समाचारनेपाली कांग्रेस

दुवै क्षेत्रमा क्षेत्रीय भेला गर्ने नेपाली कांग्रेस तनहुँको निर्णय

११ चैत, तनहुँ÷ नेपाली काँगे्रस जिल्ला कार्यसमिति तनहुँको बैठक जिल्ला पार्टी सभापति डिल्लीराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ । पार्टी कार्यालय दमौलीमा आइतबार बसेको बैठकलाई सम्बोधन गदै नेपाली काँगे्रसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले वीपीको विचारलाई काँगे्रसले अनुशरण गर्न नसक्दा काँगे्रस कमजोर बनेको बताए । नेपाली काँगे्रसमा गुट उपगुटले पार्टीलाई कमजोर बनाएको तर्क गदै उहाँले वीपीको विचारलाई अनुशरण नगरेर चुनावमा टिकटको किनवेच भएकाले अघिल्लो चुनावमा काँगे्रस कमजोर बनेको बताए । जोशीले हरेक काँगे्रस कार्यकर्ताहरुलाई वीपीको वाटोमा हिड्न आग्रह समेत गरे ।

बैठकले तनहुँ क्षेत्र नंवर १ र २ को क्षेत्रीय भेला गर्ने निर्णय गरेको छ । साथै बैठकमा क्षेत्र नंवर १ का सभापति सभापति भिमबहादुर अधिकारीले १ नंवर क्षेत्रको प्रतिवेदन र क्षेत्र नंवर २ का सभापति धु्रवकुमार श्रेष्ठले क्षेत्र नंवर २ को प्रतिवेदन प्रस्तुत गरेका थिए ।


सो बैठकले क्षेत्रीय सभापतिहरुको प्रतिवेदनअनुसार क्षेत्रीय समितिहरु गठन गरेको छ । क्षेत्र नंवर १ को क्षेत्रीय उपसभापतिमा प्रीतम गुरुङ, सचिवमा राजु बानियाँ, र कृष्ण विमल सोती, सह—सचिवमा प्रेमबहादुर अधिकारी, कोषाध्यक्षमा लिलचन्द्र पाण्डे, लगायत २१ सदस्यीय क्षेत्रीय समिति गठन गरिएको छ । बैठकको क्षेत्र नंवर १ को क्षेत्रीय समितिको बैठक आगामी चैत २५ गते बस्ने निर्णय गरेको नेपाली काँगे्रस तनहुँले जनाएको छ ।


यसैगरी क्षेत्र नंवर २ का उपसभापतिमा लेमबहादुर थापा, सचिवमा निलकण्ठ सिग्देल, लगायत २१ सदस्यीय क्षेत्रीय समितिको गठन गरेको छ । बैठकले चैत २३ गते दमौलीको बेलचौतारामा क्षेत्रीय समितिको बैठक बोलाइएको जनाएको छ । साथै समितिको बैठकले हरीशरण पण्डितलाई प्रवक्ता तोकेको छ ।

बैठकलाई सम्बोधन गदै नेपाली काँगे्रस तनहुँका सभापति डिल्लीराम अधिकारीले नेपाली काँगे्रस तनहुँको वर्तमान कार्यसमितिले वीपीको विचारलाई जनस्तरसम्म पु¥याउने अठोट गरेको हुँदा सम्पूर्ण इमान्दार कार्यकर्ताहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।
बैठकमा नेपाली काँगे्रसकी पूर्व सभासद उर्मिला थापाको पनि उपस्थिति रहेको थियो ।

nema
Show More

Related Articles

Back to top button