समाचार
चितवनमा बस बस पल्टिँदा १५ जना घाइते
१७ आषाढ ÷चितवनको खैरहनी नगरपालिका १ मा आइतवार विहान गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगन्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो ।
दुर्घटनापछि घाइतेमध्ये सात जनाको पुरानो मेडिकल कलेजमा उपचार थालिएको छ । जसमध्ये एकको अवस्था गम्भीर रहेको छ । अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
