२०७६÷२÷१८ बीपी विचार राष्ट्रिय समाजका सभापति कुलबहादुर गुरुङले बीपी कोइरालाको भविश्यवाणी सत्य सावित भएको दाबी गर्नुभएको छ । जननायक एवं नेपाली काँगे्रसका संस्थापक नेता बीपी कोइरालाले आफ्नो मृत्यु पश्चात पार्टीमा सुकिला मुकिलाहरुको बोलबाला हुने बताएको कुराको स्मरण गदै नेता गुरुङले बीपीको देखाएको विचारको स्मरण गर्नुभयो । बीपी विचार राष्ट्रिय समाजको जेठ १७ र १८ गते काठमाडौैँमा भएको सातौैँ बार्षिक साधारणसभाको समापन कार्यक्रममा बोल्दै उहाँले काँगे्रसभित्र बीपीको विचारलाई आत्मसाथ गर्ने कार्यकर्ताहरु बढ्दै गएको ठोकुवा गर्नुभयो ।
साधारण सभामा उठेका प्रश्नको जवाफ दिँदै बीपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशीले समाज विधान सम्मत रुपमा अगाडी बढ्न खोजेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै बीपी विचार राष्ट्रिय समाजका महासचिव विनयध्वज चन्दले साधारणसभामा महासचिवको प्रतिवेदन वाचन गर्नुभएको थियो । साथै उहाँले समाजले साधारणसभामा पारित भएका महत्वपूर्ण विषयहरुबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा संस्थाकी कोषाध्यक्ष गिता रेग्मीले कोषाध्यक्षको प्रतिवेदन बाचन गर्नुभएको थियो ।
बार्षिक साधारणसभामा नेपाली काँगे्रसका नेता एवं पूर्बसभामुख तारानाथ रानाभाट, बीपी विचार राष्ट्रिय समाजका संस्थापक सदस्य एवं नेपाली काँगे्रसका नेता लोकेश ढकाल, राजनीतिक विश्लेषक अरुणकुमार सुवेदी, बीपी बिचार राष्ट्रिय समाजका पदाधिकारी, केन्द्रीय सदस्यहरु, प्रदेशसभाका पदाधिकारीहरु, लगायत ७७ वटै जिल्लाका प्रतिनिधिहरुले आफ्ना विचार राख्नुभएको थियो ।
भिडियो हेर्न यो लिन्कमा क्लिक गर्नुहोला
https://www.youtube.com/watch?v=ZI2nnAHHKMY&t=24s
