समाचार
पक्राउ परेका क्रिश्चियनलाई छुटाउन दवाव नदिएको सभामुख महराको प्रष्टोक्ति ।
काठमाडौं, १४ वैशाख । सभामुख कृष्णबहादुर महराले ‘क्रिश्चियन धर्म प्रचारका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई छुटाउन प्रहरीलाई दबाब दिएको’ भनी आफूविरुद्ध आएको समाचारको खण्डन गरेका छन् ।
महराका प्रेस सल्लाहकार डिल्ली मल्लले खण्डन जारी गर्दै सभामुख महराको नाम जोडी केही अनलाइनहरूले निकै भ्रामक, कपोलकल्पित र छुद्र आरोप लगाई भ्रम फैलाउन गरेको प्रयासप्रति गम्भिर आपत्ति जनाएका हुन ।
दाङको घोराहीमा पक्राउ परेका विदेशीसहितका क्रिश्चियन धर्मका अगुवाहरूले प्रलोभनमा पारेर जरजस्ती धर्म परिवर्तन गराउँदै हिँडेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरूलाई छाड्न प्रहरीलाई महराले फोन गरेर दवाव दिएको केही अनलाईन पत्रिकाहरुले प्रकाशित गरेका थिए ।