समाचार

अविरल बर्षापछिको बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ८८ पुग्यो

काठमाडौं । एकहप्तासम्मको अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानमा परि मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।
गृह मन्त्रालयका अनुसार ३१ जना अझै बेपत्ता छन् । ३३६६ जना भन्दा बढीको उद्धार भएको जनाइएको छ ।
सबैभन्दा बढी असर परेको रौतहटमा अझै पनि उद्धारको काम जारी छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार ४१ जना घाइते भएकामा ११ जना अस्पतालमै उपचाररत रहेका छन् । बाँकी भने घर फर्किसकेका छन् ।
प्रहरीले तथ्याङ्क संकलन र राहत वितरण कार्य तिव्ररुपमा भइरहेको जनाएको छ । बुधबारमात्रै अवस्था बुझ्न हेलिकोप्टरको प्रयोग गरी गएका गृहमन्त्री रामबहादुर थापा बादल लगायतको मन्त्रीपरिषदको टोली पीडितसामु समेत नपुगी सैन्य ब्यारेक पुगेर फर्केपछि भने पीडितले आक्रोश पोखेका छन् ।

nema
Show More

Related Articles

Back to top button