समाचारनेपाली कांग्रेस
नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको ७४ वर्षको उमेरमा निधन
काठमाडौं– नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको ७४ वर्षको उमेरमा निधन भएको छ। ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका उनको शनिवार राति ९ बजेर २० मिनेटमा खुमलटारस्थित घरमै निधन भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।
बाँस्तोलालाई २०६९ पुस १४ गते मोरङ विराटचोकमा कुलपूजा गर्ने क्रममा मस्तिष्काघात भएको थियो। त्यसयता उनी अचेत अवस्थामा थिए।
उनका श्रीमती र दुर्इ छोरी छन्। काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री समेत रहेका बास्तोला भारतका लागि पूर्व राजदूत समेत थिए।
