breakingसंस्था गतिबिधीनेपाली कांग्रेस

४३ औैँ राष्ट्रिय मेलमिलाव दिवसमा के भने पूर्वप्रधानमन्त्री माधव नेपालले ?

१६ पौष, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजले ४३ औैँ राष्ट्रिय एकता र मेलमिलाव दिवश चियापान कार्यक्रम आयोजना गरि मनाएको छ । राजधानीको धुम्रबाराह पार्टी प्यालेस धुम्बाराहीमा आयोजना गरिएको कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाल लगायतका नेता तथा कार्यकर्ताहरु सहभागि भएका थिए । कार्यक्रममा आफ्नो भनाई राख्दै नेता नेपालले राष्ट्रिय मेलमिलाव दिवशको अझै पनि सान्दर्भिकता रहेको बताए ।
 

 
यसअघि वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सभापति केवी गुरुङले पानसमा वत्ती बालेर चियापान कार्यक्रमको उद्घाटन गरेका हुन । कार्यक्रममा आफ्नो मन्तब्य राख्दै गुरुङले देशको परिस्थिति अझै नाजुक बन्दै गएकाले वी.पी कोइरालाको राष्ट्रिय मेलमिलावको नीति आजपनि सान्दर्भिक रहेको उल्लेख गरे ।
वीपी विचार राष्ट्रिय समाजले आयोजना गरेको कार्यक्रममा भारतका मिसन उपप्रमुख डाक्टर अजय कुमारको उपस्थिति रहेको थियो । कार्यक्रममा समाजका केन्द्रीय सहसभापति गोविन्दराज जोशी, नेपाली काँगे्रसका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको भब्य सहभागिता रहेको थियो ।
 
२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्कनुभएको सम्झनामा यो दिवस मनाइने गरिएको छ । आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किनुभएको थियो । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो । त्यसपछि २०२५ सालमा वीपीसहितका कांग्रेस नेता भारत प्रवासमा जानुभएको थियो ।
तर मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका कांग्रेस नेतालाई तात्कालीन पञ्चायत व्यवस्था र राजासमेतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको त्यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।
कार्यक्रमको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

nema
Show More

Related Articles

Back to top button