समाचार

तयारी नगरी ल्याएकाले विधेयकको विरोध भयो ः दहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले राम्रो तयारी नगरी विधेयकहरू ल्याएकोले विरोध भएको प्रष्टिकरण दिएका छन् ।
गृह जिल्ला चितवनमा बुधबार पत्रकारहरूसँगको कुराकानीमा प्रचण्डले मिडिया काउन्सिल विधेयक र गुठी विधेयक परिमार्जन हुने आश्वासन दिएका हुन ।
सरकारले ल्याएका विधेयकको विरोध भइराखेका छन्, सरकारले विधेयक ल्याउन नजानेको कि नागरिकले नबुझेकोरु भन्ने प्रश्नमा जवाफ दिँदै अध्यक्ष दहालले जति गृहकार्य भएर विधेयक आउनु पर्ने हो त्यसमा केही कमीकमजोरी भएकाले सरकार र पार्टी सचेत रहेको बताए ।
लोक सेवाले स्थानीय तहका लागि गरेको विज्ञापनबारे प्रधानमन्त्री स्वदेश फर्केपछि निष्कर्षमा पुग्ने उनले बताए।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button