रहेका बिपीको सशस्त्र क्रान्तिको नारा व्यवहारमा लागू हुन सकेन । भारतमा सङ्कटकालका कारण आप्mनो राजनीतिक गतिविधि सङ्कुचित हुन पुगेपछि राजनीतिमा सधैं क्रियाशील र गतिशील रहिआएका बिपी त्यो उकुसमुकुसको वातावरणमा छटपटाउन थाले र राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरी २०३३ सालमा स्वदेश फर्के । त्यसबखत नेपालमा पञ्चायतरूपी एकदलीय तानाशाही व्यवस्था विद्यमान थियो र बिपीलाई स्वदेश फर्किनु खतराको घण्टी बजाउनुसरह थियो । त्यसबखत बिपीले भनेका थिए, मेरो घा“टीमा ७ ओटा मसिना डोरीहरू बा“धिएका छन् त्यसको अर्थ हो उनीमाथि राजद्रोहका ७ ओटा मुद्दा लागेका थिए । हरेक मुद्दामा ज्यान सजाय“सम्म हुन सक्थ्यो । तर, बिपी त्यसरी विनामतलबको जोखिम मोलेर नेपाल फर्केका थिएनन् । उनले सम्भावित जोखिमको राम्ररी हिसाबकिताब गरेका थिए नेपाल फर्कनुअघि ।
नेपालमा समाजवादी सिद्धान्तको प्रयोग
लामो समयको निर्वासनबाट बिपी नेपाल फर्केपछि नेपालको उजाड राजनीतिक जीवनमा हचलच पैदा हुन थाल्यो । आप्mनो नेपाल बसाइका क्रममा बिपीले सामान्य विद्यार्थीदेखि राजासम्मलाई भेटेर आप्mना विचारहरू राखे । विद्यार्थी जीवनमा लैनचौरस्थित सरस्वती क्याम्पसमा (आई कम विषय लिएर) अध्ययनरत रह“दा एकपल्ट चाबहिलस्थित मित्रपार्कमा कोइरालाको निवासमा विद्यार्थीहरूको टोलीस“गै बिपीलाई भेट्ने अवसर मिलेको थियो यस स्तम्भकारलाई २०३५ साल पुसताका । त्यसरी भेट्न जा“दा बिपीलाई पहिलोपटक नजिकबाट नियाल्ने अवसर मिल्यो े। त्यसबखत बिपीलाई पर्खिरह“दा एकजना दौरासुरुवाल र टोपी लगाएका दुब्लो पातलो शरीर भएका तर सेनाको जर्नेलजत्तिकै फुर्तिला व्यक्ति त्यहा“ टुप्लुक्क आइपुगे । उनी अरू कोही नभएर पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका संस्थापक नेता बिपी थिए । त्यसबखत यस स्तम्भकारलाई उनीस“ग भेटी केही लिखित प्रश्नहरूमार्फत आफ्ना जिज्ञासाहरू शान्त गर्ने अवसर मिलेको थियो । हाम्रो जिज्ञासा शान्त गर्दै बिपीले त्यसबखत भनेका केही शब्दहरू अझै मेरो मनमस्तिष्कमा गुन्जिरहेछन् –
विद्यार्थी भएको हुनाले तिमीहरूको पहिलो कर्तव्य पढाइमा ध्यान दिनु हो, विद्या हासिल गर्नु हो । तर, देशका चेतनशील नागरिकको हैसियतले तिमीहरू प्रजातन्त्र र मानवअधिकारजस्ता कुराहरूप्रति पनि सचेत र जागरुक रहनुपर्छ ।
त्यसबखत बिपी प्रायः सप्ताहान्तमा आप्mनो निवासमा प्रजातन्त्र र समाजवादका बारे प्रवचन दिने गर्थे । त्यहा““ विद्यार्थी, शिक्षक, वकिल, पत्रकार, राजनीतिक कार्यकर्ता, समाजसेवी आदि विभिन्न क्षेत्रका १००–१५० जति मानिस भेला हुन्थे । बिपीले बडो सुन्दर र सरल शब्दमा भन्ने गर्थेः साम्यवादमा प्रजातन्त्र थपिदिनुहोस् समाजवाद हुन्छ । समाजवादबाट प्रजातन्त्र झिक्नुहोस् साम्यवाद बा“की रहन्छ । समाजवादबारे पनि बिपीको व्याख्या सरल र सुस्पष्ट हुन्थ्योः उत्पादनमा वृद्धि नभई वितरणमा समानता हासिल गर्न व्यावहारिक रूपले सम्भव छैन । त्यसैले उत्पादन सर्वप्रथम बढाइनुपर्छ र त्यसका निम्ति पू“जी चाहिन्छ ।
मानौं हाम्रो देशमा कुल ५० लाख मिटर कपडा उत्पादन हुन्छ भने डेड करोड जनता (तत्कालीन जनसङ्ख्याअनुसार)लाई बराबरी बा“ड्दा त एकजनालाई एक बित्ता मात्र पुग्छ, त्यसबाट कसैको पनि आवश्यकता पूर्ति हु“दैन । त्यसैले पहिला उत्पादन बढाउनुप¥यो र उत्पादन बढाउन पू“जी चाहियो, त्यसको निम्ति पू“जीवाद आवश्यक हुन्छ । उत्पादन पर्याप्त मात्रामा भयो भने मात्र समान रूपमा वितरण गर्न सकिन्छ भन्ने उनको निष्कर्ष थियो । तर, उनी फोर्डको जस्तो मास प्रडक्सन अर्थात् अत्यधिक सङ्ख्यामा उत्पादनले मात्र नेपालजस्तो अल्पविकसित देशको समस्या समाधान हुन नसक्ने विचार व्यक्त गर्दै वितरणमा समानताका लागि समाजवाद आवश्यक पर्ने कुरामा जोड दिन्थे ।
बिपी पश्चिमी देशहरूको विकासको मोडेल हामीले हुबहु नक्कल गर्नुहुन्न भन्ने विचार राख्थे । उच्च प्रविधिको आयात हाम्रो देशलाई सुहाउ“दैन, हाम्रा निम्ति अहिलेको भन्दा अलिकति सुधारिएको प्रविधि भए पुग्छ, जसलाई यहा“का जनताले सम्हाल्न सक्छन्, उनको तर्क निकै व्यावहारिक थियो । पश्चिमी प्रविधिको नक्कल गरे त्यसलाई सीधा यहा“ आयात गर्ने प्रवृत्तिले हामीकहा“ गरीब झन् गरीब र धनी झन् धनी बन्ने स्थितिको सृजना हुन्छ भन्ने उनको सोचाइ छ ।
वैदेशिक सहायताबारे त्यसका नकारात्मक पक्षबारे निकै सशङ्कित हु“दै बिपी भन्थे, यस प्रकारको सहायताले हाम्रो विकास प्रक्रियालाई कुनै फाइदा पुग्दैन । त्यसले त केवल त्यस्तो एक त्यस्तो अभिजात्य वर्गको सृजना गर्छ, जसले हाम्रो देशको अर्थतन्त्रको समग्र विकासस“ग कुनै प्रकारको सरोकार राख्दैन । यस प्रकारको आर्थिक सहायताले केवल भ्रष्टाचार र गैरकानूनी व्यापारलाई मात्र प्रोत्साहन मिल्छ भन्ने धारणा उनी राख्थे ।
बिपी यसरी महात्मा गान्धी र सुमेकरका ग्रामीण स्वावलम्बी अर्थतन्त्रका विचारहरूबाट प्रभावित भएको देखिन्छ । हेनरी फोर्डको जस्तो केवल मुनाफाकेन्द्रित अत्यधिक उत्पादनको सिद्धान्त नेपाल सुहाउ“दो नहुने उनको सोचाइ छ । त्यस प्रकारको अर्थतन्त्रको मोडेलबाट विश्वमा उपलब्ध सीमित स्रोत र साधनहरू समाप्त हुने स्थिति उत्पन्न हुन सक्ने र त्यसबाट विकास दिगो नहुने विचार उनी राख्थे । त्यसैले वैकल्पिक विकासका मोडेलको खोजी गरिनुपर्ने आवश्यकता उनी औंल्याउ“छन् ।
सरकारी कार्यालयमा राजारानीको फोटो टा“गेको देखेर उनी भन्थे, त्यहा““ एउटा हलो जोतिरहेको किसानको पनि फोटो राखियोस्, ताकि योजनाहरू बनाइ“दा किसानलाई ध्यान दिन सकियोस् । हाम्रो देश गाउ“ नै गाउ“ले भरिएको हुनाले किसानको हित भएमा मात्र देश अघि बढ्न सक्छ भन्ने उनको दृष्टिकोण निकै व्यावहारिक थियो ।
बिपीको विचारमा उपयुक्त राजनीतिक संयन्त्रविना, जसमा जनताको स्वार्थ गा“सिएको हुन्छ, आर्थिक विकास पनि सम्भव हुन्न । सो विचार उनले १९८१ ताका सिड्नी, अष्टे«्लियामा सम्पन्न सोसलिष्ट इन्टरनेशनलको एसिया प्रशान्त क्षेत्रको सम्मेलनमा बोल्दै व्यक्त गरेका थिए । राजा महेन्द्रले २०१७ सालमा सैनिक बलले सत्ता हातमा लि“दा आर्थिक विकासलाई राजनीतिबाट अलग राख्न सकिन्छ भन्ने विचार राखेका थिए । तर, उनको त्यो प्रयास सफल भएन, बिपी भन्छन् । राजाद्वारा सत्ता हत्याएपछि नेपालको अर्थतन्त्र झन् डामाडोल भयो र देश झन् गरीब भयो भन्ने उनको निष्कर्ष छ ।
२०१५ सालको आम चुनावमा नेपाली काङ्ग्रेसको विजयपछि प्रधानमन्त्री भएका कोइरालाले भनेका थिए ‘नेपाली काङ्ग्रेसलाई तीनचोटि चुनाव जिताउनुहोस्, मेरो जत्तिकै मध्यम आय भएको नेपालीको स्तरमा सारा नेपाली जनतालाई प¥याउ“छु ।’ ‘मेरो सानो घर, केही जग्गा र एकजोडी गाईगोरु छन् विराटनगरमा’ भन्दै अर्को दुईपटक चुनाव जितेपछि सबै नेपाली आपूmसरह हुने उनले परिकल्पना गरेका थिए । ‘तर, १० वर्षमा नै देश विकास गर्छु भनी राजा महेन्द्रले सत्ता कब्जा गरेर केही पनि गरेनन्,’ उनले पछि २०३७ सालको जनमतसङ्ग्रह अगाडिका आमसभाहरूमा बोल्ने क्रममा सो विचार व्यक्त गरेका थिए ।
हामी बल्ल अहिले समावेशीका कुरा गर्दै छौं, तर बिपीले आजभन्दा साढे पा“च दशकअघि नै समावेशी प्रजातन्त्रलाई आत्मसात् गरेको कुरा सुन्दा आश्चर्य लाग्छ । उनका क्याबिनेटमा त्यसै बखत मधेशी, नेवार, जनजाति, महिलालाई स्थान दिएर जातीय र वर्गीय सन्तुलन मिलाइएको थियो । द्वारिकादेवी ठकुरानी बिपीका क्याबिनेटका मन्त्री हुन्, जो नेपालकै इतिहासमा पहिलो महिला मन्त्रीमा गनिन्छन् । त्यसैगरी उनले गण्ोशमान सिंह, जमानसिंह गुरुड., प्रेमबहादुर आङदेम्बे, रामनारायण मिश्र, परशुनारायण चौधरीजस्ता व्यक्तित्वहरूलाई आफ्नो मन्त्रीमण्डलका सदस्य बनाएबाट उनी कति दूरदर्शी रहेछन् भन्ने कुरा स्पष्ट हुन्छ । २०३७ सालको जनमतसङ्ग्रहको प्रचारप्रसारका क्रममा बिपीले टु“डीखेल खुलामञ्चबाट घोषणा गरेका थिए, नेपाली काङ्ग्रेसको सरकार बनेमा परशुनारायण चौधरी भावी प्रधानमन्त्रीका उम्मेदवार हुनेछन् भनेर ।
बिपी र मेलमिलाप
भारतको लामो निर्वासन जीवनपछि राष्ट्रिय मेलमिलापको राणनीतिअन्तर्गत स्वदेश आएपछि कोइरालाले राजास“ग मेलामिलापको निम्ति हात बढाएका थिए । त्यसबखत केही सकारात्मक परिणाम पनि निस्क“दै थियो । राजास“ग हाम्रो सङ्घर्ष प्रजातन्त्रको सवालमा मात्रै हो, राष्ट्रियताको सवालमा राजा र हामी एकै ठाउ“मा उभिनुपर्छ उनी भन्थे । उनले नेपालको सन्दर्भमा राजतन्त्र र प्रजान्त्र एकअर्काका परिपूरक हुन् र एकविना अर्काेको अस्तित्व कायम रहन नसकिने धारणा राख्दै राजा र मेरो गर्धन जोडिएको छ भन्दा आलोचित पनि हुनुपरेको थियो । वास्तवमा नेपालमा तत्कालीन अवस्थामा अशिक्षा र राजनीतिक चेतनाको अभावका कारण परम्परागत शक्ति राजतन्त्र भएकाले सो संस्थालाई महत्त्व दिएका हुन् । राजतन्त्र र प्रजातन्त्र नेपालमा एकअर्काका परिपूरक हुन् भन्ने उनको भनाइ तत्कालीन राजनीतिक परिस्थितिको सही विश्लेषण थियो ।
उनले त्यसबखत काङ्ग्रेसले पञ्चहरूस“ग होइन प्रत्यक्ष राजास“ग नै सहकार्य गर्नुपर्छ भन्ने कुरामा जोड दिएका थिए । तर, कतिपयले त्यसको गलत व्याख्या गर्दै काङ्ग्रेस त पञ्चायतका विलीन हुन लाग्यो समेत भनेका थिए । त्यसै क्रममा उनले पञ्चहरूलाई तिमीहरू काङ्ग्रेसस“ग नतर्स र काङ्ग्रेसलाई तिमीहरू पञ्चहरूस“ग नझस्क भन्ने निर्देशन दिएका थिए । उनी मेलमिलाप र जनदबाबबाटै राजनीतिक खुकुलोपन देशमा आउ“छ र प्रजातन्त्र स्थापना गर्न वातावरण बन्छ भन्ने कुरामा विश्वस्त थिए ।
मेलमिलापको नीति लिएर नेपाल आएपछि बिपीले राजा वीरेन्द्रस“ग पहिलोपटक दरबारमा भेटेपछि एकपल्ट उनका सहकर्मी गणेशमान सिंहले सोधका थिएः ‘बिपी, राजाले तपाईंले के भनेर सम्बोधन गरे तिमी कि तपाईं ? बिपीको उत्तर स्पष्ट थियो, गणेशमानजी म सारा नेपालीलाई तपाईं भनाउन त्यहा“ गएको थिए“, आपूm एक्लैलाई मात्र होइन ।’
बिपीलाई त्यसपछि राजा वीरेन्द्रले अमेरिकामा घा“टीको क्यान्सरको उपचार गराएर आउने सल्लाह दिए र त्यसका निम्ति सरकारका तर्फबाट आवश्यक खर्चको पनि बन्दोबस्त गरिदिएका थिए । तर, दरबारका अनुदारवादी शक्तिहरूलाई राजा र बिपीबीच संवाद र सहकार्य अगाडि बढेको कुरा सुपाच्य भएन । बिपी अमेरिका गएपछि यहा“ प्रजातान्त्रिक शक्ति र राजाबीच सम्बन्धमा दरार ल्याउन सक्रिय तत्त्वहरू फेरि सलबलाए । त्यसबखत पार्टीका होनहार जुझारु कार्यकर्ताहरू कप्तान यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई सैनिक विद्रोहको आरोपमा पञ्चायती अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो । तर, फैसला सकेर ६ महिनापछि त्यो कार्यान्वयन हुन नमिल्ने अवस्थामा थियो । त्यति हु“दाहु“दै पनि बिपीको अनुपस्थितिको फाइदा उठाई दरबारका अनुदारवादी शक्तिले ती दुई नेपाल आमाका सपुतहरूलाई मृत्युदण्ड दिए । त्यसबखत बिपी र राजाबीच फाटो ल्याउन त्यसो गरिएको भन्ने चर्चा चलेको थियो । स्वदेश फर्केर सो घटनाको जानकारी पाएका बिपी तत्कालीन शासकहरूस“ग केही रिसाएका थिए । तर, उनले आपूmलाई सम्हाले र राजा र काङ्ग्रेसबीच वैमनस्य ल्याउन सक्रिय तत्त्वहरूको मनोकाङ्क्षा पूरा हुन पाएन ।
बिपी कोइराला प्रजातन्त्रलाई जति महत्त्व दिन्थे, राष्ट्रियतालाई पनि त्यत्तिकै महत्त्व दिन्थे । उनको हृदयमा देशप्रेमको भावना भरिभराउ हुन्थ्यो । एकपटक २०३६ सालताका खुलामञ्चमा आमसभामा बोल्ने क्रममा उनले भाव विह्वल हु“दै भनेका थिए ः ‘देशका बारेमा निर्णय गर्दा कुनै शङ्का वा द्विविधा भएमा जमिनबाट एक मुट्ठी माटो लिएर छातीमा छुवाउनू र दिललाई सोध्नू, जे उत्तर आउ“छ त्यही गर्नू ।’
वि.सं. २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कंदा बिपीले देशवासीका नाउ“मा जारी गरेको सन्देशमा भनेका छन् ः हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दिएका थियौं । नेपाली काङ्ग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ, देशको अस्तित्वको रक्षा गर्ने ।
यसरी राष्ट्रियताको सङ्कटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर एकताको सूत्रमा बा“धिनुपर्छ भन्ने उनको आह्वान सो अपीलमा उल्लिखित छ । तर बिपी प्रजातन्त्रविनाको राष्ट्रवादलाई खोक्रो राष्ट्रवादको संज्ञा दिन पनि पछि पर्दैनन् । प्रजातन्त्रविनाको खोक्रो राष्ट्रियताले राष्ट्रको रक्षा गर्ने आन्तरिक मनोबल देशवासीमा पैदा गर्दैन भन्ने उनको निष्कर्ष छ । त्यसो भएमा हामी खोक्रो राष्ट्रियताको नाराबाजीमा लाग्नेछौं र अधिनायकवादीको पक्षधर हुन पुग्छौं भनी उनी सबैलाई सचेत गराउ“छन् ।
बिपीको मेलमिलापले नेपालको राजनीतिमा दूरगामी प्रभाव छोडेको छ । प्रजातन्त्र वास्तवमा विभिन्न शक्तिहरूबीच मेलमिलापविना चल्न सक्दैन भन्ने कुरा बिपीको मेलमिलापको नीतिको सार हो । दशवर्षे जनयुद्धपछि नेपालमा शुरु भएको शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउन मात्र होइन, जनयुद्धको पीडा र घाउ शान्त पार्न पनि मेलमिलापको उत्तिकै महत्त्व रहन्छ । अहिले हामी दोस्रो संविधानसभामार्फत देशको शासनपद्धतिको मार्गचित्र नया“ संविधानमार्फत कोर्न खोज्दै छौं, यसबखत त झन् राष्ट्रिय मेलमिलापको ठूलो महत्त्व रहन्छ । अहिले सङ्क्रमणकालीन न्याय दिलाउने क्रममा पनि पीडित र पीडक पक्षबीच मेलमिलापको आवश्यकता टड्कारो देखिएको छ । मेलमिलापको सिद्धान्तविपरीत सबै शक्ति आफ्नो हातमा पार्ने रणनीति अपनाउ“दा २४० वर्ष पुरानो राजतन्त्रले नेपालबाट सदाको निम्ति बिदा लिनुप¥यो । संविधानसभामार्फत जनताको संविधान जनता आफैले बनाउने अधिकार नेपाली जनताले ६०—६५ वर्ष लामो सङ्घर्षको प्रतिफलस्वरूप आएको हो । नेपाली काङ्ग्रेसले पनि २०१४ सालमा सत्याग्रह गरेको संविधानसभाकै निम्ति थियो । तर, परिस्थिति अनुकूल नभइदि“दा त्यो कार्य अधुरो रहन गएको थियो । अहिलेका नेपाली राजनीतिक पार्टीहरूको का“धमा फेरि त्यो जिम्मेवारी आएको छ । लोकतान्त्रिक गणतन्त्रमा आधारित संविधान जतिसक्दो छिटो निर्माण गर्न सकेमा नै बिपीले शुरु गरेको प्रजातान्त्रिक आन्दोलन सार्थक निष्कर्षमा पुग्न सक्छ ।
संविधानसभाबाट संविधान बनाइनुपर्ने विचारप्रति पनि बिपी त्यत्तिकै प्रतिवद्ध देखा पर्छन् । वास्तवमा संविधानसभाको चुनावको कुरो बिपीले आजभन्दा ६ दशकअगाडि नै उल्लेख गरका हुन् । ‘२००७ सालमा राजा त्रिभुवनले ‘हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचित गरेको संविधानसभाले तर्जुमा गरेको प्रजातान्त्रिक विधानअनुसार होस् भन्ने हाम्रो इच्छा र निर्णय भएकाले ….’ भनी दिएको अभिव्यक्ति उद्धरण गर्दै बिपी भन्छन्, ‘के राजाले दिएको कुरा एकोहोरो आफूले फिर्ता लिन पाइन्छ ? दानमा दिइसकेको कुरा दाताले स्वेच्छापूर्वक फर्काउन पाइ“दैन । ….. के बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई तेह्र्रौं शताब्दीको म्याग्नाकार्ता फर्काउने अधिकार छ ?’
संविधानसभा वास्तवमा नेपाली काङ्ग्रेसको आफ्नै एजेण्डा थियो, ६० वर्षभन्दा पनि पुरानो एजेण्डा, जुन अहिले आएर पूरा हुने क्रममा छ । नेपाली जनताले आफैले चुनेका जनप्रतिनिधिहरूबाट बनाएको संविधान लागू गरून् भन्ने नेपाली काङ्गे्रसको नीतिअनुरूप नै तत्कालीन राजा त्रिभुवनले २००७ सालको क्रान्तिको सफलतापछि फागुन ७ गते दिएको शाही घोषणामा संविधानसभाबाट नया“ संविधान बन्ने कुराको घोषणा गरेका हुन् । तर, दरबारिया षडयन्त्रका कारण त्यो कहिल्यै कार्यान्वयन भने भएन । नेपाली काङ्ग्रेसको वि.सं. २००६ सालको सार्वजनिक घोषणामा भनिएको छ, ‘वर्तमान शासनको (राणाशासनको) अन्त्यपछि नेपाली काङ्ग्रेसले बालिग मताधिकारको आधारमा चुनिएका जनप्रतिनिधिहरूको एउटा परिषद् वा सभा बोलाउनेछ । यसै परिषद् वा सभालाई नेपाल जनराज्यको संविधान वा राज्य सञ्चालनसम्बन्धी नियम–कानून बनाउने सम्पूर्ण जिम्मेवारी सुम्पिनेछ ।
एक आदर्शवादी राजनेताका रूपमा बिपी
बिपी एक आदर्शवादी राजनेता थिए । उनी राजनीतिक दाउपेचमा भन्दा राजनीतिक मूल्य, मान्यता र आदर्शमा विश्वास गर्दथे । उनी राजनीतिलाई स्वस्थ र स्वच्छ रूपमा अपनाउन चाहन्थे । सायद त्यसैले होला बिपी व्यावहारिक राजनीतिमा त्यति सफल हुन सकेनन् र उनको जीवनको अधिकांश समय तानाशाही शासन व्यवस्थाविरुद्ध लड्दालड्दै बित्यो। उनले न त तानाशाही शासकहरूस“ग सम्झौता गरे न त अतिवादीहरूस“ग नै हात मिलाए क्षणिक राजनीतिक लाभका निम्ति । २०३७ सालमा राजा वीरेन्द्रले जनताको दबाबमा आएर बहुदलीय व्यवस्था र सुधारिएको पञ्चायत व्यवस्थामध्ये एक चुन्नका निम्ति घोषणा गरेको जनमतसङ्ग्रह सम्पन्न भयो र बहुदलको पक्षमा जनलहर आउ“दाआउ“दै पनि पञ्चायतका पक्षधर राजावादीहरूले अनेक जालझेल र धा“धली गरेर पञ्चायतलाई विजयी गराए । त्यसबखत बहुदल पक्षले ४६ र पञ्चायत पक्षले ५४ प्रतिशत मत हासिल गरेको थियो जनमतसङ्ग्रहमा । तर, बिपीले बहुदलको हार सहर्ष स्वीकारे एक राजनेताको जस्तो उदार हृदयले । त्यसबखत उनले भनेका थिए, ‘खेल खेल्नेले खेलको नियमलाई सम्मान गर्नुपर्छ, खेलमा भाग लिएपछि हार र जित दुवैलाई स्वीकार्नुपर्छ ।’ उनका सहकर्मी गणेश सिंहलगागत अन्य नेताहरूले धा“धली गरेर बहुदल पक्षलाई हराइयो भनी वक्तव्य दिएका थिए । तर, बिपीले एक जिम्मेवार राजनेताका रूपमा त्यस नतिजालाई सहज रूपमा स्वीकारे । यसमा उनको राजनीतिक उदारता, आदर्शवादी विचार र महान्ता झल्कन्थ्यो । पञ्चायतको विजयलाई स्वीकारेकोमा बिपीले आफ्ना पार्टीका साथीहरूको समेत आलोचना खेप्नुपरेको थियो । तर, उनले त्यसको पटक्कै पर्वाह गरेनन् । बिपीले पटकपटक भन्ने गरेका थिए, ‘म राजनीतिमा एक्लो बृहस्पति भएको छु । किनकि, म पपुलिष्ट कुरा बोल्दिन“, जे सही लाग्छ, त्यही बोल्छु ।’
उनी क्षणिक रूपमा लोकप्रिय हुनुभन्दा सिद्धान्त र आदर्शका निम्ति जिउने राजनीतिक व्यक्तित्व हुन् । बिपीले २०३३ सालमा स्वदेश फर्कंदा उनका विरुकद्ध राजद्रोहका विभिन्न मुद्दा लागेका थिए । सो मुद्दाहरूका सम्बन्धमा अदालतमा बयान दिने क्रममा बिपीले काङ्ग्रेसको नाममा भएका सशस्त्र विद्रोहलगायतका सम्पूर्ण गतिविधिहरूको जिम्मा निसङ्कोच आफूले लिएका थिए । अदालती बयानका क्रममा बिपीले एकपटक भनेका थिए, मेरो जनक्रान्तिको आह्वानबाट कसैले हतियार सङ्कलन गर्न थालेका छन् वा गरेका रहेछन् भने त्यसका लागि मेरो नैतिक जिम्मेवारी रहन्छ । त्यस्तै अर्को एक बयानका क्रममा पञ्चायती व्यवस्थाविरुद्ध हतियार उठाई सत्ता पल्टाउने आरोपमा उनीस“ग बयान लिइ“दा बिपीले भनेका थिए, ‘अहिलेको व्यवस्था अप्रजातान्त्रिक भएकाले त्यस व्यवस्थाको ठाउ“मा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने काङ्ग्रेसको उद्देश्य रहेको छ । तर, यस व्यवस्थाको ठाउ“मा नेपाली काङ्ग्रेसको सरकार स्थापना गर्ने सङ्घर्ष गर्नुपर्छ भनी मैले कहिल्यै भनेको छैन ।’
त्यसैगरी बिपीले क्रान्ति र आतङ्कको भेद स्पष्ट पार्दै आफ्नो शब्दमा भनेका छन् अदालतमा बयान दिने क्रममा, ‘म क्रान्तिकारी हु“, आतङ्कवादी होइन’ भनेर । बिपीकै शब्दमा भन्दा, क्रान्ति जनताको सक्रिय विरोधको त्यस्तो स्थिति हो, जसमा जनताले विरोधी सरकारमाथि यत्रो असह्य दबाब पार्छन् कि त्यस सरकारलाई जनताको प्रजातान्त्रिक अधिकार दिन बाध्य हुनुपर्छ । क्रान्तिको लक्ष्य व्यवस्था हुन्छ, आतङ्कको व्यक्ति । तर, म व्यक्तिगत हिंसामा विश्वास गर्दिन“, उनी स्पष्ट शब्दमा भन्छन् । बिपीको शब्दमा क्रान्ति भनेको परिवर्तन हो । उनी भन्ने गर्छन्, म नेपाली समाजको हरेक पक्षमा परिवर्तन चाहन्छु, राजनीतिक क्षेत्रमा, आर्थिक क्षेत्रमा, सामाजिक, बौद्धिक, शैक्षिक क्षेत्रमा । उनी समग्र परिवर्तनको पक्षमा छन् भन्ने कुरा उनको यस उद्गारबाट प्रस्ट हुन्छ । ‘समाजका कुपमण्डुकता, अन्धविश्वास, बौद्धिक दासता, रुढीवाद, सामन्ती मनोवृत्ति, दरिद्रता र त्यसबाट उत्पन्न हुने तमाम अवाञ्छनीय दुर्गुणहरूको अन्त्य हुनुपर्छ भन्ने विचारहरूलाई समग्र परिवर्तनको परिप्रेक्ष्यमा क्रान्तिको संज्ञा दिने चलन छ । म यसप्रकारको विचार र सिद्धान्तलाई मान्ने भएकाले पनि आफूलाई क्रान्तिवादी भन्छु,’ बिपीले सो बयानमा भनेका छन् ।
अन्तरराष्ट्रिय राजनीतिक परिस्थतिको सही र गहन विश्लेषण गर्ने क्षमता बिपीमा थियो । कुनै बखत इरानमा त्यहा“का साहन्साहका विरुद्ध प्रजातन्त्रवादीहरूले सङ्घर्ष गर्दा संयुक्त राज्य अमेरिकाले प्रजातन्त्रवादीहरूको साथ दिनुको सट्टा त्यहा“का शासकवर्गकै पृष्ठपोषण गरेको घटनालाई लक्षित गर्दै बिपीले एक विदेशी अखबारलाई अन्तर्वार्ता दिने क्रममा भनेका थिए, ‘अमेरिकाले इरानमा प्रजातन्त्रवादीहरूलाई साथ नदिएर गल्ती गरेको छ र एकदिन त्यहा“ न राजतन्त्र रहनेछ न प्रजातन्त्र र त्यो नया“ शक्ति अमेरिकाविरुद्ध लाग्नेछन् । नभन्दै इरानमा साहन्साहको अन्त्य भई सो देश आयातुल्लाह खमेनीको नेतृत्वमा धार्मिक कट्टरपन्थीहरूको कब्जामा गएको हामीले देख्यौं ।’
भियतनाममा अमेरिकाले युद्ध हारेपछि उनीहरू अब दक्षिणपूर्वी एसियाबाट बाहिरिएको स्थितिमा उनीहरूले दक्षिण एसियालाई आफ्नो प्रभावको केन्द्रबिन्दु बनाउने विश्लेषण भारतबाट मेलमिलापको नीति लिएर फर्कनुभन्दा केही समयअघि कार्यकताहरूसामु बिपीले राखेका थिए, जुन २, ३ वर्षपछि आएर सत्य सावित भयो । उनले भियतनामबाट अमेरिका पछि हटेपछि रुस र अमेरिकाबीच द. एसियामा टक्कर हुनेछ भन्ने पनि भविष्यवाणी गरेका थिए । त्यस्तै सिक्किम भारतमा विलय भएपछि द.क्षिण एशियामा राजनीतिक अस्थिरता आउनेछ र भारतको मिजोरम वा बङ्गलादेशमा समस्या आउन सक्ने भविष्यवाणी बिपीले गरेको केही समयभित्रै बङ्गलादेशमा सत्ता पल्टिएको थियो, जुन भारतको प्रतिकूल हुन गयो ।
बिपीको साहित्यिक व्यक्तित्व
बिपी कोइराला एक सङ्घर्षशील एवम् आदर्शवादी नेता मात्र नभई एक सुपरिचित साहित्यकार एवम् कथाकार पनि हुन् । आप्mनो व्यस्त राजनीतिक जीवन र तनावपूर्ण परिस्थितिबीच पनि उनले कथा र उपन्यासमा कलम चलाई नेपाली साहित्य जगत्मा आप्mनो एक विशिष्ट स्थान हासिल गरेका छन् । उनी भारतका प्रसिद्ध साहित्यकार प्रेमचन्दबाट प्रभावित थिए भनिन्छ । शुरुमा उनका सङ्क्षिप्त कथाहरू प्रेमचन्दद्वारा सम्पादित हंस नामक साहित्यिक पत्रिकामा प्रकाशित भएका थिए । उनका साहित्यक कृतिहरू बीसौं शताब्दीका प्रसिद्ध मनोवैज्ञानिक सिग्मण्ड फ्रायडबाट पनि प्रभावित छन् ।
उनी राजनीतिमा स्वतन्त्रताप्रेमी हुन् भने साहित्यमा स्वच्छन्दतावादी । ‘म राजनीतिमा एक प्रजातन्त्रवादी हु“ भने साहित्यमा अराजकतावादी’ भनी कोइराला आपूmभित्र पलाएका साहित्यरूपी सुन्दर पूmलका बारे यसरी परिचय दिन्छन् – ‘साहित्यमा त सम्राट् पनि निर्वस्त्र हुन्छ’ भनी एकपटक साहित्यकार कोइरालाले भनेका छन् । उनको कथा एवम् उपन्यासमा यौन मनोविज्ञानको सुन्दर चित्रण पढ्न पाइन्छ । नेपाली कथा साहित्यलाई यौन मनोविज्ञानमा ढाल्ने प्रथम व्यक्तिका रूपमा कोइरालालाई लिन सकिन्छ । सुम्निमा र कर्णेलको घोडा उनको यौन मनोविज्ञानमा आधारित उत्कृष्ट रचनाहरू हुन् । बिपी एक सामाजिक यथार्थवादी साहित्यकार हुन्, जसका रचनाहरूमा नारीहरूको भावनात्मक संवेग एवम् उनीहरूको सूक्ष्म मनोवैज्ञानिक विश्लेषण पढ्न पाइन्छ । जेलको लामो अत्यासलाग्दो बसाइमा पनि बिपीले समयको सदुपयोग गर्दै कथा एवम् उपन्यास कोर्दै आफ्नो सृजनात्मक प्रतिभालाई अभिव्यक्ति दिएका छन् । दोषी चश्मा, मोदिआइन उनका अर्का लोकप्रिय साहित्यिक रचना हुन् । मोदिआइनमा उनले महाभारतको लडाइ“ विधवा भएकी एक महिलाको मनोभावनाको रोचक ढङ्गले चित्रण गरेका छन् । हिटलर र यहुदी उनको यात्रा संस्मरणको क्षेत्रमा एक उत्कृष्ट कृति हो भने चन्द्रवदन उनको यथार्थ सामाजिक धरातलमा लेखिएका रोचक कथाहरूको सङ्ग्रह हो । उनका अन्य कृतिहरूमा तीन घुम्ती, श्वेतभैरवी, नरेन्द्र दाइ आदि पठनीय छन् । यसरी नेपाली साहित्यको संसारमा बिपी आफ्नो छुट्टै पहिचान बनाउत सफल भएका छन् । उनका रचनाहरू पढ्नमा सरल तर रोचक छन् । तर, राजनीतिज्ञ बिपी र साहित्यकार बिपीबीच कहिल्यै, कतै भेट भएको पाइ“दैन । साहित्यकार बिपीमा राजनीतिक बिपीको छाप कतै परेको देख्न सकिन्न ।
उपसंहार
बिपी निश्चय पनि नेपाली राजनीतिका एक युगपुरुष हुन् । उनलाई महामानव भनिए तापनि आखिर उनी पनि एक मानिस हुन् । तर, असाधारण प्रतिभाका धनी । उनका पनि मानवीय कमी कमजोरी हुन सक्छन्, जुन स्वाभाविक पनि छ । बिपी अत्यन्त दूरदर्शी र संवेदनशील मानिस हुन् राजनीतिलाई आफ्नो सर्वस्व ठान्ने । उनी ३५—३६ वर्षको युवा अवस्थामै प्रधानमन्त्रीजस्तो उच्च पदमा आसीन हुन पुगे । भनिन्छ, राजा महेन्द्रस“ग उनको व्यक्तिगत टकरावले गर्दा पनि २०१७ सालको काण्ड घटेको । भारतका तत्कालीन प्रधानमन्त्री नेहरू र उनकी सुपुत्री इन्दिरा गान्धीस“ग पनि उनको व्यक्तित्व टकराव हुनाको कारण बिपीले प्रजातन्त्र पुनःस्थापनाको लडाइ“मा दक्षिणतर्फको छिमेकीबाट त्यति सहानुभूति नपाएको भनिन्छ । त्यस्तै बिपीले कम्युनिष्टहरूस“ग सहकार्य नगर्नुका कारण पनि पञ्चायती शासन व्यवस्थाको अन्त्य गरेर प्रजातन्त्र पुनःस्थापना गर्ने कार्य उनको जीवनकालमा हुन सकेन र प्रजातन्त्र देख्न नपाई २०३९ सालमा बिपीले यस धर्तीबाट बिदा लिनुप¥यो । अखिर उनको अधुरो कार्य उनका सहकर्मी गणेशमान सिंहले पूरा गरे २०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापना गरेर । सिंहले कम्युनिष्टस“ग एकता मात्र कायम गरेनन्, छिमेकी देश भारतको समर्थन पनि प्राप्त गरे, जसका कारण जनआन्दोलन सफल भई बहुदलीय प्रजातन्त्र स्थापना भयो ।
युवा अवस्थामा बिपी एक क्रान्तिकारी तथा जुझारु नेताका रूपमा परिचित थिए भने प्रौढ अवस्थामा पुगेपछि उनी मध्यमार्गी, सहनशील र समन्वयवादी व्यक्तिका रूपमा देखापरे । कुनै बखत राजाविरुद्ध सशस्त्र क्रान्तिको नारा दिने बिपी २०३३ सालमा मेलमिलापको नीति अवलम्बन गर्न पुग्छन् । यसलाई उनको राजनीतिक परिपक्वताको संज्ञा दिन सकिन्छ । कुनै बखत क्रान्ति वा रिभोलुसनको माध्यमबाट परिवर्तन आउ“छ भनी हतियार उठाउने बिपी जीवनको उत्तराद्र्धकालमा गएर राजनीतिक, सामाजिक परिवर्तन वा इभोलुसनको माध्यमबाट परिवर्तन आउने कुरामा विश्वस्त हुन्छन् र राजास“ग मेलमिलाप गरी जनतामा राजनीतिक चेतना जागृत गराई देशलाई विस्तारै प्रजातन्त्र उन्मुख गराई परिवर्तन ल्याउने कोशिसमा लागे ।
आफ्नो अदालती बयानका क्रममा बिपीले भनेका छन्, म एउटा नरम विचार भएको वैधानिकतामा विश्वास गर्ने राजनीतिक प्राणी हु“ । कार्यकारणले परिस्थितिको बाध्यताले र आफ्नो आदर्शलाई त्याग्न नसकेर मेरो त्यस्तो नरम स्वभाव र आस्था भएर पनि मैले २००७ सालमा क्रान्तिको बाटो अ“गाल्नुपरेको थियो । बिपी जस्तोसुकै विपरीत परिस्थितिमा पनि विचलित नहुने र आफ्नो आदर्शमा अडिग रहने एक महान् प्रजातान्त्रिक योद्धा हुन् । सोही बयानका क्रममा उनी भन्छन्, ‘म जस्तो २००७ सालमा थिए“, २०१७ सालमा पनि त्यस्तै थिए“, त्यस्तै प्रजातन्त्रवादी, राष्ट्रवादी र साझावादी । परिवर्तन त बाहिर पो आयो । मेरो कुनै कारबाहीले मेरो स्थितिमा परिवर्तन आएको होइन, न मेरो भावनामा कुनै परिवर्तन आएर यसो हुन लागेको हो ।’
निष्कर्षमा भन्नुपर्दा बिपी एक क्रान्तिकारी नेता, प्रजातन्त्रका इमानदार सिपाही मात्र नभई एक आदर्शवादी र दूरदर्शी राजनेता पनि हुन् । उनी एक विचारक र क्रान्तिका प्रवर्तक मात्र नभई एक सुधारवादी एवम् कुशल प्रशासक पनि हुन् भन्ने कुरा उनले आफ्नो छोटो प्रधानमन्त्रीकालमा गरेका महत्त्वपूर्ण कार्यहरूबाट पुष्टि हुन्छ । कतिपय नेताहरू आन्दोलनको नेतृत्व गर्न र क्रान्ति सम्पन्न गर्न त सक्षम हुन्छन् । तर, देशमा राजनीतिक, सामाजिक, आर्थिक परिवर्तन ल्याउन वा प्रशासन चलाउन असफल भएको देख्न पाइन्छ । तर, बिपीको व्यक्तित्वमा ती सबै गुण र आयाम समाहित भएको हामी पाउ“छौं । एकपल्ट ग्रीस दार्शनिक प्लेटोले भनेका थिए, ‘राजा वा राजनेता या त दार्शनिक बन्नुपर्छ अथवा दार्शनिक राजा वा राजनेता बन्नुपर्छ, तब मात्र ऊ सफल हुन्छ समाजमा परिवर्तन ल्याउन ।’ वास्तवमा बिपीमा ती दुवै गुण विद्यमान थिए । उनी एक क्रान्तिकारी नेता मात्र नभई दार्शनिक, चिन्तक र विचारक पनि हुन् भन्ने कुरामा कुनै शङ्का गर्ने ठाउ“ छैन । बिपीजस्तो बहुआयामिक व्यक्तित्व भएको दूरदर्शी युगपुरुष एवम् आदर्शवादी राजनेता नेपालमा न त विगतमा कहिल्यै जन्मे भने न त निकट भविष्यमा त्यस्ता नेता हामीले पाउने सम्भावना छ । त्यसैले बिपी नेपाली राजनीतिको आकाशमा चिरकालसम्म सम्झनयोग्य एक धु्रवताराका रूपमा रहने कुरामा शङ्का नहोला ।
सन्दर्भग्रन्थहरू
१. पृष्ठ ३, एम.पी. कोइराला ः ए रोल इन रिभोलुसन
२. डकुमेन्ट्स एण्ड स्पिचेज, चाउ एन लाईज भिजिट टु बर्मा, इण्डिया एण्ड नेपाल, १९६०
३. पृष्ठ ३३३, विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त
४. स्मारिका, नेपाली काङ्ग्रेसको १२औं महाधिवेशन, २०६७
५. बिपी कोइरालाको अदालतको बयान, २०६९
अन्य सन्दर्भ सामग्रीहरू
— बिपी कोइरालाका सार्वजनिक भाषणहरू
— विभिन्न पत्रपत्रिकामा प्रकाशित बिपीका अन्तर्वार्ता
लेखकको परिचय
नाम ः शिरीषबल्लभ प्रधान
उमेर ः ५२ वर्ष
पेशा ः पत्रकारिता
शैक्षिक योग्यता ः व्यापार प्रशासन तथा व्यवस्थापनमा स्नातकोत्तर
ठेगाना ः ताहाचल, का.म.न.पा. १३ वडा, काठमाडौं