समाचार
ललितपुरमा भिषण आगलागी
११ जेष्ठ, काठमाडौ ÷ललितपुरको भिमसेनस्थान नजिकै एक घरमा आगलागी भएको छ । शुक्रवार बिहान नरहरिप्रसाद लाखेको तीनतले कच्ची घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो काठमाडौं, ललितपुर र भक्तपुरको दमकलसहित पानी ट्याङकीको सहयोगमा स्थानीय र प्रहरीले निभाएका छन् । प्रहरीका अनुसार मान्छे नबस्ने घरमा आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको र क्षतिको विवरण संकलन गर्ने काम भैरहेको प्रहरीले जनाएको छ ।
