विचार

स्वर्गीय नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारको योगदान

ओम श्रेष्ठ
विकास प्रेमी, ईमानदार तथा लोकतान्त्रिक व्यवस्थाको कट्टर पक्षपाती नेपाली कांग्रेसका नेता तथा मेरो प्रेरणाको अजस्र स्रोत तथा आदर्श पुरुष रामकृष्ण ताम्राकार आज ३:३० बजे तिर उपचारको क्रममा काठमाडौमा निधन भएको खबरले स्तब्ध भएको छु र स्वर्गीय नेता ज्युको आत्माको चिरशान्तिको कामना गर्दछु्।

देशमा लोकतान्त्रिक व्यवस्थाको पुनर्वहाली गर्दै लोकतान्त्रिक शासन व्यवस्थाकै माध्यम बाट समतामूलक समाज स्थापनाको लागि पंचायती व्यवस्थाको विरुद्ध लामो संघर्ष गर्ने क्रममा कहिले देशै छोडी भारतमा प्रवास त कहिले जेलको चिसो छिंडिमा रात बिताउनु भएका रामकृष्ण ताम्राकार यथार्थमा ‘मेकावेलियन राजनीतिक-दृष्टि’ भएका तथा भ्रष्ट तथा बेइमान नेता नभई, आफ्नो आचरणमा शुद्धता, माथिल्लो श्रेणिको आध्यात्मिक ज्ञानले ओतप्रोत भएका तथा गान्धिवादी राजनीतिक-चेत तथा दृष्टिकोण राख्नु हुने अत्यन्तै दुरदर्शि नेता हुनु हुन्थ्यो ।
२०४६ सालमा भएको लोकतान्त्रिक व्यवस्थाको पुनर्वहाली पश्चात् पटक-पटक मन्त्री हुनुभैइ आफ्नो गृह जिल्ला तथा राष्ट्रकै विकासमा सकारात्मक दुरगामी असर पार्न सक्ने दीर्घकालीन योजनाहरु दिनुका साथै ईमानदारिता तथा प्रभावकारी नेतृत्वदायी क्षमता प्रदर्शन गर्नु भएकै कारण युगपुरुष स्व. गिरिजा प्रसाद कोइरालाको विशेष विश्वास प्राप्त गर्न सफल हुनु भएका थिए स्वर्गीय ताम्राकारले ।आफ्नो गृह जिल्ला रुपन्देहीको विकासमा विशेष योगदान दिनु भएका, जस्तै: भैरहवाको युनिभर्सल मेडिकल कलेज, बेलहियामा अवस्थित SEZ( Special economic zone), भैरहवा भिम अस्पतालको माथिल्लो तल्लाको निर्माण तथा स्तरोन्नति, गौतम बुद्धि अन्तर्राष्ट्रिय विमानस्थल,थुप्रै बाँधहरु, सडक, पुल तथा कुलो निर्माणमा मुख्य भुमिका निर्वाहा गर्नुभएको रामकृष्ण ताम्राकारको लागि विकासको एजेन्डा नै पहिलो प्राथमिकता भएको कारण Inter-personal-relation तथा Interpersonal skill मा उहाँको केही कमजोरी थियो नै।
तर अत्यन्तै ईमानदार, विकासको लागि दुरगामि प्रभाव पार्न सक्ने एजेन्डा तैयार पारी त्यसको कार्यन्वयनको लागि आफ्नो चित्तलाई एकाग्र पार्नसक्ने र त्यसैमा लागिरहने, आफ्नो कार्यकर्तामात्र नभई समग्र जनताको स्वार्थ लाई प्राथमिकतामा राख्ने तथा ‘उद्देश्य राम्रो भएर मात्र हुदैन, त्यो उद्देश्य प्राप्तिको साधन पनि राम्रो हुनुपर्छ’ भन्ने सिद्धान्त-निष्ठ व्यक्ति हुनुहुन्थ्यो रामकृष्ण ताम्राकार ।
नेपाली कांग्रेसको केन्द्रिय कोषाध्यक्ष हुँदा दुई टुक्रामा बिभाजित भएको नेपाली कांग्रेसलाई पुन एउटै पार्टी बनाउन तथा पुर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको बिचमा पुलको भुमिका निर्वाह गरि पार्टी एकीकरणमा महत्वपुर्ण भुमिका निर्वाहा गर्नु भएका रामकृष्ण ताम्राकारले नेपाली कांग्रेसको केन्द्रिय पार्टी कार्यालय निर्माणमा महत्वपुर्ण भुमिका मात्र निर्वाह गर्नु भएन कि , बरु त्यसको अतिरिक्त भैरहवामा अवस्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय निर्माणमा एकल भुमिका निर्वाहा गरि नेतृत्व लिनु भयो।
सदैव, बिहान-बेलुकी इश्वरको आराधनामा ध्यान गर्नु हुने, शरीरको भौतिक पक्ष भन्दा आत्मीक पक्षलाई महत्व दिनु हुने आध्यात्मिक चक्षु खुलेको, अत्यन्त असल व्यक्तित्व रामकृष्ण ताम्राकारको निधनले देशमा ईमानदार नेताको खडेरी परेको बेलामा ठुलो क्षति पुर्याएको मैले महसुस गरेको छु।
म दिवंगत आत्माले बैकुण्ठबाँस पाओस भन्दै सम्पुर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरोस भनी कामना गर्दछु। र साथै उहाँ संगको २८ वर्षको सत्संग तथा राजनीतिक यात्रा तथा अनुभवलाई सदैव मानसपटलमा जिवन्त राख्दै अगाडि बढने छु।

ओम श्रेष्ठको फेसबुकबाट साभार

 
nema
Show More

Related Articles

Back to top button