अन्तर्वार्तानेपाली कांग्रेस

रामचन्द्र दाइले सभापतिमा चुनाव जित्नका लागि अब चमत्कार गर्नुपर्छ ।

रामचन्द्र दाइलाई सहयोग नगर्ने होइन । त्यो सम्भावना पनि छ । तर प्रतिस्पर्धा हुन्छ, त्यसमा उहाँ सफल हुने सम्भावना कम देख्छु । रामचन्द्र दाइलाई सबैले सहयोग गरे मात्रै चुनाव जित्नुहुन्छ, नत्र फेरी शेरबहादुरजीले नै जित्नुहुन्छ । रामचन्द्र दाइले सभापतिमा चुनाव जित्नका लागि अब चमत्कार गर्नुपर्छ ।
राष्ट्रिय राजनीतिका कांग्रेस पछि पर्दै गएको हो ?
कांग्रेस धेरै पछाडि परेका छैनौँ । अलिकति प्रयास गर्ने हो भने अहिले पनि सबैलाई उछिन्न सक्छौँ ।
आन्तरिक द्धन्द्ध र गुटले ग्रस्त कांग्रेस कसरी अगाडि आउन सक्छ ?
हो, अहिलेको अवस्थामा समस्या छ । महाधिवेशन आउँदैछ । मेरो प्रयास के रहन्छ भने कांग्रेसलाई एकजुट बनाएर लैजाने । महाधिवेशनसम्म एकजुट हुन सक्यौँ भने आगामी चुनावमा हामी सफल हुन्छौँ ।
महाधिवेशन अगाडि कसरी एक हुन्छ कांग्रेस रु केके आधार छन् ?
महाधिवेशनका बेला चुनाव लड्नका लागि केही ध्रुविकरण हुन सक्छ, जुन स्वभाविक हो । तर महाधिवेशनपछि पार्टी एक हुन्छ । तपाई ढुक्क हुनुस् । हामीहरु कम्युनिष्टसँग जुध्नुछ । त्यसका लागि हामी एक हुनैपर्छ ।
तपाईले यसअघिको महाधिवेशनअघि पनि कांग्रेसलाई एकतावद्ध बनाउँछु भन्नुभएको थियो । महामन्त्री बन्नुभये । तर एकतावद्ध बनाउन त सक्नुभएन नि ?
मैले निरन्तर प्रयास गरिरहेको छु । महाधिवेशनअघि नै पार्टी एक गर्न सकिए त झनै राम्रो । महाधिवेशन यस्तो अवसर हो, जसले सभापति लगायतका पदाधिकारी चयन गर्छ । त्यसबेला केही गुट बनिहाल्छ । त्यसकारण अब महाधिवेशनअघि एकतावद्ध बनाउन कठीन छ । तसर्थ महाधिवेशनपछि पार्टी एक हुन्छ ।
बको महाधिवेशनले कसलाई नेतृत्वमा ल्याउने सम्भावना छ ?
तल्लो तहका नेता तथा कार्यकर्ताले पनि नेतृत्व तहका नेताहरु एकतावद्ध भइदिन आग्रह गरेका छन् । यसलाई मैले मनन गरेको छु । अरु नेताहरुले पनि बुझ्नु जरुरी छ । ६–७ जना नेताहरु नेतृत्वका लागि दौडमा हुनुहुन्छ । उहाँहरुले पनि देशभरीका नेता कार्यकर्तालाई भेटेर राय लिनुपर्छ । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह, म, अरु पनि छन् । सबैले एकअर्काको राय बुझ्नुपर्छ ।
तपाई सभापतिको उम्मेदवार बन्ने कि नबन्ने ?
सभापति बन्ने ईच्छा त सबैको हुन्छ । मेरो पनि छ । साथीहरुले भोट दिए पनि सफल हुने हो । तर म उम्मेदवारी दिन्छु । पछि हट्दिन । तर अहिले नै भन्न हतार हुन्छ ।
कोइराला परिवारबाट एक जना मात्रै उम्मेदवार बन्नुहुन्छ त ?
सकेसम्म एक जना मात्रै बन्छौँ । यसका लागि हामी तीन जना बसेर छलफल गर्छौँ । सुजाता दिदिको स्वास्थ्यले दिदैन । शेखर दा र ममध्ये एक जना उम्मेदवार बन्छौ ।
तपाईहरुबीचका छलफल भएको छैन ?
केही छलफल भएको छ । सुजाताले आफैले नै स्वास्थका कारण सभापतिमा अघि नसर्ने बताएकी छिन् । तपाईहरु २ जनामध्ये एकजना लड्नुस भन्ने सुझाब छ ।
तपाई र शेखरबीचमा छलफल भएको छ कि छैन ?
हामी दुई जनाबीचमा पनि केही अण्डरस्ट्याण्डिङ त हुनैपर्यो नि ।
भनेपछि अब कांग्रेसको नेतृत्व कोइराला परिवारबाट बाहिर जाँदैन ?
हाम्रो परिवार भनेको कोइराला होइन, सिङ्गो कांग्रेस पार्टी नै हाम्रो परिवार हो । रगतको राजनीति मात्रै होइन । म त भिमबहादुर तामाङ र शुशील कोइरालाको काखमा हुर्किएको हुँ ।
देउवा र पौडेललाई तपाईको सुझाब के छ ?
अबको दिनहरुमा तपाईहरुले युवाहरुलाई अगाडि बढाउनुस् । साइडमा बसेर सहयोग गर्नुस् । उहाँहरुले पार्टीभित्र धेरै दुःख गर्नुभएको छ । हामीले उहाँहरुलाई सम्मान दिनुपर्छ ।
देउवा र पौडेल मान्नुहुन्छ त ?
उहाँहरु मान्नुहुन्न । देउवा र पौडेल दुवैजना मान्ने अवस्थामा हुनुहुन्न । यस विषयमा बेलाबखतमा कुरा भएको छ । उहाँहरु मान्नुभएन भने देउवा, पौडेल र मबीचमा सभापतिका लागि प्रतिस्पर्धा हुन सक्छ ।
रामचन्द्र पौडेलले सहयोग गर्नुभएन भने तपाई सभापति बन्न सक्नुहुन्छ ?
उहाँहरुले सहयोग गर्नुभएन भने त कसरी सभापति बन्ने ? सबैको सहयोग चाहिन्छ । त्यसैले रामचन्द्र पौडेललाई पनि मिलाएर लैजाने प्रयास गर्छु । शेरबहादुरजीसँग पनि म आग्रह गर्छु । तर देउवाले आफैँ सभापतिमा उम्मेदवारी दिने संकेत गर्नुभएको छ ।
तपाईले रामचन्द्र पौडेललाई सहयोग गर्ने सम्भावना कति छ ?
रामचन्द्र दाइलाई सहयोग नगर्ने होइन । त्यो सम्भावना पनि छ । तर प्रतिस्पर्धा हुन्छ, त्यसमा उहाँ सफल हुने सम्भावना कम देख्छु । रामचन्द्र दाइलाई सबैले सहयोग गरे मात्रै चुनाव जित्नुहुन्छ, नत्र फेरी शेरबहादुरजीले नै जित्नुहुन्छ । रामचन्द्र दाइले सभापतिमा चुनाव जित्नका लागि अब चमत्कार गर्नुपर्छ ।
त्यसोभए देउवालाई रोक्नका लागि पनि तपाईको आवश्यकता हो ?
हो ।
कृष्णप्रसाद सिटौलाको समर्थन पनि चाहिएला नि ?
पहिला साथीहरुसँग छलफल गरेर निधोमा पुग्नुपर्छ । उहाँपनि महत्वपूर्ण व्यक्ति हो । म उहाँलाई पनि समावेश गर्छु । अरु नेताहरुलाई पनि समेट्ने प्रयासमा छु ।
महासमितिको बैठक समयमै हुन्छ त ?
मंसिर ५ मा बैठक गर्ने भनेको हो । तर कात्तिक २१ देखि २७ गतेसम्म विदा भएकाले बैठक सर्ने सम्भावना छ । तर मंसिर महिनाभित्रै बैठक बस्छ ।
अहिलेको सरकारको कामलाई कसरी लिनुभएको छ ?
सरकारलाई दुई तिहाईको दम्भ छ । बलात्कारको यति धेरै घटनाहरु भइरहेका छन् । खै सरकारको प्रभावकारिता । नौ महिना भइसक्यो, ५ वर्षमा केके काम गर्ने भन्ने खाका नै छैन । पहिलेदेखिकै खाकालाई पछ्याईरहेका छन् । विगतमा पनि कम्युनिष्टहरु सरकारमा थिए, के काम गरे रु अहिले मूल्यवृद्धि आकासिएको छ । कुखुरा बेच्नेलाई पनि कर लिएर देश विकास हुन्छ । कांग्रेस सरकारमा भएको भए यि समस्या हुँदैन थिए ।
नेपाली रेडियो नेटवर्कसंगको कुराकानीमा आधारित

nema
Show More

Related Articles

Back to top button