समाचार

दुर्गा प्रसाईलाई पक्रन आदेश

२ माघ, काठमाडौैँ÷मेडिकल सञ्चालक दुर्गा प्रसाईंलाई पक्रन प्रहरीले अनुमति पाएको छ । यद्यपि, प्रहरीले बीएण्डसी अस्पतालका सञ्चालक प्रसाईंलाई पक्राउ भने गर्न सकेको छैन ।
जिल्ला प्रशासन कार्यालय, भक्तपुरले प्रसाईंलाई पक्रन अनुमति दिएको हो ।
मेडिकल कलेजको सम्बन्धनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएपछि गिरीले प्रसाईंविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका थिए ।
डा। गिरीले आफू असुरक्षित रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा पनि निवेदन दिएका हुन । सोही निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले प्रसाईंलाई पक्रन अनुमति दिएको बताइएको छ ।
प्रहरी भक्तपुरस्थित प्रसाईं निवास पुगे पनि नभेटिएको उल्लेख गरेको छ ।

nema
Show More

Related Articles

Back to top button