समाचार
विदेशबाट फर्किनेहरुलाई रक्सी ल्याउन प्रतिवन्ध
२० जेष्ठ, काठमाडौैँ÷सरकारले विदेशबाट फर्किनेहरुलाई रक्सी ल्याउन प्रतिवन्ध लगाएको छ । नयाँ आर्थिक विधेयकमा विदेशबाट फर्किएका नेपालीले भन्सार नतिरी रक्सी ल्याउन पाउने सुविधा हटाएको हो । यसअघि एक लिटरसम्म मदिरा विदेशबाट फर्किनेले लिएर आउन पाउँथे । अब भने त्यस्तो सुविधा हटाइएको भन्सार विभागले जनाएको छ । सरकारले यो सुविधाका कारण वाषिर्क एक अर्ब रुपैयाँ राजश्व गुमेको ठहर गर्दै हटाएको हो ।
