समाचार

विश्व रेडक्रस दिवस मनाईयो

२५ वैशाख, काठमाडौैँ÷ आज विश्व रेडक्रस दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । रेडक्रस सोसाइटीका संस्थापक जाँ हेनरी ड्युनाको सम्झनामा हरेक वर्ष मे ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय मानवीय सहायता, मानव जीवन र स्वास्थ्यको रक्षा, सबैप्रति आदर र विपद्लाई कम गर्ने उद्धेश्यका साथ स्थापना भएको रेडक्रसमा अहिले विश्वका झण्डै २ करोड मानिस स्वयम्सेवकका रुपमा कार्यरत छन् । नेपालमा २०२० सालमा स्थापना भएको रेडक्रस सोसाइटीको अहिले सबै जिल्लामा शाखा र १ हजारभन्दा बढी उपशाखाहरु छन । नेपाल रेडक्रसमा हाल ११ लाखभन्दा बढी स्वयंसेवक आवद्ध छन ।

nema
Show More

Related Articles

Back to top button