१८ भदौ, चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपचार सेवा नै ठप्प पार्दै आएका चिकित्सकहरुको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् ।
चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले सोमबार गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले उनीहरुका जायज माग सम्वोधन हुनुपर्ने बताए ।
तपाईं नै प्रधानमन्त्री भएको बेला संहिता जारी गर्नुअघि चिकित्सकहरुसँग छलफल र परामर्श गर्नु भएन भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले छलफल गरेर नै ल्याएको प्रतिक्रिया दिए ।
![nema](https://bpbichar.com/wp-content/uploads/2021/02/ezgif-5-564eeda8000c.gif)