समाचार

महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका ‘सिल’

२२ वैशाख, भारतमा भइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका ‘सिल’ गरिएको छ । भारतको बिहार राज्यमा सोमवार हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै आइतबार बिहान ५ बजेदेखि सोमवार साँझ ५ बजेसम्मका लागि सीमानाका सिल गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
निर्वाचनलाई ध्यानमा राख्दै सीमाा क्षेत्रमा उच्च सतर्कता समेत अपनाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । भारतको बिहार राज्यको सीतामढी, मधुबनी जिल्लासँग सीमा जोडिएको महोत्तरीका ११ ओटै नाका सिल गर्दै दुवैतर्फ उल्लेख्य रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

nema
Show More

Related Articles

Back to top button