समाचार
इलाममा स्कुल बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते
२८ साउन, इलाम÷मेची राजमार्गअन्तर्गत इलाम नगरपालिमा आज स्कुल बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते भएका छन्। बाघखोरमा भएको दुर्घटनामा घाइतेमध्ये ११ जनाको इलाममा उपचार हुन नसकेपछि झापाको बि एन्ड सी अस्पताल लगिएको छ ।
इलाम र पाँचथरको सीमा राँकेबाट विद्यार्थी लिएर आउँदै गरेको साखेजुङस्थित आशादीप बोर्डिङ स्कुलको मे १ ख १९५५ नम्बरको बस दुर्घटनामा परेको हो । विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिनेक्रममा सडकबाट करिब १५ मिटर तल खसेर बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेमध्ये ३ जनाको इलाम अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बस चालक इलाम नपा १ का ३८ वर्षे दिलबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ।
