समाचारसंस्था गतिबिधीनेपाली कांग्रेस

विरबहादुर हमाललाई वीपी विचार समाज प्रदेश ७ को क्षेत्रीय सभापतिमा मनोनित गर्ने निर्णय

१५ वैशाख, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाज प्रदेश नंवर ७ को क्षेत्रीय समितिले नयाँ बर्षको उपलक्ष्यमा चियापान तथा भेटघाट कार्यक्रम गरेको छ । शनिवार कैलालीको टिकापुरमा नयाँ बर्ष २०७६ सालको उपलक्ष्यमा गरिएको चियापान तथा भेटघाट कार्यक्रममा वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय महासचिव विनयध्वज चन्द लगायतले वीपी विचार राष्ट्रिय समाजले प्रदेश नंवर ७ मा सन्चालित कार्यक्रमहरुको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय महासचिव चन्दले नेपाली काँगे्रसमा वीपीको विचारलाई विस्थापित गर्ने कार्यहरु भएको बताएका छन् । काँग्रेसका जिम्मेवार नेताहरुनै गुटउपगुटमा विभाजित भएर वीपीको विचारलाई वेवास्ता गर्दा काँग्रेस कमजोर प्रतिपक्षका रुपमा देखा परेको बताएका हुन । नेपाली काँगे्रसको आउँदो महाधिवेशनमा गुटवन्दीमा नलागेका सक्षम नेताहरुलाई नेत्रित्वमा पु¥याउन सकिएको खण्डमा पार्टीलाई पहिलो पार्टी बनाउन सकिने महासचिव चन्दको जोड छ । उनले प्रदेश नंवर ७ मा काँगे्रसलाई बलियो बनाउन समाजले विभिन्न अभियानहरु सुरु गरेको जानकारी दिए । काँगे्रसलाई वीपीको विचारमा हिडाउन समाजले सुरु गरेको अभियानलाई आम जनता तथा काँगे्रस कार्यकर्ताहरुले साथ दिएको उनले स्पष्ट पारे ।
कार्यक्रम मार्फत वीपी विचार समाज कैलालीका सभापति विरबहादुर हमाललाई वीपी विचार समाज प्रदेश नंवर ७ को क्षेत्रिय सभापतिमा मनोनित गर्ने निर्णय समेत गरिएको छ । क्षेत्रीय सभापतिमा मनोनित गर्ने निर्णयले आफूलाई उत्साहित बनाएको हमालले प्रतिक्रिया दिएका छन् । उनले आफूले प्रदेश नंवर ७ मा नेपाली काँगे्रसलाई मजवुत बनाउन लागिपर्ने बताए ।
कार्यक्रममा वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य सुनिल बहादुर भण्डारी, वीपी विचार राष्ट्रिय समाजका पूर्व केन्द्रीय सदस्य गोविन्दराज जोशी, वीपी विचार समाज कैलाली क्षेत्र नंवर १(प्रदेश नंवर ७ ) का सभापति भुवनेश्वर अधिकारी, अरुण सिँह राठोर, प्रेम सिँह रावल लगायतले आफ्ना धारणा राखेका थिए ।
कार्यक्रमको अध्यक्षता वीपी विचार समाज कैलालीका सभापति विरबहादुर हमालले गरेका थिए ।

nema
Show More

Related Articles

Back to top button