समाचार

सरुवा गरिएको स्थानमा नगएको भन्दै सरकारी अधिकृत निलम्बनमा

२६ जेष्ठ, काठमाडौैँ÷ सरुवा गरिएको स्थानमा जान अटेर गरेको भन्दै रौतहटको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलाइ दुई महिनाको लागि निलम्बन गरिएको छ । जेठ १ गते दार्चुलाको शैल्य शिखर नगरपालिकामा सरुवा गरिएका कार्कीले अवज्ञा गर्दै गौर नगरपालिकामै कामकाज जारी राखेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निलम्बन गरेको हो । मन्त्रालयले कार्कीको सरुवा गर्दै सरोज कुमार दासलाई जेठ १७ गते गौर नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत तोकेर पठाएको थियो । तर कार्कीले मन्त्रालयको निर्णय विपरित आफूखुशी पवन महतोलाई निमित्तको जिम्मेवारी तोक्नु भएको थियो । मन्त्रालयले पछिल्लोपटक खटाएको कार्यालयमा तीन दिनभित्र हाजिर हुन लिखित तथा मौखिक निर्देशन दिँदासमेत कार्कीले अटेर गरेपछि निजामति सेवा ऐन, २०४९ को दफा ६४ को उपदफा ९१० बमोजिम दुई महिनाका लागि निलम्बन गरिएको मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए ।

nema
Show More

Related Articles

Back to top button