समाचार

एनसेलले गुहा¥यो अन्तराष्ट्रिय मध्यस्थकर्ता

८ जेष्ठ, काठमाडौैँ÷ कर विवादको बिषयलाई लिएर निजि दुर संञ्चार कम्पनी एनसेलले अन्तर्राष्ट्रिय मध्यस्थकर्ता गुहारेको छ । एनसेलको स्वामित्व रहेको विदेशी कम्पनी आजियाटा इन्भेस्टमेन्ट लिमिटेडले विश्व बैंक समूहअन्तर्गतको लगानी विवाद समाधान अन्तर्राष्ट्रिय केन्द्रमा कर विवाद सम्बन्धि मुद्दा दर्ता गराएको छ । जसमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई जवाफदेही बनाइएको छ । दर्तासँगै अब मध्यस्थता प्रक्रिया अघि बढ्ने बताइएको छ ।
एनसेलको कर विवाद सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा पुगेपछि सर्वोच्चले यसअघि कर तिर्नुपर्ने फैसला गरेको थियो । ठूला करदाता कार्यालयले वैशाख ३ गते ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा कर निर्धारण गरेको थियो । एनसेलले अहिलेसम्म २३ अर्ब बढी कर दाखिला गरिसकेको छ । ठूला करदाता कार्यालयको निर्णय अनुसार, एनसेललाई सात दिनभित्र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७१ पैसा बुझाउन आग्रह गरिएको छ । युरोपेली कम्पनी टेलिया सोनेराले एनसेलको स्वामित्व मलेसियाको आजियटालाई बिक्री गर्दा लाभकरमा विवाद रहँदै आएको छ ।

nema
Show More

Related Articles

Back to top button