समाचारसंस्था गतिबिधी

स्व विष्णु आचार्य निष्टाका प्रतिक ः कुल वहादुर गुरुङ्ग

 
नुवाकोट, भाद्र २५ गते ,
नेपाली कांग्रेस नुवाकोटका पुर्व सभापति एवं वी। पी। विचार राष्ट्रिय समाज नुवाकोटका सभापति स्व । विष्णु आचार्यको ४५औ पुन्य तिथिमा आज नुवाकोटको विदुरमा शोकसभा सम्पन्न भएको छ । उक्त शोक सभालाई सम्वोधन गदै नेपाली कांग्रेसका पुर्व महामन्त्री एवं वी। पी। विचार राष्ट्रिय समाजका सभापति कुल वहादुर गुरुङ्ग।ले भन्नु भयो स्व। विष्णु आचार्य निष्टाका प्रतिक हुनुहुन्थ्यो । उहाले कहिल्यै पदको प्रलोभनमा पर्नु भएन । निरन्तर पार्टि र प्रजातन्त्रको लागी कृयाशिल रहनु भयो । उहा जस्ता निष्टावान व्यक्तीको अनुसरण गर्न सकेमा मात्र नेपाली कांग्रेसलाई पहिलेको अवस्थामा प¥याउन सकिन्छ ।

उहाले भन्नु भयो— अहिले नेपाली कांग्रेसको यो अवस्था हुनुमा पार्टि नेतृत्वले सिद्धान्तलाई भन्दा सत्तालाई प्राथमिकता दिएको छ । सत्तालाई प्राथमिकता दिदानै कांग्रेसमा विचलन आएको हो । त्यसैले वी।। पी। कोइरालाले देखाउनु भएको वाटो अवलम्वन गर्नुको कुनै विकल्प नरहेको उहाले भन्नु भयो । समारोहमा वोल्नु हुदै कांग्रेस पुर्व सहमहामन्त्री एवं वी। पी। विचार राष्ट्रिय समाजका सह सभापति गोविन्द राज जोशीले स्व। विष्णु आचार्य पंचाएतका क्रुर दिनहरुमा प्रजातन्त्रको दियो निरन्तर रुपका जगाई रहने एक निष्टावान व्यक्ती हुनुहुन्थ्यो । उहा जस्ता व्यक्तीहरुको अवमुल्यन गर्दा नेपाली कांग्रेस आज यो अवस्थामा आई पुगेको हो । नेपाली कांग्रेसमाआ आएको सैद्धान्तिक विचलन र व्यवस्थापकीय कमजोरीले आज नेपाली कांग्रेसको यो अवस्था भएको हो । यसलाई महसुस नगर्दा सम्म कांग्रेसमा सुधार नहुने कुरा वताउनु भयो ।

वी। पी। विचार राष्ट्रिय समाजका महा सचिव विनय ध्वज चन्दले भन्नु भयो स्व। विष्णु आचार्य एक अनुकरयाीय व्यक्ति हुनुहुन्थ्यो । उहा जस्ता आदर्शवान व्यक्तीको मुल्याड।कन नहुदा आज नेपाली कांग्रेसको यो अवस्था भएको हो भन्नु भयो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं सांसद वहादुर सिंह लामाले स्वर्गिय विष्णु आचार्यले नुवाकोट जिल्लामा नेपाली कांग्रेसको संगठन निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको थियो भन्नु भयो । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह के सी। ले स्व। विण्ण्ु आचार्यको योगदानको चर्चा गर्नुहुदै नुवाकोटमा नेपाली कांग्रेसको संगठन निर्माणमा उहाको महत्वपुर्ण भुमिका रहेको र पार्टिको संगठनमा मात्र नभै सामाजिक क्षेत्रमा पनि उहाको ठुलो योगदान रहेको उल्लेख गर्नु भयो । वी। पी। विचार राष्टिय समाज नुवाकोटका सभापति श्री प्रमोद रिमालको सभापतित्वमा सम्पन्न उक्त शोक सभामा लक्ष्मण श्रेष्ट , रामेस्वर उपाध्याय , राजु थापा , केशव खडका , वाषु सापकोटा , भरत खडका , राम कृष्ण थापा , कृष्ण कुईकेल , विष्णु प्रसाद अधिकारी , स्व विणु आचार्यको छोरा पत्रकार दिनेस आचार्य , शिव चित्रकार ,डिल्लि प्रसाद ढकाल ,विन्दा अर्याल , शिव देवकोटा मोहन वहादुर खडका ,अप्सरा थापा ,सोम प्रसाद पाण्डे , दिनेश खनाल ,उतसव अर्याले स्व ।आचार्य प्रति श्रद्धान्जल्ी व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सूरुमा एक मिनेट मौन धारण गरीएको थियो ।
 

nema
Show More

Related Articles

Check Also
Close
Back to top button