breakingसमाचारनेपाली कांग्रेस
नेपाली काँग्रेस महासमिति बैठक एक दिन पछि स¥यो
काठमाडौँ — नेपाली कांग्रेसको मङ्सिर २८ देखि पुस ३ गतेसम्म राजधानीमा गर्ने भनिएको महासमिति बैठक एक दिन पछि सरेको छ । कांग्रेस स्रोतका अनुसार प्रदर्शनी मार्गस्थित भृकुटी मण्डपको हलमा गरिने भनिएको महासमितिको बैठक २९ गतेदेखि ४ गतेसम्म हुने पक्का भएको हो ।
स्रोतका अनुसार भृकुटी मण्डपस्थित हल २८ गतेका लागि खाली नभएका कारण २८ गते महासमिति सदस्यहरुको रेजिस्ट्रेसन लगायतको काम गर्ने र २९ गते बैठक उद्धघाटन गर्ने कार्यक्रम तय भएको छ । तर, यो निर्णयलाई औपचारिक रुपमा पारित गर्न भने बाँकी रहेको काँगे्रस स्रोतले बताएको छ ।
कांग्रेसको नयाँ विधानको मस्यौदामा सहमतिका लागि प्रयास पनि जारी रहेको बताइएको छ ।
