नेपाली कांग्रेससमाचार

सरकारको कार्यशैलीबाट जनताले समृद्धिको आशा गर्नु ठूलो भूल ः काँगे्रस नेता महत

पोखरा÷ नेपाली कांग्रेसका सह—महामन्त्री डा.प्रकाशशरण महतले सरकार अधिनायकवादतर्फ अघि बढेको आरोप लगाएका छन् । सरकारले संवैधानिक निकायलाई कमजोर बनाएर अधिनायकवादतर्फ अगाडि बढेको उनले बताए ।
पोखरामा आइतबार नेपाल प्रेस युनियन कास्कीको आयोजनामा भएको पत्रकार सम्मेलनेमा डा. महतले दुई तिहाईको बलमा अधिनायकवादतर्फ सरकार उन्मुख भएको जिकिर गरे ।
डा. महतले सरकारले अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संथालाई नियन्त्रणमा लिएर अधिनायकवाद र संस्थागत भ्रष्टाचारमा जुटेको आरोप लगाए।अरबौ रुपैयाँ भ्रष्टाचार भएका मुद्दा बाहिर आउँदा समेत अख्तियारलगायतका संस्था मौन बसेको पनि उनले अरोप लगाए। प्रधानमन्त्री ओलीको कार्य शैलीबाट जनताले समृद्धिको आशा गर्नु ठूलो भूल हुने महतले बताए।
यस्तै कार्यशैलीले दुई अंकको आर्थिक वृद्धि हुन नसक्ने उनले ठोकुवा गरे।
प्रेसमाथि अंकुश लगाउने सरकारको शैलीप्रति पनि उनले बिरोध गरे।उनले संसदमा पेश गरिएको मिडिया काउन्सिल विधेयकलाई नेपाली कांग्रेसले कुनै पनि हालतमा पास गर्न नदिने बताए।

nema
Show More

Related Articles

Back to top button