समाचार
नेपालगञ्जको एक स्वास्थ्य क्लिनिकमा आगलागी
बैशाख १६÷नेपालगञ्जको धम्बोझीचोक नजिक एक स्वास्थ्य क्लिनिकमा आगलागी भएको छ । स्वास्थ्यकर्मी जीवन शर्माको क्लिनिकमा विद्युत् तार सर्ट भएर गएराति आगलागी हुँदा लाखाँैको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाके ले जनाएको छ आगलागीबाट पसलमा रहेका सम्पूर्ण औषधि, फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको छ ।स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ । क्षतिको पूर्ण विवरण भने अझै नआएको प्रहरीले जानकारी दिएको छ ।
